काठमाडौ-एकीकृत नेकपा (माओवादी) को विस्तारित बैठकले आइतबार उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ। उनीहरुभन्दा पहिला पद त्याग गरेका बाबुराम भट्टराईलाई भने आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेको छ। बैठकमा बोल्ने अधिकांस केन्द्रिय सदस्यहरुले भट्टराईले पद त्याग गर्ने परिस्थिति तयार भैनसकेको बताएका थिए।
बैठकले एकल अध्यक्षात्मक नेतृत्व रहने अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन पारित गरेको छ। प्रतिवेदन पारित भएसँगै अब अध्यक्षमा पुष्पकमल दाहाल बाहेक सबै नेता केन्द्रिय सदस्य भएका छन्।
अध्यक्ष दाहालले आजको बैठकमा आफ्नो धारणा राख्दै सबै नेता कार्यकर्ताहरुलाई संविधानसभाको निर्वाचनमा केन्द्रित हुन आग्रह गरे। उनले निर्वाचनमा एमाओवादीले दुई तिहाइ बहुमत ल्याउने गरी चुनावी कार्यक्रममा सक्रिय हुन निर्देशन दिएको एक केन्द्रिय सदस्यले नागरिकन्यूजलाई जानकारी दिए।
बिस्तारित बैठकले अध्यक्ष दाहालको प्रतिबेदन पारित गरेको छ। आज सकिने बैठकले केन्द्रिय सदस्यहरुको कार्य विभाजन गर्ने बताइएको छ। स्रोतका अनुसार एमाओवादीले प्रत्येक केन्द्रिय सदस्यलाई एक महिनाको लागि एक निर्वाचन क्षेत्रमा खटाउने छ।