काठमाडौं — आज बिहान निधन भएका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक एवं एमाओवादीका सल्लाहकार नरबहादुर कर्माचार्यको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। अन्तिम संस्कार अघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई, माओवादी अध्यक्ष मोहन वैद्य, एमाले अध्यक्ष झलनाथ खनाल, नेता माधवकुमार नेपाल, बामदेव गौतम लगायतले अन्तिम श्रद्धाञ्जलि अर्पण गरे।
श्रद्धाञ्जलिका लागि कर्माचार्यको शव ११ बजेसम्म पेरिसडाँडामा राखिएको थियो। त्यसपछि निकालिएको शव यात्रामा एमाओवादी अध्यक्ष दाहाल, नेता भट्टराई सहितका नेता सहभागी थिए। ११ बजेदेखि साढे १ बजेसम्म उनको शवलाई श्रद्धाञ्जलिका लागि खुलामञ्चमा राखिएको थियो।
हेर्नुहोस् प्रशान्त लामिछानेको फोटो फिचर:

तस्विरः प्रकाश दाहाल/फेसबुक