प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ : राजनीतिक चालबाजी कि साँच्चिकै हो
१८ फागुन २०७७
•
३ मिनेट पाठ
प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ : राजनीतिक चालबाजी कि साँच्चिकै हो
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा थ्रेट भएको अभिव्यक्ति दोहोर्‍याउँदै आएका छन्। उनले कार्यकर्तामाझ लगातार सुरक्षा थ्रेट भएको बताएपछि मुलुकको प्रधानमन्त्री नै असुरक्षित हुने अवस्था कसरी आयो भन्ने प्रश्न उठेको छ। दुई सयभन्दा बढी सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्री कसरी असुरक्षित भए भन्ने प्रश्न उठेको छ।




प्रधानमन्त्री ओलीले सोमबार आफूमाथि शारीरिक हमला हुनसक्ने बताए। पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरूमाथि सम्पूर्ण रूपले प्रहार हुँदै आएको भन्दै शारीरिक हमला हुनसक्ने दाबी गरेका हुन्। नेपाली सेनाको हेलिकोप्टर र यती एयरलाइन्सको विमान चार्टर गरेर कार्यकर्ता भेलामा हिँडिरहेका ओलीले व्यक्तिगत रूपमा शारीरिक हमला हुनसक्ने बताएका हुन्।

‘सम्पूर्ण रूपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रूपमा भएको छ। शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला,’ उनले गण्डकी प्रदेशको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने। त्यसक्रममा उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार हुन नदिन कार्यकर्तालाई अपिल गरे। ‘म रहिनँ भने पनि केही छैन, पार्टी छ, आन्दोलन छ। देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन’, प्रधानमन्त्री ओलीले भने।

मुलुकको कार्यकारी प्रमुखका लागि राज्यले पर्याप्त सुरक्षाकर्मी परिचालन गरेको हुन्छ। तर पनि ओलीले आफूलाई सुरक्षा भ्रेट भएको बताइरहन्छन्। नेकपा एक हुँदा एकपटक धुम्बाराहीमा भएको स्थायी कमिटी बैठकमा उनी सुरक्षा थे्रट भएको भन्दै सहभागी भएनन्। गत मंसिर १६ गते भएको स्थायी कमिटी बैठकमा उनी सहभागी नभएका हुन्। सुरक्षा निकायहरूले धुम्बाराहीस्थित पार्टी कार्यालयमा सुरक्षाको जोखिम रहेको सूचना दिएको भन्दै प्रधानमन्त्री ओलीले जान अस्वीकार गरेका थिए। त्यसअघि गत असार १४ गते मदन भण्डारीको स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले देशीविदेशी शक्तिहरूले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरेको र सुरक्षा थ्रेट भएको बताएका थिए। यसपछि पनि उनको सुरक्षामा कति सुरक्षाकर्मी खटिएका छन् र प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट भएकै हो त भनेर प्रश्न उठेको थियो। कसले थ्रेट गरेको भनेर ओलीले केही बताएका छैनन्।

‘राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुन शक्तिबाट थ्रेट भएको हो, त्यो प्रधानमन्त्रीले खुलाउनुपर्छ’, एक सुरक्षा अधिकारीले भने, ‘प्रधानमन्त्री ओलीले अहिलेसम्म कुन शक्तिले आफूलाई थ्रेट गरेको हो भन्ने नखुलाई थ्रेट छ मात्रै भनेर कार्यकर्ताको मन जित्न खोजेको संकेत हुँदैछ।’ नेपालमा सशस्त्र प्रहरीका महानिरीक्षक कृष्णमोहन श्रेष्ठ र उनकी धर्मपत्नी नुडुप श्रेष्ठलाई तत्कालीन माओवादीले हत्या गरेको थियो। उनीहरू बिहानीपख हिँडिरहेका बेला निःशस्त्र रहेको अवस्थामा मात्रै हत्या भएको थियो। तर प्रधानमन्त्री ओली अहिले नेत्रविक्रम चन्द समूहलाई पनि वार्तामा ल्याउन चाहिरहेका छन्। भारतीय गुप्तचर निकाय (रअ्)का प्रमुख सामन्तकुमार गोयल नै बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटघाट गरेको पनि धेरै समय भएको छैन। तैपनि प्रधानमन्त्री ओलीले आफूलाई सुरक्षा थ्रेट भएको भन्दै अभिव्यक्ति दिइरहेका छन्, यसका पछाडिको कारण के हो भनेर प्रश्न उठाउन थालिएको छ।

गृह मन्त्रालयले जारी गरेको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिअनुसार प्रधानमन्त्रीको सुरक्षामा सेनाका एक सय ७५, सशस्त्रका २८, नेपाल प्रहरीका ८२ र राष्ट्रिय अनुसन्धानका १० जना हुनुपर्नेमा प्रहरीका डिएसपीको कमान्डमा १०० जना र सशस्त्र प्रहरीका डिएसपीको कमान्डमा ४५ जना खटिएका छन्। अहिले नेपाल प्रहरीको कमान्ड डिएसपी राजन लिम्बूले गरिरहेका छन्। नेपाल प्रहरीको उच्च स्रोतका अनुसार उनलाई कुनै पनि प्रकारको सुरक्षा थ्रेट छैन। ‘हामीले सबै प्रकारको सुरक्षा व्यवस्था गरेका छौं। नेपाली सेनाको प्रतिनिधि हुन्छ, सुरक्षाकर्मीहरू हुन्छन्, सशस्त्र पनि उत्तिकै खटिएको हुन्छ। त्यसकारण यो राजनीतिक रूपमा गरिएको फन्डामात्रै हो’, प्रहरी उच्च स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओलीले राजनीतिक चालबाजीमात्रै गरेका हुन्।’ उनले राजनीतिक रूपमा अप्ठ्यारो परेका बेला आफूमाथि शारीरिक हमला हुनसक्ने बताउँदै आएका छन्।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
१७ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४२ सेकेन्ड अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
यो पनि पढौँ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस