नेकपा विवादः एकअर्कालाई सिध्याउने रणनीतिमा दुवै समूह
१९ फागुन २०७७
•
५ मिनेट पाठ
नेकपा विवादः एकअर्कालाई सिध्याउने रणनीतिमा दुवै समूह
संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपा दाहाल–नेपाल समूह र ओली समूहले एकअर्कालाई असफल बनाउन नयाँनयाँ रणनीति अघि सार्दै आएका छन्। दाहाल–नेपाल समूहले संसद् बैठकमा विपक्षीको सिटमा बसेर सरकारको विरोध गर्ने, प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दल वा संसद्मा ल्याउने, ओलीलाई हटाएर ओली समूहबाटै प्रधानमन्त्री बनाउने, कांग्रेसको नेतृत्वमा सरकार बनाउने रणनीति बनाएको छ।  




दाहाल–नेपाल समूहले यस्तो रणनीति बनाएपछि ओली समूहले पनि काउन्टर रणनीति अघि सारेको छ। ओली समूहको रणनीतिमा दाहाल–नेपाल समूहलाई कमजोर बनाई संसद्मा वा संसदीय दलमा विश्वासको मत लिने, ह्विप उल्लंघन गरे पार्टी सदस्यबाटै हटाउने र त्यसपछि बन्ने सरकारलाई बहुमत पुग्न नदिने र अन्तिममा संसद् विघटन गर्ने रहेको स्रोतको दाबी छ।  

नेकपाका दुवै समूहले नयाँनयाँ आन्तरिक रणनीति बनाइरहँदा कांग्रेसले भने मौनता देखाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका एक नेताले भने, ‘दाहाल–नेपाल समूह कानुनी रूपमा विभाजित हुनुपर्ने, विभाजन नभएको अवस्थामा अवस्था हेरेर निर्णय लिने, संसद्बाटै वैधानिक रूपमा संसद् विघटन गराएर निर्वाचनमा जाने हाम्रो रणनीति हो।’ अहिले नेकपा नै मुख्य समस्याको जड भएको कांग्रेसका धेरै नेताको भनाइ छ। कांग्रेसका अर्का नेता ज्ञानेन्द्रबहादुर कार्की भन्छन्, ‘समस्या नेकपाभित्रै छ, त्यसभित्रको समस्या समाधान नभएसम्म कांग्रेसलाई निर्णय गर्न कठिन छ।’  

नेकपामा तटस्थ रहेका नेता वामदेव गौतम र दाहाल–नेपाल समूहका केही नेता पनि दोस्रो तहको प्रधानमन्त्रीको खोजीमा लागिरहेका छन्।  

तर दोस्रो तहमा जान प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल तयार नभएसम्म सम्भव नहुने नेकपा ओली समूहका एक नेताले बताए। कांग्रेसले अन्तिमसम्म पनि कसैलाई साथ नदिने अवस्था आएमा दुवै पार्टी एक हुने अवस्था पनि आउने एकथरिको बुझाइ छ। दुवै समूह एकअर्कालाई आत्मालोचना गरेर पार्टीमा आउन आग्रह गरिरहे पनि आत्मालोचना गर्न निकै कठिन भएकाले यो अवस्थामा पार्टी एकता हुनसक्ने त्यति सम्भावना नदेखिएको स्रोतले बतायो। निर्वाचन आयोगले अहिले कुनै पनि समूहलाई आधिकारिकता दिने अवस्था देखिँदैन। सर्वोच्च अदालतले फागुन २० गते ऋषि कट्टेललाई नेकपाको मान्यता दिने फैसला गरे फेरि अर्को समस्या थप हुने नेकपा दुवै समूहका नेताहरूको बुझाइ छ। ‘यस्तोे फैसला आए समस्या समाधान गर्न नहुने झन् बल्झिने छ’, ओली समूहका एक नेताले भने।  

सर्वोच्चबाट कट्टेलको पक्षमा फैसला आएमा निर्वाचन आयोगले नेकपा पार्टी आधिकारिक नभएको भन्दै अर्को नाम लिएर आउन पत्राचार गर्ने तर दुवै समूह निर्वाचन आयोगमा नजाने अवस्था आउन सक्ने स्रोतले बतायो। नेकपाभन्दा पनि सूर्य चिह्न कसले पाउने भन्ने हो, यसैमा नै मुख्य लडाइँ रहेकाले यो विषय समाधान गर्न निकै कठिन रहेको स्रोतको दाबी छ।  

संसद् विघटनपछि पुस ५ गते प्रधानमन्त्री ओलीविरुद्ध दाहाल–नेपाल समूहबाट अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो। त्यो अविश्वासको प्रस्ताव राजनीतिक आन्दोलनको स्वरूपमात्रै भएको त्यसले वैधानिकता प्राप्त गर्न संसद् अधिवेशन सुरु हुनासाथ पुनःअविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने संविधानविद्को भनाइ छ। संसद् अधिवेशन चलिरहेको अवस्थामै अविश्वासको प्रस्ताव दर्ता गर्ने संसदीय परम्परा भएको संविधानविद् डा. बिपीन अधिकारी बताउँछन्। उनी भन्छन्, ‘कांग्रेसले निर्णय नगरेसम्म संसद्मा प्रधानमन्त्री सुरक्षित हुनुहुन्छ तर वर्तमान परिस्थितिमा उहाँलाई संसद् चलाउन कठिन पर्छ, संसद्मा निर्णय लिँदा पाइलापाइलामा बहुमत पु¥याउनुपर्छ। त्यसकारण संसद्को कामकारबाहीको अवस्था जटिल देखिन्छ।’ संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिन नसके उनलाई पद मुक्त गर्न सकिन्छ, अविश्वासको प्रस्ताव पारित गरेर पनि पदमुक्त गर्न सकिन्छ, समितिबाट पारित भएका विधेयकलाई संसद्ले असफल पारे पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए। यसबाहेक प्रधानमन्त्री अन्य विषयमा विवादमा परेमा, विदेशी सम्बन्धमा समस्या आएमा पनि उनले राजीनामा दिनुपर्ने उनले बताए। उनी भन्छन्, ‘सबैभन्दा सजिलो उपाय उहाँलाई संसदीय दलको नेताबाट हटाउनु नै हो। पार्टीभित्रैबाट समस्या छ भने त्यसको प्रयोग संसदीय दलमा गर्नुपर्छ, संसद्मा त प्रतिपक्षले गर्ने हो’, उनले भने।  

स्रोतका अनुसार दाहाल–नेपाल समूह अझै पनि कांग्रेसको अन्तिम निर्णयको पर्खाइमा छ। कांग्रेसले सहयोग गरे उसैलाई अविश्वासको प्रस्ताव दर्ता गर्न लगाउने प्रमुख तयारीमा यो समूह देखिन्छ। कांग्रेसले निर्णय नलिँदासम्म संसद्मा प्रधानमन्त्री हटाउने खेल हुन नसक्ने दाहाल–नेपाल समूहको बुझाइ छ।  

दोस्रो विकल्पका रूपमा संसदीय दलबाटै ओलीलाई हटाउने तयारी यो समूहको छ। संसद्मा विपक्षमा बसेर विरोध गर्ने र संसदीय दलमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने दोस्रो विकल्पमा छलफल भएको स्रोतले बतायो। जसबाट ओलीले स्वतः राजीनामा दिनुपर्ने अवस्था आउनेछ। यसरी ओलीलाई राजीनामा दिन बाध्यपारेमा अर्को सरकार संविधानको धारा ७६ (१) बमोजिम नै गठन हुनेछ। संसदीय दलको नेतालाई हटाएमा सो उपधारा नै प्रयोग गरेर राष्ट्रपतिले सो दलको संसदीय दलको नयाँ नेतालाई प्रधानमन्त्री बनाउने संविधानविद डा.अधिकारीले बताए।  

स्रोतका अनुसार संसद्मा अविश्वासको प्रस्ताव फेल खाने अवस्था आए दाहाल–नेपालले यो प्रस्ताव दर्ता गराउन आँट गर्ने छैन। त्यसभित्र नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिन खेल खेल्न सक्ने अवस्था सिर्जना हुने देखिएको स्रोतको दाबी छ। संसद्मा विश्वासको मत लिँदा आफूलाई विश्वास प्राप्त भए दुई वर्ष आफैंले चलाउने र विश्वास प्राप्त गर्न नसकेमा ओलीले ह्विप उल्लंघन गर्ने सांसदलाई संविधान र संसदीय दलको विधानबमोजिम कारबाही गरेर सांसद सदस्यतासमेत खारेज गर्नसक्ने छन्।  

संविधानको धारा ८९ (ङ) र नेकपा संसदीय दलको विधानको धारा ३० बमोजिम अनुशासनको कारबाही गर्नसक्ने अधिकार संसदीय दलको नेतालाई छ। नेकपामा कुनै समूहमा नखुलेका सांसदका अनुसार अविश्वासको मत वा विश्वासको मत जे सुकै भए पनि संसदीय दलले लगाएको ह्विपबमोजिम नै निर्णय लिने हो।’ संसदीय दलको विधानको धारा ३० को (ङ) मा लेखिएको छ ‘दलको सदस्यता समाप्त गर्नुपर्ने अवस्थामा सो का लागि पार्टी केन्द्रीय समितिमा सिफारिस गर्ने’ उल्लेख छ। त्यस्तै संविधानको धारा ८९ (ङ) मा छ ‘जुन दलको उमेदवार भई सदस्य निर्वाचित भएको हो, त्यस्तो दलले संघीय कानुनबमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा पनि सांसद पद जानेछ।  

यसरी ओलीले दाहाल–नेपाल समूहका सबै सदस्यको सांसद पद खारेज गरिदिएको अवस्थामा धारा ७६ (१) (२) (३) (५) बमोजिमको प्रक्रियाबाट पनि प्रधानमन्त्री बन्न सक्ने अवस्था रहँदैन। यस्तो अवस्थामा आफैं संसद् विघटन हुने र त्यो विघटनसँगै ६ महिनाभित्र निर्वाचन घोषणा गर्नुपर्ने बाध्यकारी अवस्थाको सिर्जना गराउने खेल ओलीले गर्ने स्रोतको दाबी छ। स्रोतका अनुसार ओलीको यो रणनीति कांग्रेस सभापति देउवालाई मन परेको छ। विभिन्न विकल्पको प्रयोग गर्दै जाँदा संसद् नै विघटनतर्फ जाने अवस्था आएमा र त्यस्तो अवस्थामा पनि कांग्रेस अनिर्णित भएमा नेकपाका दुवै समूह पार्टी एकतामै जानसक्ने विश्वास गरिएको स्रोत बताउँछ। संसद् अधिवेशन २३ गतेका लागि आह्वान भएको छ ।
अर्को समाचार
हात्ती बचाउन तत्काल रणनीति नबनाए छिट्टै लोप हुनेः विज्ञ
०४ असोज २०७८
•
२ मिनेट पाठ
हात्ती बचाउन तत्काल रणनीति नबनाए छिट्टै लोप हुनेः विज्ञ
नेपालमा हात्ती बचाउन तत्काल रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुनसक्ने विज्ञहरुले बताएका छन्।




वासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको संख्या घट्ने बताइएको छ। सँगै मान्छे र हात्तीबीच द्वन्द्व बढाउने पनि देखिएको छ। नेपालको तराई क्षेत्रमा रहेको सबै निकुञ्ज आरक्षमा हात्तीको वासस्थान र आवतजावत हुने गरेको पाइन्छ। एउटा हात्तीलाई कम्तिमा २५० वर्गकिमिको क्षेत्र आवश्यक पर्ने हुन्छ। त्यो क्षेत्र घट्दै जाँदा र सानो क्षेत्रफलमा धेरै हात्ती बस्ने बाध्यताले नजिकै रहेको मानव बस्तीमा हात्ती पस्न थालेको विज्ञहरुले बताएका छन्।  

हात्तीले खाना र प्रजनन समागमका लागि र पुर्खा हिँड्ने बाटो भए त्यसलाई पहिल्याउँदै हिँड्ने गर्दछ। यसरी हिँड्ने क्रममा बाटोमा भएको मानव बस्ती, खेत खलियान बिगार्दै हिँडेको पाइन्छ। पूर्वको कोशी टप्पु आरक्षमा अर्नासँगै १९ वटा जंगली हात्ती रहेको तथ्यांक छ। कुल १७५ वर्ग किलोमिटर क्षेत्रफल रहेको कोशी टप्पुमा १९ वटा हात्ती हुनु भनेको मानव–वन्यजन्तुको द्वन्द्वको मुल कारण हो।  

यस्तो द्वन्द्वमा मानवीय क्षति मात्र होइन, वन्यजन्तु पनि दुर्घटनामा पर्ने, मारिने–मर्ने जोखिम हुन्छ। मानव–हात्ती द्वन्द्व कम गराइ आरक्ष क्षेत्रको दिगो विकास गर्न सरकारले तुरुन्त रणनैतिक योजना बनाएर काम गर्न आवश्यक छ।

प्रमुख वार्डेन रामले कोशी टप्पुको संरक्षण, विस्तार र विकाशको लागि स्थानीय सरकार र प्रदेश सरकारले पनि भूमिका खेल्नुपर्ने बताए।

राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले नेपालमा रहेका संरक्षण क्षेत्रको संख्या र स्थानबारे अध्ययन हुन आवश्यक रहेको बताए। संरक्षित क्षेत्रलाई मानवबस्ती र खेती गर्ने जमीन घेर्दै जाने र अनावश्यक घुसपैठले मानव–वन्यजन्तु द्वन्द्व बढाइरहेको डा. ओलीले बताए। संरक्षित क्षेत्रको क्षमता तथा विस्तार र वन्यजन्तु स्थानान्तरणबारे विद्यमान कानूनी व्यवस्थालाई संशोधन गरेर अगाडि बढ्नुपर्ने आवश्यक्ता रहेको डा. ओलीले बताए।

कोशी टप्पु वन्यजन्तु आरक्ष खासगरी जंगली भैँसी, अर्नाको संरक्षको लागि स्थापना गरिएको थियो। २०३२ सालमा अर्ना संरक्षणको लागि स्थापना भए पनि अहिले लोपोन्मुख चराहरु, हात्तीको संरक्षणमा काम भइरहेको छ। पछिल्लो समय यस आरक्षलाई मानव–हात्ती द्वन्द्व व्यवस्थापनको काम गर्नेमा बढी केन्द्रित भएको छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस