काठमाडौ–मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी वार्तामा बस्ने भएपछि राजनीतिक दलका शीर्ष नेताहरुको राजनीतिक भेटघाट र छलफलले बिहानैदेखि तीव्रता पाएको छ। चुनाव बहिस्कार गर्ने भन्दै सांकेतिक रुपमा चुनावी बाकस फुटाएर आन्दोलनमा उत्रेको माओवादीलाई सरकारले बुधबार वार्ताका लागि दोस्रो पटक पत्र पठाएको थियो।
सरकारको आह्वानलाई माओवादीले सकारात्मक भन्दै वार्ताको तयारी थालेपछि चार दलका नेताहरुले बिहानैदेखि राजनीतिक भेटघाट थालेका हुन्।
आज बिहान एमाओवादीका अध्यक्ष तथा उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहालले मन्त्रिपरिषदका अध्यक्ष र राष्ट्रपतिसँग भेट गरे। दाहालले राष्ट्रपति र मन्त्रिपरिषदका अध्यक्ष दुवैसँग माओवादी वार्तामा आउन लागेको विषयमा छलफल गरेको स्रोतले बताएको छ। दाहालपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि राष्ट्रपतिसँग भेट गरेका छन्। भेटका अवसरमा दुवै नेतालाइ राष्टपतिले निर्वाचनमा कुनै पनि दल छ्ट्न नहुने तर्फ सचेत गराएको थिए।
वैद्य माओवादीले पनि वार्ताको तयारी थालेको छ। उसले आफूसँगै आन्दोलन गरिरहेको ३३ दलीय गठबन्धनमा छलफलको तयारी गरिरहेको माओवादी प्रवक्त पम्फा भुषालले बताइन्। 'सरकारले वार्ताको लागि चिठी पठाउनुलाई सकारात्मक रुपमा लिएका छौं। ३३ दलिय गठबन्धनमा छलफल गरेर बर्तामा बस्छौं।' निसर्त बर्तामा बस्न तयार भएको भुसालले बताइन्।
हिजो सरकारका गृहमन्त्री माधवप्रसाद घिमिरेले माओवादीलाई वार्तामा आउन आह्वान गर्दै पत्र पठाएका थिए। त्यसअघि उच्चस्तरीय राजनीतिक समितिको वार्ता आह्वानलाई भने माओवादीले अस्वीकार गरेको थियो। चुनावअघि रेग्मी सरकार खारेज हुनुपर्ने, २५ बुँदे बाधाअड्काउ फुकाउ आदेश खारेज गर्नुपर्नेलगायत सर्त राख्दै आएको वैद्य माओवादीलाई समितिले दुवै बुँदा खारेज हुन नसक्ने सर्त राख्दै वार्तामा बोलाएपछि उसले ससर्त वार्ता अस्वीकार गरेको थियो।