बुटवलमा अर्थमन्त्री बिष्णु पौडेलले शिलन्यास गर्ने कार्यक्रमकालागि तयार गरीएको मञ्च स्थानीयले भत्काइदिएका छन । रुपन्देहीको मोतिपुर औधोगिक क्षेत्रको शिलन्यासकालागि तयार गरीएको मञ्च बिहिबार स्थानीयले भत्काइ दिएका हुन । औधोगिक क्षेत्रको शुक्रबार अर्थमन्त्री बिष्णु पौडेलले शिलन्यास गर्ने तयारी छ । सोही कार्यक्रमकालागि बनाइएको मञ्च र स्तम्भ स्थानीयले बिहिबार साँझ पख भत्काइदिएका बुटवल औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख निमेष अधिकारीले बताए ।
मोतीपुरका स्थानीयले आफुहरुले बर्षौदेखि जोतभोग गर्दै आएको जग्गामा हडपेर सरकार र औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औधोगिक करीडोर निर्माण गर्न लागेको भन्दै बिरोधमा उत्रेका हुन । बुटवल उपमहानगरपालिका,तिलोत्तमा नगरपालिकाका र सुद्धोधन गाँउपालिका क्षेत्रभित्र पर्ने तिनाउ नदी उकास क्षेत्र सहितको करिब १ हजार बिगाहमा मोतिपुर औधोगिक क्षेत्र निर्माणको आयोजना अघी बढेको छ । त्यसकालागि २०७३ सालमा ८१३ बिगाह जग्गा सरकारले अधिग्रहण गरेको थियो । त्यसमध्ये २ सय ५० बिगाह जमिन स्थानीयले बर्षौ देखि जोतभोग गर्दै आएको जग्गा हो । जग्गा अधिग्रहण गर्ने चर्चा चलेपछि स्थानीयले त्यतीबेलै संघर्ष समिति बनाएर आफना माग सम्बोधनकालागि दवाव दिएका थिए ।
२०७३ सालमै जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा स्थानीयको माग जायज भएको भन्दै बैकल्पिक व्यवस्था नगरी काम अगाडी नबढाउने सहमती पनि भएको थियो । सोही सहमतीको भर परेर किसानहरुले औधोगिक क्षेत्रको डिपिआर निर्माणमा सरकारलाइ सघाए । तर चार बर्ष बित्दा पनि स्थानीयको माग सम्बोधन गरीएन । बरु पचास बर्षदेखि बसोबास गर्दै आएका स्थानीयलाइ थाहै नदिइ औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा जग्गाको लालपुर्जा निकालीयो । पछिल्लो समय एआइए गर्दा पनि स्थानीयलाइ थाहा दिइएन ।
स्थलगत अनुगमन निरीक्षण नगरी स्थानीयको सहमती बिनै सरकारले औधोगिक क्षेत्रका नाममा जग्गा हडपे पछि स्थानीय आन्दोलित भएका हुन । बैकल्पिक व्यवस्था नगरी गरिब किसानको हडपीएको जग्गामा बनाउन लागीएको औधोगिक क्षेत्रको तामझामका साथ अर्थमन्त्री पौडेलले उदघाटन गर्न लागेपछि स्थानीय झनै आक्रोसित भएका छन ।
पचासौ बर्षदेखि किसानले जोतभोग गर्दे आएको जग्गा आफुहरुलाइ थाहै नदिइ सरकारले हडपेको मोतिपुरका स्थानीय रामप्रसाद पाण्डेले बताए । स्थानीयको माग सम्बोधन नगरी कार्यक्रम आगाडी बढाइए जस्तो सुकै आन्दोलन गर्न पछि नपर्ने चेतावनी पाण्डेले दिए । स्थानीयले यसबारेमा पहिले पनि पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
आफुहरुले जोतभोग गर्दै आएको खेतीयोग्य जमिनलाइ छोडेर बाँकी जग्गामा औधोगिक क्षेत्र निर्माण गर्न स्थानीयको माग गरेका छन । सुद्धोधन गाँउपालिका ३ का वडाअध्यक्ष शिव खड्काले स्थानीयलाइ बैकल्पिक व्यवस्था नगरी आयोजना अगाडी बढाउन नहुँने बताए । ‘गरिब किसानका माग सम्बोधन गर्ने सरकारले हो त्यसबाट पछि हट्न मिल्दैन’ वडाध्यक्ष खड्काले भने ।