काठमाडौं–उच्चस्तरिय राजनीतिक समितिले संविधानसभा चुनावको विरोधमा रहेका असन्तुष्ट दलसँग भोलि मंगलबार वार्ता गर्ने निर्णय गरेको छ। उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र नेकपा–माओवादी नेतृत्वमा रहेको ३३ दलिय मोर्चासँग छुट्टा छुट्टै वार्ता समय निर्धारण गरेको छ।
यादव र राईसँग ११ बजे र ३३ दलिय मोर्चासँग १ बजे बर्तामा बस्ने बैठकमा सहभागी एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले नागरिकन्युजलाई बताए। वार्ता संविधानसभा भवन बानेश्वरमा हुनेछ।
४ दलका नेताहरुले वार्ताको लागि आन्तरिक तयारी तथा छलफल आजसम्म गरिसक्ने बताइएको छ।
यता नेकपा–माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले पनि बैठकको तयारी गरिरहेको छ। समितिसँगको वार्ता अगाडि आज माओवादीको केन्द्रीय कार्यलय बुद्धनगरमा मोर्चाको बैठक बसेको छ। बैठकले भोली बस्ने भनिएको बर्ताको बारे आधिकारिक धारणा बनाउनेछ।
बैठक वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा केन्द्रित रहेको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन्।