चार राजनीतिक शक्ति सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बैठक नयाँ वानेश्वरस्थित संविधान सभा भवनमा सुरु भएको छ। चुनावको विपक्षमा देखिएका दलहरुसँग मंगलबार भएको वार्ता क्रममा उठेका विषयमा समितिमा छलफल हुनेछ।
हिजो मंगलबार उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र नेकपा–माओवादी नेतृत्वको ३३ दलिय मोर्चा सँग छुट्छुटै बर्ता भएका थिए। संघीय समाजवादी पार्टीसँग वार्ता हुन सकेको थिएन। ४ बजे बस्ने भनिएको बैठकमा उपेन्द्र यादवले प्रस्तुत गरेको ६ बुदे माग र बैद्य माओवादीले पेस गरेको १८ बुँदे मागका विषयमा केन्द्रित हुनेछ।
माओवादीले २५ बुँदे बाधा अड्काउ फुकाउ खोरेजी हुनु पर्ने, निर्वाचन स्थगित हुनु पर्ने, नयाँ सरकार गठनको विधि तय गरिनु पर्ने, पूर्ण समानुपातीक निर्वाचन लगायतका माग राख्दै आएको छ भने फोरम नेतृत्वको मोर्चाले प्रधानन्यायधिसबाट रेग्मीले राजीनामा दिनु पर्ने, उच्चस्तरिय राजनीतक समिति खारेज हुनुपर्ने, सिट संख्या थप्नु पर्ने, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नु पर्ने लगायतका माग राख्दै गएको छ ।
चार दल भने वर्तमान चुनावी सरकार परिवर्तन, ११ बुँदे र २५ बुँदे सम्झौताको विपक्षमा छन्। चुनाव नभए संक्रमणकाल लम्बिने भन्दै यी बाहेकका बुँदामा समझदारीबन्न सक्ने बताउँदै आएका छन्।