काठमाडौ– संविधानसभा चुनावको विरोध गरिरहेका दलहरुका मागको बारे अन्तिम निर्णय लिने भन्दै दलहरुले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन्। आज बिहान एनेकपा (माओवादी) र नेकपा एमालेका नेताबीच छलफल भएको छ। एमाले नेता माधब नेपालको कोटेश्वरस्थित निवासमा भएको छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ सहभागी थिए।
एमालेको तर्फबाट माधब नेपाल, केपी ओली, बामदेव गौतम र इश्वर पोखरेल सहभागी थिए। छलफलमा असन्तुष्ट दलहरुका मागलाइ कसरी सम्बोधन गर्ने भन्ने बारेमा छलफल भएको बताइएको छ। निर्वाचन सम्पन्न गर्न चार पार्टी दृढताका साथ अघि बढ्ने सहमति भएको एमाओवादी केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले बताए। 'असन्तुष्ट दललाई निर्वाचन ल्याउनको निम्ति अन्तिमसम्म प्रयास गर्ने निर्णय भयो', उनले भने- 'उनीहरु आएनन् भने कसरी अघि बढ्ने भन्ने विषयमा पनि छलफल भयो तर तत्कालका लागि सहमतिमै ल्याउन जोड दिने भन्ने भएको छ।'
असन्तुष्ट दलहरु बिचको छलफललाई अन्तिम निष्कर्ष दिने भन्दै दलहरुले आन्तरिक छलफल र अन्य पार्टीहरु सँगको छलफललाई तीब्रता दिएका हुन्। यसैबीच नेपाली कांग्रेसका नेताहरु र नेकपा–माओवादीका नेतहरुबीच आज बिहान भेट भएको छ।
नेपाली कांग्रेसरका उप–सभापति रामचन्द्र पौडेल निवासमा भएको भेटमा पौडेल, बरिष्ठ नेता शेरबहादुर देउवा र माओवादीका अध्यक्ष मोहन बैद्य र सचिव नेत्रविक्रम चन्दबीच छलफल भएको थियो।
भेटको क्रममा बैद्यले आफुहरु १८ बुँदे मागमै अडिग रहेको बताएका थिए। बैद्यले हतारमा सहमति गरेर निर्णय गर्न नहुनेमा जोड दिएका थिए। यता कांग्रेस नेतहरुले कुनै हालतमा निर्बाचन रोक्न नहुनेमा जोड दिएका थिए। भेटपछि उप–सभापति पौडेलले सरकार परिर्बतन गर्ने र निर्वाचन रोक्ने तर्फ जान नहुनेमा जोड दिएको बताए।
यस अगाडि हिजो मोहन बैद्य र एमाले बरिष्ठ नेता माधव नेपालको बीचमा छलफल भएको थियो।