काठमाडौ- कांग्रेस एमालेका शीर्ष नेता सम्मिलित बैठकले नेकपा-माओवादीका सबै माग पूरा गर्न नसकिने निष्कर्ष निकालेको छ। चुनावको तयारी र चुनाव विरोधी दलहरु बारे साझा धारणा बनाउन आज बिहान नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच भएको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
'वैद्य माओवादीका केही मागमा लचिलो हुन सकिन्छ तर चुनाव सार्ने लगायतका माग पुरा गर्न सकिँदैन', बैठकमा सहभागी एमाले नेता रघु पन्तले नागरिकन्युज सँग भने- 'पहिलो कुरा त उहाँहरु निर्वाचनमा आउने नआउने क्लियर हुनु र्छ ।' उनले सहमतिको नाममा अड्को थाप्न नहुनेमा बैठकले जोड दिएको बताए।
कांग्रेस र एमालेको बीचमा छलफलका कारण आज बस्ने भनिएको उच्चस्तरिय राजनीतिक समितीको बैठक स्थगित भएको छ।
ललितपुरको ग्वारर्कोस्थित कृष्णलाल महर्जनको घरमा शीर्ष नेताहरुले राजनीतिक छलफल गरेका हुन्।
बैठकमा काग्रेस सभापति सुशिल कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौला र रामशरण महत सहभागि थिए भने एमालेको तर्फबाट अध्यक्षा झलनाथ खनाल, बरिष्ठ नेता माधब नेपाल, केपी शर्मा ओली सहभागी थिए।
यस अघि शुक्रबार एनेकपा माओवादी रनेकपा एमालेको बीच छलफल भएको थियो। सो छलफलमा मंसिर ४ को निर्वाचन सार्ननसकिने तर असन्तुष्ट दलहरुले राखेका मागप्रति लचिलो बनेर जाने सहमति भएकोथियो।शुक्रबार बिहान नै नेपाली कांग्रेस र नेकपा–माओवादीका नेताहरुको बीचपनि छलफल भएको थियो। बिहिबार एमाले नेता माधव नेपाल र माओवादी अध्यक्ष मोहनवैद्यले पनि छलफल गरेका थिए।