नेकपा एमाले खोटाङको अध्यक्षमा 'रडाँको'
२७ फागुन २०७७
•
३ मिनेट पाठ
नेकपा एमाले खोटाङको अध्यक्षमा 'रडाँको'
नेकपा एमाले खोटाङको अध्यक्षमा रडाँको सुरु भएको छ । सर्वोच्च अदालतले साविकको एमाले र माओबादी केन्द्रलाई व्यूँताइदिएपछि मंगलबार एमालेको तत्कालिन उपाध्यक्ष रामप्रसाद दंगाललाई जिल्ला अध्यक्षमा मनोनयन गरेपछि तत्कालिन अध्यक्ष बबी चाम्लिङले आफु सो पदमा यथावत रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत चाम्लिङले हालसम्म पदबाट राजीनामा नदिएको र हालसम्म कुनैपनि जिल्ला अधिबेसन नभएकाले आधिकारिक अध्यक्ष आफै रहेको जानकारी गराएका छन् । पुष्पलाल स्मृति भवनबाट नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखे लगत्तै एमालेको अध्यक्षमा दंगाललाई चयन गरिएको भोलीपल्ट चाम्लिङले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।  




साविकको एमालेको २०७२ साल बैसाख १३ गते सम्पन्न छैठौं जिल्ला अधिबेसनबाट चाम्लिङ अध्यक्ष र दंगाल उपाध्यक्षमा चुनिएका थिए । सर्वोच्चले एमालेलाई व्यूँताएकाले एमालेको तत्कालिन अध्यक्ष स्वतः आफु कायम रहेको चाम्लिङले दावी गरेका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को जिल्ला कमिटि विस्तारका क्रममा साविकको एमालेको भागमा सचिव परेपछि तत्कालिन अध्यक्ष चाम्लिङले समन्वय समिति प्रमुख तथा प्रदेश कमिटि सदस्य रहेको कारण देखाउँदै सचिवबाट राजीनामा दिएर दंगाललाई अघि सारिएको थियो । ‘उक्त पदबाट राजिनामा नदिएको र तत्पश्चात कुनै जिल्ला अधिबेसन पनि नभएको हुँदा आधिकारिक अध्यक्ष म नै रहेको सम्पुर्णमा जानकारी गराउन चाहन्छु,’ चाम्लिङले लेखेका छन्, ‘पार्टीको आधिकारिक अधिबेसन नभएसम्म वा पार्टीको अन्य सँस्थागत निर्णय नभएसम्मका लागि म नै नेकपा एमालेको जिल्ला अध्यक्ष रहने सम्पूर्णमा जानकारी गराउँदै कोही पनि भ्रममा नपरि पार्टी निर्माणको अभियानमा एकताबद्ध भइ अगाडि बढ्न हार्दिक अपिल गर्दछु ।’  

सर्वोच्च अदालतले फागुन २३ गते ऋषिराम कट्टेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता दिएपछि एमाले र माओबादी केन्द्र पुरानै ठाउँमा फर्किन बाध्य बनेको हो । तर, खोटाङमा नेकपाभित्र देखिएको विवाद सर्वोच्चको आदेशपछि एमालेभित्र सरेको छ । अहिले सामाजिक सञ्जालमा समेत गुटगत पक्षपोषणमा टिकाटिप्पणी आइरहेका छन् । यसको प्रत्यक्ष अशर पार्टीको संगठन विस्तार एबं निर्वाचनमा पर्ने आँकलन गर्न थालिएको छ ।  

जन्तेढुंगामा राखियो एमालेको बोर्ड 

सर्वोच्च अदालतले साविकको एमाले र माओबादी केन्द्रलाई व्यूँताइदिएपछि जिल्ला जिल्लामा आ–आफ्नै पार्टीको बोर्ड राख्ने होड चलेको छ । खोटाङमा पनि साविकको एमालेले जिल्ला कमिटिको पार्टी कार्यालयदेखि पालिका कमिटिको कार्यालयमा एमालेको बोर्ड राख्ने क्रम सुरु गरेको छ । जिल्लाका १० स्थानीय तहमध्ये बुधबार नेकपाको जन्तेढुंगा गाउँपालिका कमिटिको चिसापानीस्थित नेकपाको कार्यालयमा नेकपा उल्लेखित बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ ।  

सर्वोच्च अदालतले फागुन २३ गते ऋषिराम कट्टेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता दिँदै एमाले र माओबादी केन्द्र व्यूँताएपछि एमालेको बोर्ड राखिएको एमालेका जन्तेढुंगा गाउँ पालिका कमिटिका अध्यक्ष याम राईले बताए । एमाले निर्वाचन क्षेत्रीय समन्वय समितिका सदस्य निश्चल खड्का, खोटेहाङ गाउँपालिका कमिटिका सचिव बिकास राई, स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको हो । तत्कालिन जनयुद्धकाबेला एरिया इन्चार्जको भूमीका निर्वाह गरेका शालिकराम कार्की रायन एमालेको बोर्ड राख्नेक्रममा एमालेमै प्रवेश गरेका छन् । एमाले व्यूँतिदा शुभेच्छुक तथा मतदातामा खुसीयाली छाएको अध्यक्ष राईले बताए ।
अर्को समाचार
सिन्जो आबेसँग भेट्ने इच्छा थियो: प्रचण्ड
२१ साउन २०७९
•
१ मिनेट पाठ
सिन्जो आबेसँग भेट्ने इच्छा थियो: प्रचण्ड
५ दिने जापान भ्रमणका लागी जापान आईपुगेका माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई भेट्ने आफ्नो धोको पुरा नभएकोमा दुःख व्यक्त गरेका छन्।




टोक्योस्थित नारिता विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जापानका पूर्व प्रधानमन्त्रीसँग पटक पटक कुरा भएको स्मरण गरे।

मलाई जापानका पूर्व प्रधानमन्त्री आबेसँग भेट्ने धोको थियो सञ्चारकर्मीहरू सँग उनले भने 'जापानमा घटेको दुःखद घटनाले मेरो धोको पुरा भएन। उनले पूर्व प्रधानमन्त्री आबे नेपाल प्रति अत्यन्तै सकारात्मक रहेको समेत बताए। नेपाल र जापानको सम्बन्ध पुरानो भएको बताउँदै उनले नेपालको प्रमुख 'डोनर देश'  जापान भएको बताए।

उनले जापानमा नेपालीको अवस्था कस्तो छ त्यो बुझ्ने नेपालले जापानमा बस्ने नेपालीको लागि के गर्न आवश्यक छ त्यसको अध्ययन समेत गर्ने बताए।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस