काठमाडौं– नेकपा–माओवादीसहित ३३ दलीय मोर्चा र सरकारबीच वार्ता भइरहेको छ। ललितपुरको होटल हिमालयमा मध्यान्ह १२ बजेदेखि भइरहेको वार्तामा ३३ दलीय मोर्चालाई नेतृत्व गरेका माओवादी अध्यक्ष मोहन वैद्य भने अनुपस्थित छन्।
मोर्चाका तर्फबाट देव गुरुङले वार्ताको नेतृत्व गरिरहेका छन्। 'देव गुरुङको नेतृत्वमा हामी सरकारसँग वार्तामा बस्दैछौं', वार्ता सुरु हुनुअघि माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्- 'तयारीका लागि अहिले हाम्रो बैठक भइरहेको छ।' वार्तामा सरकारका तर्फको नेतृत्व भने गृहमन्त्री माधवप्रसाद घिमिरेले गरेका छन्।
सरकारले बिना सर्त ३३ दलीय मोर्चालाई वार्तामा बोलाएको हो। उच्चस्तरीय राजनीतिक समिति समक्ष पेस गरेका माग नै गुरुङले आज दोहोर्येने बताइएको छ। वार्तामा वैद्यको अनुपस्थितिले मोर्चा वार्ताप्रति गम्भीर नभएको देखाएको छ।वैद्य नेतृत्वको मोर्चाले संविधानसभा चुनावको विरोध गर्दै आएको छ।