काठमाडौ — उच्चस्तरीय राजनीतिक समितिले संविधान सभा चुनावसँग असन्तुष्ट रहेका दलहरुसँग आज निर्णायक वार्ता गर्दैछ। समितिले पहिला नेकपा–माओवादीको मार्चासँग र त्यसपछि साँझ ५ बजे संघीय समाजवादी र मधेसी जनअधिकार फोरम नेपालसँग वार्ता गर्नेछ।३:३० देखि नयाँ वानेश्वरमा जारी वार्ताको नेतृत्व ३३ दलीय मोर्चाका तर्फबाट मोहन वैद्य र समितितर्फबाट समिति संयोजक पुष्पकमल दाहालले गरेका छन्। 'आजको वार्ताको नेतृत्व अध्यक्षज्यूले गर्नु भएको छ', माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्। हिजो सरकारसँग भएको वार्तामा वैद्य अनुपस्थित थिए।
वैद्य अनुपस्थित रहेको हिजोको वार्ता निष्कर्षबिहनी भएको थियो।
मधेसी जनअधिकार फोरम र संघीय समाजवादी वार्तामा सकारात्मक देखिए पनि वैद्य माओवादीले भने कठिन माग राख्दै आएको एमाले नेता रघु पन्तले नारिकन्युजलाई बताए। 'वार्तामा बैद्य माओवादी लचिलो हुनुपर्छ', उनले भने।
राजनीतिक समितिको बैठकले असन्तुष्ट दलसँगको छलफललाई आज बुधबारसम्ममा निष्कर्षमा पुर्याजउने निर्णय गरिसकेको छ। सोही सन्दर्भमा असन्तुष्ट दलहरु र समितिबीच आज वार्ता हुन लागेको हो।
यसअघि प्रमुख दलहरुले असन्तुष्ट दलहरुसँग कुरा मिलाउने प्रयासका लागि छुट्टा छुट्टै छलफल पनि गरेका थिए ।