संसद् विघटनको मुद्दा र नेकपाको अधिकारिकताको विषय टुंगिए पनि सरकारको विषयमा अझै के हुने अन्योल बढेको छ। संसद् विघटन असंवैधानिक भन्दै सर्वोच्चले पुनर्स्थापना गरेपछि नैतिकताका आधारमा प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्ने कुरा उठिरहँदा नेकपाको आधिकारिकता विवादको फैसला भई एमाले र माओवादी केन्द्र ब्युँतिएपछि संसद्भित्रको खेल अझै रहस्यमय बन्दै गएको छ। संसद् पुनर्स्थापना भएको १८ दिन बितिसकेको छ। सरकारप्रति असन्तुष्ट रहेको माओवादी केन्द्रले आफ्ना मन्त्रीलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। यो पार्टीले उल्टै सत्तासमीकरणका लागि व्यस्त हुनुपरेको भन्दै केन्द्रीय समिति बैठकसमेत अनिश्चितकालका लागि स्थगित गरेको छ।
एमालेभित्रको माधव नेपाल समूहले कस्तो भूमिका खेल्छ त्यसले पनि ओली सरकार ढल्ने–नढल्ने निर्धारण हुनेछ। प्रधानमन्त्री ओलीले एमालेभित्रको आन्तरिक विवाद सल्टाउन सोमबार पार्टी कार्यालय धुम्बाराहीमा असन्तुष्ट पक्षलाई बोलाएर बैठक आयोजना गरेका थिए। जसले एमालेभित्रको एकताको सन्देश दिएको ओली पक्षका नेताहरूले दाबी गरेका छन्। संसद्मा कुनै पनि बेला प्रधानमन्त्रीविरुद्ध आउने प्रस्तावमा एमालेको फ्लोरक्रस हुने सम्भावना न्यूनीकरण गर्न पनि ओलीले बैठक बोलाएको स्रोतले बतायो।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। संसद्बाट विश्वास पाएमा ओलीविरुद्ध एक वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न पाइँदैन। यसकारण पनि माओवादी केन्द्रले तत्काल समर्थन फिर्ता लिन खोजेको छैन। प्रधानमन्त्री ओलीले यति बेला जसपालाई हातमा लिएर आफूविरुद्ध आउन सक्ने अविश्वास प्रस्तावको सामना गर्ने तयारी गरिरहेको स्रोतले बताएको छ। प्रधानमन्त्री ओली जनता समाजवादी पार्टीलाई फुटालेर भए पनि आफूविरुद्धको सम्भावित अविश्वास प्रस्ताव असफल पार्ने तयारीमा लागेका छन्। स्रोत भन्छ, ‘ओलीले चाहे भने जनता समाजवादी तत्कालै फुटाउँछन्।’
त्यसैले माओवादी केन्द्रको भित्री उद्देश्य १ सय ३८ सांसदकै हस्ताक्षर गराएर अविश्वास प्रस्ताव दर्ता गर्ने रहेको छ। समर्थन फिर्ता लिँदा ओलीले संसद्बाट विश्वासको मत प्राप्त गर्नसक्ने भएका कारण त्यो खतरा मोल्ने अवस्थामा माओवादी केन्द्र नभएको स्रोतको भनाइ छ।
प्रधानमन्त्री ओली जसपा फुटाएर आफ्ना पक्षमा १३८ सांसद पुर्याउने खेलमा लागे पनि जसपासँग धेरै गहिरो सम्झौता गर्ने पक्षमा छैनन्। उनले रेशम चौधरीलाई कानुनबमोजिम छाड्ने भनी सहमति गर्नसक्ने, संविधान संशोधनको मागबारे पनि कागजमा मात्रै सहमति गर्ने पक्षमा रहेको स्रोत बताउँछ। स्रोतले भन्यो ‘प्रधानमन्त्री ओलीबाट जनता समाजवादी पार्टीले नगदमै लैजाने भनेको उपसभामुख र केही मन्त्रालयमात्रै हो।’ उता कांग्रेस, माओवादी र जसपाको संयुक्त बैठक पनि बस्न सकेको छैन। उनीहरू एकअर्काप्रति विश्वस्त हुन नसक्दा नै अविश्वास प्रस्ताव आउन नसकेको स्रोतले बतायो।
यति बेला नयाँ प्रधानमन्त्रीका रूपमा शेरबहादेर देउवा, पुष्पकमल दाहाल र महन्थ ठाकुरको नाम चर्चामा छ। प्रधानमन्त्री ओली भने सकै आफैं रहने नभए संसद् पनि नरहने हिसाबले अघि बढ्दैछन्। त्यसैले संसद्मा प्रधानमन्त्री हटाउने खेल सुरु होस् भन्ने प्रधानमन्त्रीले चाहेको स्रोत बताउँछ। संसद्ले कसैलाई पनि बहुमत नदिएर आफैं विघटन भई आउँदो कात्तिकमा निर्वाचनमा जाने सोचमा उनी रहेको स्रोतको दाबी छ। स्रोत भन्छ, ‘संसद्मा प्रधानमन्त्री चयनको चार चरणको प्रक्रिया पूरा गर्दा जति समय लाग्छ त्यो समयको ६ महिनापछि निर्वाचन गर्ने तयारीमा प्रधानमन्त्री ओली छन्। ‘प्रधानमन्त्री ओलीले संसद् पुनर्स्थापना भए पनि काम गर्न सकेन भन्ने सन्देश दिन चाहेका कारण पनि अबका संसद् बैठक प्रभावहीन हुने देखिन्छ’, स्रोतले भन्यो। प्रधानमन्त्रीमाथि प्रश्न उठेपछि संसद्मा यस विषयमा छिनोफानो नभई अन्य विषयमा प्रवेश गर्ने सम्भावना छैन।
संसद्को कामकारबाहीलाई कसरी लैजाने भन्ने विषयमा सोमबार सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए। प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नआएमा वा सरकारलाई दिएको समर्थन फिर्ता नभएमा सरकारले ल्याएका सबै अध्यादेश संसद्मा टेबुल गरेपछि प्रधानमन्त्री ओलीले संसद् अधिवेशन नै अन्त्य गर्न सक्ने सम्भावना पनि रहेको स्रोतको भनाइ छ।
प्रमुख प्रतिपक्षी दल काग्रेसको पनि भित्री आसय संसद् विघटनतर्फ जाओस् भन्ने नै रहेको स्रोतले बतायो। तर प्रधानमन्त्री पाएमा त्यसलाई स्वीकार गर्ने रणनीति पनि कांग्रेसको छ। कांग्रेसले ओलीको विकल्पमा सभापति देउवालाई मात्र लिएको छ, अन्य दलका नेतालाई लिएको छैन। ‘यो कुराले पनि पुष्टि गर्छ, कांग्रेसले संसद् विघटन नै चाहेको छ’, स्रोतले भन्यो।
यति बेला प्रतिनिधिसभामा एमाले, कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मुख्य शक्तिका रूपमा छन्। अन्य दल एकएक सिट भएका कारण स्वतन्त्र हैसियतमा छन्। स्वतन्त्र हैसियतमा रहेका दलहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा छन्। संसद्मा २ सय ७५ सांसद संख्या रहेकाले बहुमत पुग्न १३८ जनाको समर्थन हुनुपर्ने हुन्छ। कांग्रेसमा ६३ सांसदमध्ये विजयकुमार गच्छदार र अफताव आलम निलम्बन भएकाले ६१ जनाले मतदान गर्न पाउनेछन्। माओवादीबाट ५३ जनामध्ये प्रतिनिधिसभा सदस्य रहेका टोपबहादुर रायमाझी, प्रभु साह र लेखराज भट्ट एमालेमा गएका छन्। जसबाट माओवादी केन्द्रको संख्या ५० मा झरेको छ। सभामुख अग्नि सापकोटाको गणना गर्न नमिल्ने भएका कारण माओवादीको पछिल्लो संख्या ४९ रहेको छ। जनता समाजवादी पार्टीका ३४ सिटमध्ये रेसम चौधरी र हरिनारायण रौनियार निलम्बित भएकाले ३२ जनाले मतदानमा भाग लिन पाउनेछन्।
कांग्रेस, माओवादी र जनता समाजवादी एक भएमा १ सय ४२ सदस्य संख्या हुनेछ। जसबाट प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सकिने अवस्था छ। तर अविश्वासको प्रस्ताव आउँदा सँगै प्रधानमन्त्रीको नाम पनि उल्लेख गर्नुपर्ने हुन्छ। संविधाको धारा १ सयको उपधारा ५ मा भनिएको छ, ‘अविश्वासको प्रस्ताव पेस गर्दा प्रधानमन्त्रीका लागि प्रस्तावित सदस्यको नामसमेत उल्लेख गरेको हुनुपर्नेछ।’