काठमाडौं — नेपाल प्रहरी र सशस्त्र मात्रै परिचालन गरेर एकै चरणमा निर्वाचन गर्न नसकिनेबारे सुरक्षा अधिकारीहरूले जानकारी गराइसक्दा पनि थप जनशक्ति जुटाउने विषयमा सहमति हुन सकेको छैन। गृह मन्त्रालयको आंकडामा आसन्न संविधानसभा निर्वाचनका लागि १ लाख ५० हजार सुरक्षा जनशक्ति चाहिन्छ।
नेपाल प्रहरी र सशस्त्र मात्रै परिचालन गर्दा ७० हजार अपुग हुन्छ । निर्वाचनका लागि चार महिना बाँकी रहँदासमेत अपुग जनशक्तिको प्रबन्धबारे सरकार अनिर्णित छ । यसको निम्ति म्यादी प्रहरी भर्ना गर्ने वा सेना परिचालन भन्नेमा सरकारले निर्णय गर्न सकेको छैन । म्यादी प्रहरी भर्ना गर्ने भए प्रक्रिया थाल्न ढिला भइसकेको सुरक्षा अधिकारीहरू बताउँछन् ।
प्रमुख दलहरूमध्ये एकीकृत माओवादी सेना परिचालनको साटो म्यादी प्रहरी नै भर्ना गर्नुपर्ने पक्षमा छ । सरकारसँगको छलफलमा पनि माओवादीले यही कुरा राख्दै 'म्यादी प्रहरीकै निम्ति अघि बढ्न' भनेको स्रोत बताउँछ ।
नेपाली कांग्रेस, एमाले र मधेसवादी दल भने यसमा सकारात्मक छैनन् । निर्वाचन आयोगसँग छलफल गर्दा म्यादी प्रहरीका नाममा 'राजनीतिक घुसपैठ' हुनसक्ने भन्दै कांग्रेस, एमाले लगायतले असहमति जनाएका थिए । यसले निर्वाचन परिणाम प्रभावित हुनसक्ने उनीहरूलाई डर छ । बरु सेनालाई नै कुनै न कुनै भूमिका दिएर निर्वाचनमा परिचालन गर्नुपर्ने उनीहरूले बताइरहेका छन् ।
निर्वाचन आयोगका अधिकारी पनि संविधानसभामा म्यादी प्रहरी राख्नेबारे सकारात्मक देखिएका छैनन् । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले हालै नागरिकसँगको वार्तामा भनेका थिए, 'हाम्रो चाहना सकेसम्म म्यादी प्रहरी प्रयोग नगरियोस् भन्ने छ ।'
यसबीच गृहले अपुग जनशक्ति खोज्न म्यादी प्रहरीलाई विकल्पमा राखेर पूर्वसैनिक र प्रहरीको सूची बनाउन थालेको पनि स्रोतले बतायो । आफू मातहतका निकायबाहेक निर्वाचन सुरक्षामा सेनाको उपस्थितिसमेत उसले खोजेको छ ।
गृहले एक महिनाअघि जारी गरेको निर्वाचन सुरक्षासम्बन्धी निर्देशिकामा नेपाल प्रहरीलाई सुरक्षा प्रमुखको जिम्मेवारी र सशस्त्रलाई सहयोगी तोक्दै सेनाले 'अपेक्षित ड्युटी लिन सक्ने' उल्लेख छ । अपेक्षित ड्युटी भने खुलाइएको छैन ।
गृह प्रवक्ता शंकर कोइरालाले सुरक्षा योजना निक्र्यौल नभइसकेको बताए । 'मन्त्रालयले एकीकृत सुरक्षा योजनामा गृहकार्य गरिरहेको छ,' उनले आइतबार नागरिकसँग भने, 'कसलाई के भूमिका दिने प्रस्ट भइसकेको छैन ।' म्यादी प्रहरी राख्ने वा सेना परिचालन गर्ने भन्ने विषयमा उनले बोल्नै चाहेनन् ।
सुरक्षासम्बन्धी छलफलहरूमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिले 'ब्याकिङ फोर्सका रूपमा सेना आवश्यक हुने' ब्रिफिङ गरिरहेका छन् । नेपाल प्रहरीले गृहमा बुझाएको सुझावमा सेनालाई पैदल गस्ती, हवाई गस्ती र मोबाइल टोलीको जिम्मेवारी दिए राम्रो हुने उल्लेख छ । प्रत्येक निर्वाचन क्षेत्रमा सेनाको एउटा बेस क्याम्प राखेर विषम अवस्थामा परिचालन गर्ने प्रबन्ध मिलाउनुपर्ने, विमानस्थल, महŒवपूर्ण प्रतिष्ठान, पुल, कल्भर्ट लगायत स्थानमा पिकेट मोबाइल ड्युटी सेनाले लिए उत्तम हुने प्रहरीको सुझाव छ । सशस्त्रको सुझावमा समेत सेनाको भूमिका उल्लेख छ।
गृह मातहतका निकायले सेनालाई 'ब्याकिङ फोर्स'का रूपमा प्रयोग गर्न चाहे पनि सेना आफैं भने निर्वाचन सुरक्षामा खटिने भए प्रत्यक्ष भूमिका दिनुपर्ने अडानमा रहेको सैनिक मुख्यालय स्रोत बताउँछ ।
स्रोतका अनुसार सेना २०५६ को निर्वाचनमा आफूले निर्वाह गरेको भूमिकालाई आधार बनाएर आसन्न निर्वाचनमा परिचालन हुने कार्यक्षेत्र तोक्नुपर्ने अडानमा छ । सशस्त्र द्वन्द्वताक २०५६ मा सम्पन्न निर्वाचनमा मतदान सामग्री ओसारपसार, मतपेटिका मतगणना केन्द्रसम्म ल्याउने र मतगणना केन्द्रको सुरक्षाको जिम्मेवारीसमेत सेनाले पाएको थियो ।
गत संविधानसभा निर्वाचनमा भने शान्ति प्रक्रिया चलिरहेकाले निर्वाचन सुरक्षामा सैनिक भूमिका खुम्चिएको थियो । सेनाले यसैअनुसार गृह मन्त्रालयमा ब्रिफिङ गर्ने तयारी गरेको छ ।
'सेनालाई बाहिर राखेर निर्वाचन गर्नसक्ने अवस्था छैन,' नाम उल्लेख गर्न नचाहने स्रोतले भन्यो, 'त्यसमा सबै सहमत छन्, खालि कुन प्रक्रियाबाट खटाउने तोकिन बाँकी छ, त्यो पनि चाँडै हुन्छ ।'
सैनिक प्रवक्ता सुरेश शर्माले निर्वाचन सुरक्षा बैठकमा व्यवस्था तथा युद्धकार्य महानिर्देशनालयका प्रतिनिधि सहभागी हुँदै आएको जानकारी दिए । उनले निर्वाचन सुरक्षामा सेनाको जिम्मेवारी के–के हो भन्ने नतोकिएको उल्लेख गर्दै 'जे निर्देशन आउँछ त्यही भूमिका निर्वाह गर्न सेना तयार रहेको' बताए ।
निर्वाचन सुरक्षासम्बन्धी प्रायः हरेक बैठकमा सैनिक प्रतिनिधि छुट्दैनन् । गृह मन्त्रालय र मातहतका सुरक्षा संगठनको सुझावमा सेनाको भूमिका छुटेको छैन । निर्वाचन आयोगले समेत निर्वाचन सुरक्षा बैठकहरूमा सेनालाई छुटाएको छैन । निर्वाचनको सुरक्षा प्रबन्धबारे जानकारी लिन साउन २३ गते आयोगले डाकेको छलफलमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँगै सेनाका प्रतिनिधिसमेत थिए । आयोगका अधिकारी भने सेनालाई कस्तो जिम्मेवारी दिइन्छ वा दिइन्छ कि दिइन्न भन्नेमा 'दलहरूबीच सहमति भइनसकेको' भन्दै खुल्न चाहँदैनन् ।
रक्षा मन्त्रालयका अधिकारी पनि यसबारे औपचारिक रूपमा केही बोल्दैनन् । मन्त्रालयका एक अधिकारीले निर्वाचनमा सेना परिचालनका लागि प्रक्रिया अघि बढे पनि यसमा राष्ट्रिय सुरक्षा परिषद्को निर्णय आवश्यक पर्ने बताए ।

आयोग समेत पक्षमा