काठमाडौं - नेकपा एमालेको युवा संगठन युवा संघ कार्यालयमा सचिवालय सदस्य शेरबहादुर तामाङले ताला लगाएका छन। विधानविपरित स्थायी कमिटी, केन्द्रीय सदस्य र सचिवालय सदस्य मनोनयन गरिएको भन्दै उनीसहितको टोलीले बागबजारस्थित संघको कार्यालयमा ताला लगाएको हो।उनले ताला लगाएलगत्तै युवा संघ अध्यक्ष महेश बस्नेतसहितको टोलीले ताला फोडेर कार्यालय खुलाएका छन्। 'यो अराजक गतिविधि हो। फरक विचार भन्दैमा ताला लगाउन हुन्थेन,' युवा संघका महासचिव राजिव पहाडीले भने, 'अहिले ताला खुलिसकेको छ।'
युवा संघमा लामो समयदेखि गुटगत राजनीति जारी छ।
युवा संघमा लामो समयदेखि गुटगत राजनीति जारी छ।