काठमाडौं— एमाओवादीको आजदेखि पेरिसडाँडामा सुरु भएको केन्द्रीय समिति बैठकमा निर्वाचन क्षेत्र पुगेर फर्केका केन्द्रीय सदस्यहरुले रिपोर्ट पेश गर्ने क्रम सुरु भएको छ। मंगलबार दिउसोसम्म ४२ जना नेताहरुले सेती–महाकाली, भेरी–कर्णालीको रिपोर्ट बैठकमा पेश गरेका छन्। एमाओवादीको आन्तरिक रिपोर्टअनुसार ती क्षेत्रमा पार्टीले चुनावमा मिश्रित परिणाम हात पार्ने उल्लेख छ।
एक महिना लामो निर्वाचन क्षेत्र केन्द्रित अभियानपछि राजधानी फर्केका केन्द्रीय सदस्यहरुले बैठकमा आ–आफ्नो क्षेत्रको रिपोर्ट बुझाएका हुन्। मंगलबार अपरान्हसम्म सेती–महाकाली, भेरी–कर्णालीको मात्र रिपोर्ट पेश गरेका छन्। बैठक साँझ ६ बजेसम्म चल्ने एक केन्द्रीय सदस्यले नागरिकन्युजलाई बताए। सुदूर पश्चिमतिरबाट सुरु भएको रिपोर्ट बुझाउने क्रममा अपरान्हसम्म ४२ जनाले आ–आफ्नो मूल्यांकन राखेका छन् ।
'अरुभन्दा पहिला निर्वाचन क्षेत्रमा पुगेकाले हाम्रो पक्षमा चुनावी माहोल देखिएको छ', एमाओवादी केन्द्रीय सदस्य हेमराज भण्डारीले बैठकमा भने– 'त्यसलाई अझ गति दिन पूरक अभियान आवश्यक छ ।'
एमाओवादीले समग्र चुनावको मूल्यांकन गर्न र उम्मेद्वार सिफारिश गर्नका लागि हरेक निर्वाचन क्षेत्रमा केन्द्रीय नेताको टोली खटाएको थियो । नेताहरु स्थलगत अध्ययन गरेर फर्किएपछि मुलुकभरि पार्टीको अवस्था बुझ्न आजदेखि केन्द्रीय समिति बैठक बोलाइएको हो ।