दार्जिलिङ — गोर्खाल्याण्ड आन्दोलन चर्किएपछि एक महिनादेखि बन्द रहेका दार्जिलिङका शैक्षिक संस्था खुलाउनेबारे आज वृहत् बैठक हुँदैछ। गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाको आयोजनामा सिङमारीस्थित सेन्ट जोसेफ स्कुलको मैदानमा दिउ"सो सर्वपक्षीय बैठक हुने भएको हो । अगष्ट ३ देखि बन्द शैक्षिक संस्था खुलाउन चौतर्फी दबाव बढेपछि बैठक आयोजना गरिएको हो।धेरै विद्यार्थीको सहभागिता रहने बैठकमा गोर्खा प्राथमिक शिक्षक संगठन (जिपिटिओ) र जनमुक्ति सेकेण्डरी शिक्षक संगठन (जेएसजिओ) का पदाधिकारीवीच बन्द शैक्षिक संस्था खुलाउनेबारे छलफल हुनेछ । दार्जिलिङक्षेत्रका शैक्षिक संस्था बन्द हु"दा त्यहा" अध्ययनरत चार हजारभन्दा धेरै नेपाली विद्यार्थीको पठनपाठन पनि ठप्प भएकाले बैठकको निर्णय महत्वपूर्ण हुनेछ ।
शैक्षिक संस्था बन्द भएपछि अगष्ट २५ देखि आन्दोलनमा होमिएका विद्यार्थीले आजको बैठक निर्णायक हुने र पठनपाठन सुचारु हुने अपेक्षा गरेका छन् । 'अब बन्द स्कुल कलेज खुल्छन् र विद्यार्थीले राम्ररी पढ्न पाउ"छन् भन्ने छ' विद्यार्थी मोर्चाका भाष्कर राईले भने, 'सबैको कुरा सुनेर निर्णय लिन्छौं, स्कुल कलेज नखुले पनि पीर मान्नु हु"दैन, आन्दोलनमा लाग्नुपर्छ ।'
शैक्षिक संस्था बन्द भएपछि विद्यार्थीले घरमैं अध्ययन गरिरहेको उल्लेख गर्दै सचिव राईले शैक्षिक संस्थाबाट केन्द्रिय रिजर्भ पुलिस फोर्स (सिआरपिएफ) हटाउनुपर्ने र गोर्खाल्याण्डको मागलाई बंगाल र केन्द्र सरकारले चित्तबुझ्दो सम्बोधन गर्नुपर्ने माग राखेका छन् । 'त्यसो भयो भने बन्द शैक्षिक संस्था खोल्न सहमत भई पठनपाठनमा फर्किन्छौं' उनले भने, 'नत्र आन्दोलन जारी रहन्छ ।'