काठमाडौं - आजदेखि सुरु योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को बन्दसत्रमा विधान र राजनीतिक प्रतिवेदन माथि छलफल भइरहेको छ। १४ समूहमा भइरहेको छलफलमा अधिकांश सहभागीले पूर्णकालीन कार्यकर्ताको बारेमा गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।
पूर्णकालीन कार्यकतालाई पार्टी र संगठनले बेवास्ता गर्दै गएको उनीहरुको धारणा छ। पूर्णकालीन र अल्पकालीन कार्यकर्ताको बारेमा लिगका संयोजक गणेशमान पुनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अझै प्रष्टरुपमा लैजानु पर्ने र केन्द्रलाई दवाव दिनु पर्नेमा अधिकांश सहभागी सहमत देखिएको छलफलमा सहभागी एक सदस्यले नागरिकन्युजलाई बताए।
बन्दसत्रमा झण्डा र लोगोको विषयमा पनि छलफल भएको छ। लिगको झण्डा पार्टीकै हँसिया हतौडा अंकित राख्नु पर्ने र लोगो सुनौलो तारा बनाउनु पर्ने माग गरेका छन्। अहिलेको झण्डामा महिला र पुरुषको हातले मसाल समाइरहेको छ। यसलाई परिवर्तन गर्नुपर्ने माग उनीहरुको छ। एमाओवादीको हेटौंडा महाधिवेशनले ल्याएको उत्पादन विग्रडको नीतिको कार्यान्वयन वाइसिएलले नै गर्नु पर्ने केन्द्रीय सचिवालय सदस्य दीपक कोइरालाले बताए।
उनले अध्यक्षको प्रतिवेदन उत्पादन विग्रेडको कार्ययोजना र निर्वाचन केन्द्रित भएको बताए। 'एक बुथ २ सय युथ नारालाई कसरी सार्थकता दिने भन्ने बारे हामी केन्द्रित छौ,' कोइरालाले भने। बन्द सत्रमा संयोजक गणेशमान पुनले राजनीतिक प्रतिवेदन र राजु खड्काले विधान संशोधनको प्रस्ताव गरेका थिए। हिजो उद्घाटन भएको वाइसिएल प्रथम राष्ट्रिय अधिवेशनमा भोलि १४ जना समूहका टिम लिडरहरुले छलफलको क्रममा उठेका विषयहरु प्रस्तुत गर्ने छन्।