म्यादी प्रहरीको विपक्षमा उच्चस्तरीय समिति
१९ भदौ २०७०
•
८ मिनेट पाठ
म्यादी प्रहरीको विपक्षमा उच्चस्तरीय समिति
काठमाडौं — चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समिति निर्वाचनको सुरक्षामा म्यादी प्रहरी परिचालनको विपक्षमा उभिएको छ। गत संविधानसभा निर्वाचनमा परिचालित म्यादी प्रहरीले सुरक्षाको साटो विवाद र विचलन ल्याएको भन्दै बुधबार बसेको समितिको बैठक म्यादी प्रहरीको विपक्षमा उभिएको हो।बैठकमा सहभागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले 'म्यादी प्रहरीले शान्तिसुरक्षा दिनेभन्दा पनि विचलन र विवाद ल्याउने भएकाले आसन्न निर्वाचनमा म्यादी परिचालन गर्न हुन्न भन्ने समितिले निर्णय गरेको जानकारी दिए ।




'गत संविधानसभा निर्वाचनको अनुभवबाट म्यादी प्रहरी शान्तिसुरक्षामा भन्दा पनि पार्टीगत समर्थनमा परिचालित भएको देखिएको थियो,' उनले नागरिकसँग भने, 'सुरक्षामा खटिनेहरु नै यसलाई भोट दे भन्दा विग्रहको अवस्था आउन नदिन म्यादी प्रहरी परिचालन गर्न हुन्न भन्ने समितिको निर्णय हो ।'

गृह मन्त्रालयको आकलनमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न १ लाख ५० हजार सुरक्षा जनशक्ति आवश्यक पर्छ । नेपाल प्रहरी र सशस्त्रबाट ८० हजार हाराहारीमात्र जनशक्ति निर्वाचनमा परिचालित हुँदा ७० हजार जनशक्ति अपुग हुने मन्त्रालयकै निष्कर्ष देखिन्छ ।

निर्वाचन सुरक्षामा कुनै न कुनै रुपमा सेना खटिए पनि ५० हजार थप सुरक्षा जनशक्ति नभए एकै चरणमा निर्वाचन सम्पन्न गर्न सम्भव नहुनेमा मन्त्रालय र सुरक्षा संगठनका अधिकारी सहमत देखिन्छन् ।

दुई सय ४० निर्वाचन क्षेत्रका आधारमा ९ हजार ८ सय २४ केन्द्र र ११ हजार ६६ उपकेन्द्र थप्दा २० हजार ८ सय ९० पुग्छ । केन्द्रको सुरक्षामा १० जनाको दरले घटाउँदा मात्र ९८ हजार २ सय ४० जनशक्ति आवश्यक हुने सुरक्षा संगठनहरुले मन्त्रालयलाई दिएको प्रतिवेदनमा उल्लेख छ ।

नेकपा–माओवादी लगायत निर्वाचनको विपक्षमा रहेका दल, तराईमा सक्रिय सशस्त्र भूमिगत समूह र आपराधिक समूहको गतिविधि लगायतका सुरक्षा चुनौती हेरेर सुरक्षा संगठनले थप जनशक्ति आवश्यक रहेको ठहर गरिसकेको छ ।

नेपाल प्रहरीका एक अधिकारीले थप जनशक्ति नखटाउने हो भने एकै चरणमा निर्वाचन सम्भव नहुने बताउँछन् । 'म्यादी प्रहरीबिना एकै चरणमा निर्वाचन सम्भव छैन,' ती अधिकारीले नागरिकसँग भने, 'कि दुई चरणमा निर्वाचन हुनुपर्छ कि थप जनशक्ति चाहिन्छ ।'

नेता केसीलाई सुरक्षा संगठनको निष्कर्षबारे जानकारी गराउँदा उनले 'सुरक्षाबारे जानकारी नभएको नयाँ व्यक्तिलाई तालिम दिएर म्यादी प्रहरीका रुपमा परिचालन गर्नैहुन्न भन्ने समितिको निष्कर्ष रहेको' दोहो¥याए ।

थप जनशक्ति नहुने हो भने त एक चरणमा निर्वाचन सम्पन्न गर्न नसकिने भएकाले दुई चरणमा निर्वाचन गराउने समितिको निष्कर्ष हो भन्ने जिज्ञासामा उनले निर्वाचनको चरणबारे नभई म्यादी प्रहरीबारे मात्र निर्णय गरेको बताए ।

'सके बहालवाला सुरक्षाकर्मीमात्र परिचालन गर, नसक्ने हो भने म्यादी प्रहरीका नाममा सर्वसाधारण हैन, सेना र प्रहरीका अवकाशप्राप्त सुरक्षाकर्मीलाई मात्र लेऊ भन्ने समितिको निर्णय हो,' केसीले भने ।

उनले निर्वाचन सुरक्षामा परिचालन गरिने अवकाशप्राप्त सुरक्षाकर्मी चयनमा समेत अवकाश पाएको निश्चित अवधिकालाई मात्र परिचालन गर्नुपर्ने पक्षमा समिति रहेको बताए ।

मन्त्रालयले बढायो अन्योल


निर्वाचनको सुरक्षा कसरी व्यवस्थापन गर्न सकिन्छ ? गृह मन्त्रालयले आफूमातहत नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागबाट योजना लिइसकेको छ । यी तीनवटै संगठनले डेढ महिनाअगाडि नै मन्त्रालयलाई आआफ्नो योजना र रणनीति बुझाइसकेका छन् ।

आसन्न निर्वाचनका लागि २ महिना मात्र छ तर, मन्त्रालयले अझै एकीकृत सुरक्षा योजना नै बनाउन सकेको छैन । साउन १४ गते मन्त्रालयले योजनाको अन्तिम तयारीका रुपमा प्रहरी प्रधान कार्यालयमा निर्वाचनकेन्द्रित छलफल राखेको थियो ।

छलफलमा आएका सुझावलाई समेत समेटेर सुरक्षा योजना बनाउने जिम्मा मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख शंकर कोइरालाले पाएका थिए । तर, समितिले योजना नल्याउँदा सुरक्षा संगठनका अधिकारी अन्योलमा छन् । निर्वाचन सुरक्षाको नेतृत्व प्रहरीलाई तोक्दै निर्देशिका जारी भए पनि एकीकृत सुरक्षा योजना सार्वजनिक नहुँदा निर्वाचनको तयारी नै प्रभावित भएको छ ।

निर्वाचन सुरक्षाको तयारीस्वरुप नेपाल प्रहरी र सशस्त्रले केन्द्रमा निर्वाचन सेल गठन गरेर गृहकार्य अगाडि बढाइसकेको छ । प्रहरीले एसएसपीको कमान्डमा क्षेत्रीय निर्वाचन सेल गठन गरी जिम्मेवारीसमेत तोकिसकेको छ ।

सशस्त्रस्रोतका अनुसार केन्द्रमा निर्वाचन सेल गठन गरेर गण र सीमा सुरक्षासम्म पु¥याएको छ । निर्वाचन सुरक्षा अनुशिक्षण तालिम पनि सकिसकेको छ । तर, एकीकृत योजना नआउँदा यी दुवै संगठनका अधिकारी कहाँकहाँ कसरी परिचालन हुने हो भन्ने अन्योलमै देखिए ।

'निर्वाचन सुरक्षा डेस्क बनाउने, सूचना लिने र विश्लेषण गर्ने काम सुरु भइसकेको छ,' एक सुरक्षा अधिकारीले भने, 'तर एकीकृत सुरक्षा योजना नआउँदा पूर्ण रुपमा काम हुन सकेको छैन, जति चाँडो योजना आयो तयारीका लागि त्यत्ति सजिलो हुन्थ्यो ।'

सुरक्षा योजना आउनमा ढिलाइबारे गृहका अधिकारी प्रष्ट केही बताउँदैनन् । मन्त्रालयका प्रवक्ता र योजना निर्माणको जिम्मेवार अधिकारीसमेत रहेका शंकर कोइराला सकेसम्म यो विषयबाट पन्छिन्छन् । १५ दिनअगाडि अन्तिम तयारीको अवस्थामा रहेको जानकारी दिएका उनी पछिल्लो समय सुरक्षाको विषय संवेदनशील भएकाले बोल्न मिल्दैन भन्दै तर्किरहेका छन् ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस