गजेन्द्र बोहरा, दाङ असोज ८- नेपाली कङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमालेका महासचिव ईश्वर पोख्रेलले दशैंअघि नै काठमाडौंमा भेटेर 'नयाँ सहमति' बनाउने वाचा गरेका छन्। टेलिफोनबाट कुरा गरेर उनीहरुले यस्तो मौखिक वाचा गरेका हुन्।
Normal 0 MicrosoftInternetExplorer4
Normal 0 MicrosoftInternetExplorer4
'प्रचण्डजी तपाईं चाँडै काठमाडौं आउनुस्' रोल्पाको लिबाङमा रहेका प्रचण्डलाई आग्रह गरेपछि दाङमा रहेका एमाले महासचिj ईश्वर पोख्रेललाई कोइरालाले भने- तपाईं पनि यहीँ (काठमाडौं) आउनुस्, अनि फेरि सहमति गरेर अघि बढौंला।'
दाङमा केन्द्रीय कार्यालय राखेर मध्य तथा सुदूरपश्चिमबाट सेवा सञ्चालन गर्न लागेको नेपाल स्याटेलाइट टेलिकम कम्पनी प्रालिको संयुक्तरुपमा उदघाटन गर्दै यी तीन दलका प्रमुख नेताहरुले अब चाँडै नै मिलेर जाने सहमति गरेका हुन्। त्यसका लागि माओवादी अध्यक्ष दाहालले रोल्पाको लिबाङ, कङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला काठमाडौं र एमाले महासचिव ईश्वर पोख्रेलले दाङबाट सँगै कुरा गरेका थिए। रोल्पाको लिवाङमा रहेका माओवादी अध्यक्ष दाहालले कोइरालासँग भने- 'म काठमाडौं फर्किएपछि तपाईसँग कुरा गर्छु।' दाहालको कुरा सकिन नपाउँदै फेरि कोइरालाले भने- 'हो तपाईं जहाँ भए पनि चाँडै आउनुस्, अनि अहिले कुरा गरेजस्तै नयाँ सहमति गरौंला।' यी दुई नेताको कुराकानीकै बीचमा फेरि दाङबाट ईश्वर पोख्रेलले भने- 'गिरिजाबाबु पहिला पनि तपाईंले नै सहमतिको राजनीतिलाई नेतृत्व गर्नुभएको हो, फेरि पनि सहमति चाहिएको छ, तपाईंको सहयोग चाहिएको छ।' अनि फेरि गिरिजाले जवाफ फर्काए- 'ईश्वरजीले भनेजस्तै अब हामीले हामीबीचको विश्वासको संकट हटाउनुपर्छ, एकै ठाउँमा बस्नुपर्छ र नयाँ सहमति खोज्नुपर्छ।' गिरिजाप्रसाद कोइरालाले पटकपटक नयाँ सहमतिको कुरा दोहोर्याइरहेका बेला दाहालले बीचैमा कुरा काटेर भने- 'त्यो नयाँ सहमति पनि १२ बुँदे सहमतिकै आधारमा हुनुपर्छ, त्यसैको मर्मअनुसार हुनुपर्छ' अनि कोइरालाले अलि जोड दिएर भने- 'त्यही भएर त तपाईंहरु चाँडै काठमाडौं आउनुपर्छ भनेको हुँ।'
कङ्ग्रेस सभापति कोइरालाले सबैको सहमति र सहकार्यबाट नै अहिलेको निकास निकाल्नुपर्नेमा दुवै नेतालाई सहमत पनि गराए। अनि पोख्रेल र दाहाल दुवै भने- 'सहमतिको राजनीतिक यात्रा टुट्नु हुन्न।' दाहाल र पोख्रेल दुवै नेताले कोइरालालाई सहमतिको राजनीतिक यात्राका लागि सहयोगीको भूमिका निभाइदिन आग्रह गरेका थिए। त्यसपछि कोइरालाले भने- 'तपाईंहरु दुवैको कुरा मैले बुझिसकेको छु तर यसमा सबैको 'को–अपरेट चाहिन्छ, हामीबीच जुन अविश्वासको संकट छ, त्यसलाई मेट्नुपर्छ।' कुराकानीको अन्त्यमा तीनै नेताले काठमाडौंमै भेटेर नयाँ राजनीतिक सहमति थाल्न सहमति जनाएका थिए।
Normal 0 MicrosoftInternetExplorer4
उक्त टेलिकमको कन्फ्रेन्स कलमार्फत एकैसाथ कुराकानी गरेका तीन प्रमुख नेताले एकापसमा विजयादशमीको शुभकामना आदान-प्रदान पनि गरे। सुरुमा गिरिजाप्रसाद कोइरालाले कुरा गरेका थिए। सुरुमा दाहाललाई गिरिजाले सोधे- 'प्रचण्डजी तपाईं कहाँ हुनुहुन्छ ?' प्रचण्ड पनि हालखबर सोध्द्धै थिए तर कोइरालाले मानेनन् र फेरि भने 'म सोध्दैछु तपाईं कहाँ हुनुहुन्छ?' अनिमात्रै दाहालले भने- 'म अहिले रोल्पाको लिबाङमा छु।' त्यसपछि मात्रै दाहालले गिरिजाप्रसादलाई शुभकामना भने- 'गिरिजाबाबु म पहिला तपाईंको स्वास्थ्यको कामना गर्छु, अनि विजयादशमीको शुभकामना दिन्छु र सहमतिको राजनीति अघि बढाउन आग्रह गर्छु।' त्यसपछि कोइरालाले जवाफ फर्काए- 'तपाईंहरु सबैलाई, प्रचण्डजी र ईश्वरजीलाई पनि शुभकामना, यहीँ आउनुस् अनि सहमतिका लागि कुरा गरौंला।' दाङबाट एमाले महासचिव ईश्वर पोख्रेलले पनि कोइराला र दाहाललाई दशैंको शुभकामना दिएका थिए।