काठमाडौं – आर्जन र अध्ययनका लागि विदेश पुगेका नेपालीले निर्वाचनमा मताधिकार पाउने मुद्दाले एक फड्को मारेको छ। शुक्रबार उच्चस्तरीय राजनीतिक समिति र आन्दोलनरत संघीय समाजवादी पार्टीबीच भएको सम्झौतामा प्रवासमा रहेका नेपालीहरुलाई कानुन बनाएर मतदान गर्न दिने उल्लेख छ।'सहमति भएका पाँच बुँदामध्ये एक बुँदामा प्रवासमा रहेका नेपालीलाई कानुन बनाएर मत अधिकार दिने भन्ने विषय उल्लेख छ', संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले नागरिकन्युजसँग भने- 'हामीले राखेका माग जायज हुन् भन्ने प्रमाणित भएको छ।'
अध्ययन र आर्जनका लागि ठूलो संख्यामा नेपालीहरु विदेश पुगेका छन्। मलेसिया, युएइ, कतारदेखि युरोप अमेरिकासम्म नेपालीको उपस्थिति बाक्लिएको छ। उनीहरुको मतअधिकारलाई समेट्न एमाओवादी, कांग्रेस र एमाले लगायतका मुख्य दलले पहिलैदेखि माग गरेका थिए। यसअघि प्रवासी नेपालीलाई चुनावमा समेट्न निर्वाचन आयोगको टोलीले एक अध्ययन समेत गरेको थियो। अध्ययनले ३० लाख नेपाली तेस्रो मुलुकमा रहेको देखाएको थियो।
मुलुकका ठूला चार राजनीतिक शक्ति सम्मिलित समिति मताधिकार दिन सैद्धान्तिक रुपमा तयार देखिए पनि यस पटकको चुनावमा यो विषय कार्यान्वयन गर्न नसकिने आयोगको बुझाइ छ। '३० लाख नेपाली विदेश (तेस्रो मुलुक) मा हुनुहुन्छ उहाँहरु छुटनुभएको छ', नागरिकलाई अन्तरवार्ता दिँदै प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले दुई हप्ताअघि भनेका थिए- 'उहाँहरुलाई समेट्न हामीले प्रयास गर्दागर्दै पनि सम्भव भएन तर भविष्यको चुनावमा समेट्न विधि बनाइराखेको अवस्था हो।'
आयोगले ३० लाख भने पनि नेपाल बाहिर रहने नेपालीको संख्या त्यो भन्दा ठूलो रहको बताउँदै गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गरिनुपर्ने बताउँदै आएको छ।