लण्डन- युद्ध अपराधको अभियोग लागेका नेपाली सेनाका बहालवाला कर्णेल कुमार लामालाई प्रधानसेनापति गौरवशमसेर जंगबहादुर राणाले भेटेका छन्। लण्डनस्थित नेपाली दूतावासमा प्रधान सेनापति राणाले शनिबार बिहान लामालाई भेटेका हुन्। भेटमा लण्डनस्थित सैनिक सहचारी कर्णेल विश्वनाथ घिमिरे, लन्डनस्थित एभरेष्ट ल फर्मका प्रिन्सिपल सोलिसिटर राजु थापा तथा लामाकी श्रीमति लक्ष्मी लामाको समेत उपस्थिति थियो।
स्रोतका अनुसार भेटमा लामाले आफ्नो मुद्दामा लागेको खर्च सरकारले व्यर्होर्न आनाकानी गरेको दुखेसो प्रधानसेनापति राणासँग पोखेका थिए। लामाले प्रधानसेनापति राणासमक्ष यथासक्य आफ्नो कार्यक्षेत्रमा फर्किन इच्छा राखेका थिए। करिब १ घण्टा लामो भेटमा प्रधानसेनापति राणाले कानुनी प्रक्रिया कसरी बढिरहेको छ भन्ने जिज्ञासा राखेका थिए। राणाले नेपाली सेना र राष्ट्रिय अस्तित्वसँग जोडिएको मुद्दा भएकाले नेपाली सेनाले पूर्णरुपमा सहयोग गर्ने बचन दिएको स्रोतले बतायो। नेपाली दूतावास स्रोतका अनुसार सेनापति राणाले नेपाल सरकारले कर्णेल लामाको कानुनी खर्च नव्यहोर्ने निर्णय भइसकेको जनाकारी लामालाई दिए।
बाबुराम भट्टराई नेतृत्वको सरकारले गत जनवरीमा लामाको कानुनी खर्चका लागि ५० हजार पाउण्ड निकासा दिने र भविष्यमा परेको सबै खर्च व्यहोर्ने निर्णय गरेको थियो। तर अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले डा. भट्टराई सरकारको निर्णय उल्टाउँदै लामाको कानुनी खर्च नव्यहोर्ने निर्णय गरेको बताइएको छ। सरकारले लामाको मुद्दा हेरिरहेको किङसले नेप्ली फर्मलाई पूर्व सर्तबमोजिम बुझाउनुपर्ने कूल चार लाख ३० हजार पाउण्डमध्ये हालसम्म एकलाख दश हजार पाउण्ड मात्र दिएको जानकारी नेपाली दूतावास स्रोतले दियो।
वकिललाई तिर्नुपर्ने बक्यौता रकम तीन लाख २० हजार पाउण्ड कसले तिर्ने भन्ने अन्योल छ। प्रधानसेनापति राणा तथा सोलिसिटर राजु थापाबीच सरकारले खर्च नव्यहोर्ने भएपछि लिगल एड कसरी जुटाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत भएको स्रोतको दाबी छ। लामाको मुद्दा लिगल एड (सरकारी खर्च)मार्फत् मुद्दा लड्न थापाले यसअघि नै सुझाउदै आएका थिए। लामाको मुद्दामा सेप्टेम्बर १३ तारिख शुक्रबारका दिन लन्डनस्थित ओल्डवेली सेन्ट्रल क्रिमिनल कोर्टमा केस म्यानेजमेन्ट सुनुवाइ हुने भएको छ।
लामाको मुद्दा हेरिरहेका न्यायाधीशले दुवै पक्षसँग छलफल गरेर कुन प्रक्रियाबाट मुद्दाको सुनुवाई गर्ने भन्नेबारे तय गर्नेछन्। कुन प्रकृयाबाट मुद्दा अगाडि बढाउने भन्ने सम्बन्धमा न्यायाधीश अलमलमा रहेको जानकारहरु बताउँछन्। सो सुनुवाइमा बादी र प्रतिबादीलाई मुद्दा पुनर्विचार गर्ने र प्रमाण पेस गर्न मौका दिने प्रचलन छ।
लामामाथिको अभियोगमा सरकारी पक्षले प्रयाप्त प्रमाण जुटाउन नसके मुद्दा फिर्ता लिन सक्ने सम्भवना रहन्छ। मुद्दा हेरिरहेका न्यायाधीशको पेन्सन भएपछि नयाँ न्यायाधीशले मुद्दा हेर्दै आएका छन्। नयाँ न्यायाधीशले पहिलो पटक दुवै पक्षलाई छलफलमा बोलाएका हुन्। लन्डनको ओल्डवेली सेन्ट्रल क्रिमिनल कोर्टमा जुन महिनाको अन्तिसाता भएको प्रारम्भिक सुनुवाइमा लामाले आफूमाथि लागेका अभियोग अस्वीकार गरेका थिए।