काठमाडौं— निर्माता तथा कलाकारले भगवान् बुद्धको जन्म भारतमा भएको अभिव्यक्ति दिएपछि भारतीय टेलिभिजन च्यानल जिटिभीमा प्रसारणमा आएको 'बुद्ध' सिरयललाई नेपालमा रोक लगाइएको छ। सिरियलका निर्माता एवं कलाकारले तथ्यलाई तोडमोड गर्दै बुद्धको जन्म भारतमा भएको सार्वजनिक अभिव्यक्ति दिएपछि नेपालीहरु आक्रोसित भएका थिए।
बुद्धको प्रसारणमा सरकारले प्रतिबन्ध लगाएको भने हैन। केवल टिभी एशोसिएशनले सरकारलाई जानकारी दिएर आफू मातहातका केवल टिभी अपरेटरबाट प्रसारण रोकेको बताएको छ।
'म त्यसबारे बुझ्दैछु', सञ्चार मन्त्रालयका सचिव ध्रुवप्रसाद शर्माले नागरिकन्युजसँग भने- 'हामीले जिटिभीको प्रसारण रोक्न निर्देशन दिएका भने छैनौं।' बुद्धको प्रसारण अघि त्यसका निर्माता एवं कलाकारहरुले सिद्धार्थ गौतमको जन्म, ज्ञानप्राप्ति एवं महापरिनिर्वाण भारतमा भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए।
बुद्धको जन्म, ज्ञानप्राप्ति र उपदेश समेटिएको सिरियल आजदेखि प्रसारणमा आएको हो।
'सिरीयलका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै बुद्ध प्रसारण रोकिएको हो' एसोसिएसनका अध्यक्ष सुधिर पराजुलीले हृतिक रोशन प्रकरण स्मरण गर्दै भने- 'जिटिभीको प्रसारण रोकिएको हैन बुद्धको प्रसारण मात्र रोकिएको हो।'
सम्बन्धित लिङ्क
बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिने कलाकारले माफी मागे
'बुद्ध'का निर्माता बिके मोदीले भने- 'बुद्ध भारतमा जन्मेका हुन्'
जीटिभीमा 'बुद्ध' सिरियल