लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन यही चैत १८ गते देखि सुरु हुने भएको छ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले चैत १८ गते दिउँसो १ बजे संसद बैठक बोलाइएको जानकारी दिए । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले चैत १८ गते हिँउदे अधिवेशन बोलाउन प्रदेश प्रमुखलाइ सिफारिस गरेको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ शाहले संसद बैठक आहवान गरेका हुन ।
लुम्बिनी प्रदेस सभाको बर्षे अधिवेशन सकिएको यही चैत १९ गते ६ महिना पुग्दैछ । यसअघि अशोज २० मा प्रदेशको नाम लुम्बिनी र राजधानी दागंको राप्ती उपत्यका देउखुरी तोकीएपछि बर्षे अधिवेशन अन्त्य भएको थियो । अधिवेशन सकिएको ६ महिना नपुग्दै अर्को बैठक बोलाउनु पर्ने बाध्यकारी नियमकै कारण चैत १८ गते हिँउदे अधिवेशन बोलाइएको हो ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रम अनुरुप यसपालीको अधिवेशन लामो समय नचल्ने बताइएको छ । केही विधेयकमा छलफल हुने बताइएपनि सरकारले सदनलाइ खासै बिजनेस दिन सकेको छैन । यसअघि एमाले र माओवादी केन्द्रको एकतापछि एउटै दल भएका यी दुइ पार्टी सर्वोच्चको आदेशसंगै फेरी यी दुइवटा दल बनेका छन । प्रदेश सभामा माओवादी सांसदहरु सत्तापक्षकै बेन्चमा बस्ने बताइएको छ । सरकारलाइ दिएको समर्थन फिर्ता नलिएकाले माओवादीका सांसदहरु सत्तापक्षकै बेन्चमा बस्ने संसद सचिवालयले जनाएको छ ।
गत अशोजमा प्रदेशको राजधानी दागं तोकीएपछि सरकारले प्रदेश सभा बैठक दागंमै गर्ने तयारी गरेको थियो । त्यसकालागि दागंको राप्ती प्राविधिक शिक्षालयमा तयारी अगाडी बढाइएको छ । तत्कालकालागि हिँउदे अधिवेशन त्यहाँ गर्न सम्भव नभएपनि बर्षे अधिवेशन भने दागंमै गर्ने गरी प्रदेश सरकारले तयारी अगाडी बढाएको छ ।