काठमाडौं— एकीकृत नेकपा माओवादी झै भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल)ले पनि पदाधिकारी चयन तथा सांगठानिक जिम्मेवारी बाडफाँडमा सहमति जुटाउन सकेन्।पदाधिकारी चयन गर्न नसकेको वाइसीएलले जम्बो केन्द्रीय समिति निमार्ण गदै तत्कालका लागि आन्तरिक बिबाद टारेको छ। साता दिन लामो प्रयासमा वाइसीएल र पुर्व माओवादी लडाकु संघका प्रतिनिधिका बिच पदाधिकारी चयनमा आ–आफ्नै दावी प्रकट गर्दा सहमति हुन नसके पछि संविधानसभा निर्वाचनसम्म गणेशमान पुनको एकल नेतृत्वलाई निरन्तरता दिने भएको छ।
बहुपदीय प्रणालीमा जाने वाइसीएलको योजना आन्तरिक बिबादका कारण अलपत्र पर्न गएको छ । 'गृहकार्य गरे पनि पदाधिकारी चयन भने गर्न सकेनौ, सकेसम्म निर्वाचन अघि नै, नभए निर्वाचन पछि पदाधिकारी चयन गरेर पुर्णता दिनेछौ,' अध्यक्ष पुनले नागरिकसँग भने, 'चुनावी अभियान र समय अभावका कारण पदाधिकारी चयन हुन नसकेको हो, बिबाद नै भएर हुन नसकेको भन्ने चाँही हुदैँ होइन् ।' उनका अनुसार पदाधिकारी चयनको बिधी बनाएर पदीय जिम्मेवारी वाँडफाँड गर्ने प्रयास सुरु भइसकेको छ। गत १५ गते सुरु प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको साता दिन नाघिसक्दा पनि वाइसीयलमा पदाधिकारी चयन हुन नसकेको हो।
पदाधिकारी चयन गर्ने साता दिन लामो प्रयास असफल भए पछि सांगठानिक राष्ट्रिय सम्मेलन गरेर पदीय बाँडफाँड गर्ने आन्तरिक सहमति भएको पुर्व माओवादी लडाकुले बताए । 'हिजो वाइसीएलमा रहेका र पछि आएका जनमुक्ति सेनाका प्रतिनिधि बिच पदाधिकारीमा आ–आफनै दाबी रहे, साता दिन प्रयास गर्दा पनि सहमति जुटन नसके पछि पुनजीको एकल नेतृत्वमा चुनावसम्म जान्छौ,' ती नेताले नागरिकसँग भने, 'निर्वाचन पछि सांगठानिक राष्ट्रिय सम्मेलन गरी पदाधिकारी र थप सांगठानिक जिम्मेवारी बाँडफाँड चयन गर्छौं।
उनका अनुसार अध्यक्षमा पुन सर्बसम्मत भएपनि उपाध्यक्ष, महासचिव र सचिवमा भने धेरै आंकक्षी देखिदाँ पदाधिकारी चयनमा समस्यामा देखा परेको हो । एक महासचिव पदका लागि पुर्व लडाकु कमाण्डर युवराज दुलाल, दीलीप कोइराला, लक्ष्मी चौलागाईलगायत आधा दर्जन बढी र उपाध्यक्ष र सचिवमा दर्जन भन्दा बढी आंकक्षी देखा परे पछि पदाधिकारी चयन हुन नसकेको स्रोतले बतायो । 'आंकक्षीलाई मात्रै राखेर पदाधिकारी बनाउँदा पनि ५० कटने देखियो, त्यहाँ मिलाउने निकै प्रयास गरियो' स्रोतले नागरिकसँग भन्यो, 'तर, सात दिनमा सहमति जुटाउन नसके पछि जम्बो केन्द्रीय समिति बनाएर तत्कालका लागि मिलाउने काम त भएको छ, मिलिसकेको भने छैन् ।' उनका अनुसार १ सय ५१ जनाको छरितो केन्द्रीय समिति बनाउने आयोजक समितिको प्रयास असफल भए पछि हालका लागि ३ सय ८९ सदस्सीय जम्बो केन्द्रीय समिति बनाउन वाइसीएल बाध्य हुन पुगेको छ । यो संख्या प्रथम राष्ट्रिय अधिवेसनमा सहभागी कुल १२ सय प्रतिनिधि मध्येको एक हिस्सा बराबर हो । अध्यक्ष पुनः बाहेक पदाधिकारी चयन हुन नसके पछि माऊ पार्टी एमाओवादीमा जस्तै सबै सदस्य केन्द्रीय सदस्यको हैसियतमा रहने छन् ।
'तत्कालका लागि २ सय ८९ जनाको केन्द्रीय समिति बनाएका छौ' प्रचार विभाग सदस्य रामप्रसाद सापकोटाले नागरिकसँग भने, 'चुनाव पछि पदाधिकारी चयन हुनेछ, अहिलका लागि भने यही संख्या पार्टीको पक्षमा चुनावी अभियानमा खटिनेछ ।' उनका अनुसार शुक्रवार साँझ बसेको वैठकले पनि सहमति दिन नसके पछि तत्कालका लागि एकल नेतृत्वमा जाने निर्णय भएको हो।
पदाधिकारी चयन, सचिवालय समिति, ब्युरो÷बिभाग गठन गरी बहुपदीय प्रणालीमा जाने योजना असफल भए पछि वाइसीएलले पुनको नेतृत्वमा ५ सदस्सीय केन्द्रीय कार्यालय भने गठन गरेको छ । जसमा गोपी अच्छामी, सन्देश पौडेल, रामचन्द्र शर्मा, जुनकुमारी रोक्का मगर रहेका छन् । अधिवेसनले उत्पादन र निमार्णको कार्ययोजना पास गरे पनि त्यसलाई अझै पनि ठोस गरि नसकेको सापकोटाले जानकारी दिएका छन्।