काठमाडौं— राष्ट्रपति रामवरण यादवले डाकेको सर्वदलीय बैठक शीतल निवासमा केही समयपछि बस्दै छ। उच्चस्तरिय राजनीतिक समिति र नेकपा–माओवादी नेतृत्वको ३३ दलिय मोर्चीच वार्ता हुन नसकेको अवस्थामा राष्ट्रपपतिले असन्तुष्ट वैद्य माओवादी सहितका पार्टीहरुलाई बैठकमा बोलाएका हुन्।दिउँसो २ बजे सितल निवासमा बस्ने बैठकमा एकीकृत माओवादी, नेपाली कांग्रेस, एमाले, मधेसी जनअधिकार फोरम, नेकपा–माओवादी, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), तराई–मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी, सद्भावना पार्टी, नेकपा (माले) लगायतका दलहरु सहभागी हुँदैछन्।
निर्वाचन केन्द्रित हुने बैठकले असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी गराउन प्रयास गर्ने अपेक्षा गरिएको छ।
आजको बैठकमा जानु अघि बैद्य माओवादीले आन्तरिक तयारी गरेको थियो। प्रवक्ता पम्फा भुषालका अनुसार माओवादीले निर्वाचनकै बारेमा आफ्नो धारणा राख्ने छ। 'हामी निर्वाचनकै विषयमा केन्द्रित भएर धारणा राख्छौ' भुषालले नागरिकन्युजसँग भनिन्- 'गोलमेच सम्मेलनको मागलाई पनि बैठकमा उठाउँछौं।'
राष्ट्रपति रामवरण यादवले सबै दलहरुलाई निर्वाचनमा सहभागी हुन आग्रह गर्ने शीतल निवास स्रोतले बताएको छ। बैठकमा राष्ट्रपति यादवले असन्तुष्टदलहरुलाई सम्बोधन गर्दै निर्वाचनमा भाग लिन जोड दिने स्रोतले बतायो।
यसअघि मंगलबार र बुधबार शीर्ष नेताहरु र मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले राष्ट्रपतिलाई छुट्टाटुट्टै भेटेका थिए। उनीहरुका भेटमा वैद्य माओवादीलाई निर्वाचनमा ल्याउनको लागि राष्ट्रपतिले पनि पहल गर्नुपर्नेमा जोड दिएका थिए। दुइ भेट पछि राष्ट्रपतिले सर्वदलिय बैठक बोलाउने निर्णय लिएका हुन्।
मंगलबार नै माओवादी अध्यक्ष मोहन वैद्यले कांग्रेस सभापती सुशील कोइरालालाई भेटेर चुनावको मिति सारे आफूहरु पनि निर्वाचनमा सहभागी हुन सक्ने बताएका थिए।
शुक्रबार नागरिक दैनिकलाई अन्तरवार्ता दिँदै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले बैद्य माओवादी निर्वाचनमा आउने भए निर्वाचन सार्न सकिने स्पष्ट पारेका छन्। निर्वाचनमा आउने नै भए ८-१० दिनको समय दिन कुनै समस्या नहुने उनको भनाइ छ।
कार्यकारी शक्ति सहितको सरकार र राजनीतिक खेलाडीहरु हुँदा हुँदै राज्य प्रमुख यादवले आयोजना गरेको सर्वदलिय बैठकलाई मह्त्वका साथ हेरिएको छ। निर्वाचनको विपक्षमा रहेको दल समेत सहभागी हुने भएकाले राजनीतिक वृत्तमा यसलाई ठूलै महत्व दिइएको छ।
उपेन्द्र यादव नेतृत्वको मोर्चा र आशोक राई नेतृत्वको संघिय समाजवादी पार्टीसँग निर्वाचनमा आउने भएपछि अब बैद्य माओवादी मात्र निर्वाचनको घेरा बाहिर छ। उसले पछिल्लो पटक निर्वाचनको मिति सार्नुपर्ने, मन्त्रिपरिषद अध्यक्षले प्रधान न्यायाधीशबाट राजीनामा दिनुपर्ने मागलाई उठाइरहेको छ। यही सन्दर्भमा शीतल निवासमा हुन गइरहेको बैठकले नेपाली राजनीतिलाई नयाँ मोड दिन सक्ने अपेक्षा गरिएको छ।