सुन्धाराका होटलमा 'टिकटार्थी'को भिड
२९ भदौ २०७०
•
७ मिनेट पाठ
सुन्धाराका होटलमा 'टिकटार्थी'को भिड
काठमाडौं— नेपाली कांग्रेस कालिकोटबाट समानुपातिकमा सिफारिस भएका टेकराज शाही काठमाडौं आएको पाँचदिन भएको छ । शाही कालिकोटबाट तीन दिनको पैदल र बस यात्रापछि काठमाडौं आइपुगेका हुन् । सुन्धारास्थित होटलमा बस्दै आएका शाहीको काम भनेको बिहानदेखि बेलुकासम्म पार्टीका शीर्ष नेता भेट्ने र समानुपातिकमा उम्मेदवारी सुनिश्चित गराउन माग गर्ने हो। 'समानुपातिकमा सिफारिस भएपछि केन्द्रमा टिकट माग्न आएको हुँ,' नेविसंघका केन्द्रीय सदस्यसमेत रहेका शाहीले हाँस्दै भने, 'केन्द्रले उम्मेदवारी ग्यारेन्टी नगरेसम्म फर्किने कुरा नै हुन्न।'कालीकोटको एक सिटका लागि प्रत्यक्षमा आठ र समानुपातिकमा नौजना सिफारिस भएका छन् । उनका अनुसार सिफारिसमा परेका सबैजसो नेता यतिखेर जिल्ला छाडेर काठमाडौं आइपुगेका छन् ।

टिकट हत्याउन जिल्ला छाडेर राजधानी आउने शाही एक्लो होइनन् । कांग्रेसबाट सिफारिसमा परेका प्रायः सबै नेता यतिखेर सुन्धाराका विभिन्न होटलमा बसिरहेका छन् । सबैको समान उद्देश्य छ, केन्द्रबाट टिकट सुनिश्चित गर्ने र जिल्ला फर्कने ।

सुन्धारामा हिजोआज 'जयनेपाल' शब्द बाक्लै सुनिन्छ । टिकट माग्न आएकाहरू भेटघाट हुँदा 'म पनि टिकटार्थी' भन्दै हँसिमजाक पनि गर्छन् । पूर्वी इलामदेखि पश्चिम कञ्चनपुरसम्म, जुम्लादेखि ताप्लेजुङसम्म, तराईदेखि हिमालसम्मका कांग्रेसी नेता यतिखेर सुन्धारामा जम्मा भएका छन्् ।

सुन्धारामा रहेका करिब १ सय २५ वटा होटल प्रायः कांग्रेसी नेताले भरिभराउ छन् । साँझ बिहान यस ठाउँमा ठूलो भिड हुन्छ । भिड देख्दा पार्टीको महाधिवेशन चलिरहेझैं भान हुन्छ । त्यहाँ होटल खाली नभेटेर कतिपय गौशाला, नयाँ बसपार्क, ठमेल र बागबजारतिर पनि बस्न पुगेका छन् ।

हिमाञ्चल लज एन्ड होटलमा चितवनका कांग्रेसी नेता बसेका छन् । 'मेरो होटलमा १५ वटा कोठा छन्, एक सातायता सबै प्याक छन्,' म्यानेजर विवेक गुरुङले भने, 'कुरा सुन्दा सबै टिकटका लागि आएका जस्ता छन् ।'

साँझ–बिहान सुन्धारा कांग्रेसीमय भए पनि दिउँसो भने भेटाउन मुस्किल पर्छ । 'बिहानै उठेपछि चिया–सिया खाएर १२ बजेअघि नै नेताका घर–घरमा गएर टिकटका लागि दाबी गर्नुपर्ने भएकाले दिउँसो सुन्धारा सुनसान हुन्छ,' पर्साका कांग्रेस सचिव अशोक जयसवालले भने, 'दिउँसो चाहिँ सानेपा (केन्द्रीय कार्यालय)मा भिड हुन्छ ।' उनका अनुसार पर्साका पाँचवटा क्षेत्रका लागि ३१ जना प्रत्यक्षमा र १ सय २१ जना समानुपातिकमा सिफारिस भएका छन्, ती सबै यतिखेर काठमाडौंमै छन् ।

अझ रमाइलो त के छ भने आफ्नो पक्षमा बहुमत समर्थक रहेको देखाउन सिफारिस भएका केही नेताले जिल्ला समितिका धेरैजसो सदस्यलाई साथमा लिएर काठमाडौं आएका छन्, खर्च पनि उनीहरू नै गर्छन् । 'नेता कहाँ पुग्दा त्योभन्दा म राम्रो, ऊभन्दा यो मान्छे राम्रो, मेरो जनमत छ, उहाँको जनमत छ, त्यसैले टिकट मलाई दिनुपर्छ, उहाँलाई नै दिनुपर्छ भन्ने नै कुरा हुन्छ,' समानुपातिक कोटामा परेका पत्रकार दीपेन्द्र चौहानले भने, 'धेरैजसोले त माइक्रो नै रिर्जभ गरेर कार्यकर्तासहित काठमाडौं आएको पनि भेटेको छु ।' उनका अनुसार सात दिनदेखि काठमाडौंमा बसेका नेताले कम्तीमा पनि दैनिक दुई जनाका दरले एक दर्जनभन्दा बढी केन्द्रीय नेतालाई भेटिसकेका छन् ।

'उम्मेदवार सिफारिस भएका सबैजसो काठमाडौंमा केन्द्रित भएपछि गाउँमा भने यतिखेर कांग्रेसका चुनावी गतिविधि शून्य भएको छ,' रौतहटबाट समानुपातिक कोटामा परेका धर्मेन्द्र पासवानले भने, 'गत सातादेखि गाउँ–गाउँमा कांग्रेसका केही कार्यकर्ता र समर्थक मात्रै छन्, नेता छैनन् ।'

कांग्रेसका जिल्ला नेता काठमाडौं केन्द्रित हँुदा एकीकृत नेकपा माओवादीका नेता भने गाउँ–गाउँमा दोस्रो चुनावी अभियानमा व्यस्त छन्, एमालेले केन्द्रमा टिकट लिन आएकालाई जिल्ला फर्कन प्रेस विज्ञप्तिमार्फत नै निर्देशन दिएको छ ।

आखिर किन कांग्रेसी उम्मेदवार काठमाडौं आइरहेका छन् त ? कालिकोटका शाही भन्छन्, 'स्थानीय तहमा जनमत हुने कांग्रेसी नेतालाई सिफारिस गरेर पठाइन्छ, केन्द्रले भने त्यो नाम काटेर 'गणेश प्रवृति' हुनेलाई टिकट दिएर पठाउँछ । त्यसैले खबरदारी गर्न कांग्रेसका नेता–कार्यकर्ता काठमाडौं आएका हुन् ।' 'गणेश प्रवृति'लाई नेतृत्वले निरुत्साहित नगरेसम्म यस्तो भिड केन्द्रमा लागिरहने उनी बताउँछन् ।

डडेल्धुराका महासमिति सदस्य नैनसिंह महरले पार्टी नेतृत्वको गैरजिम्मेवारीका कारण केन्द्रमा गाउँ र जिल्लाका नेताको भिड लाग्ने गरेको बताए । 'जिल्लाका कांग्रेसी उम्मेदवार मात्रै करिब पाँच हजार काठमाडौं आइपुगेका छन्, जनमत देखाउन ल्याएका त कुर नै नगरौं । यसरी आएकालाई नेताले आफ्नो वरिपरि घुमाउँछन्, तर गाउँ फर्क टिकट उतै पठाउँछु भन्न चाहिँ सक्दैनन्,' महर भन्छन्, केन्द्रले नेता÷कार्यकर्तालाई तत्काल जिल्ला फर्कन निर्देशन नदिए दुई÷तीन सातासम्म कांग्रेस नेता–कार्यकर्ता काठमाडौं केन्द्रित हुने उनले बताए ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस