जनताको आबाज बोल्ने प्रतिनिधिसभा बिजनेसविहीन
२१ चैत्र २०७७
•
५ मिनेट पाठ
जनताको आबाज बोल्ने प्रतिनिधिसभा बिजनेसविहीन
सर्वोच्च अदालतको फैसलापछि संसद् पुर्नस्थापनासँगै प्रधानमन्त्री केपी ओली अल्पमतमा परे र उनले संसद्को बैठकमा कुनै पनि प्रस्ताव अघि बढ्न दिएनन्। संसद्का ६ वटा बैठकमा कुनै पनि प्रस्ताव नगएपछि ती बैठक औपचारिकतामा मात्रै सीमित भए। सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई गति दिने विषयमा प्रधानमन्त्री ओलीसँग छलफल गरिएको भनिए पनि त्यो भेटले संसद्मा कुनै परिवर्तन आएको छैन। 




संसद्बाट जुनसुकै प्रस्ताव पनि अस्वीकृत भएमा सरकारलाई नैतिकताको प्रश्न उठ्ने र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अवस्थाको सृजना हुने हुँदा प्रधानमन्त्री ओलीले कुनै पनि प्रस्ताव अघि बढाउन नदिएको स्रोतले बताएको छ। प्रधानमन्त्री ओलीले भने शुक्रबार एक सार्वजनिक कार्यक्रममा उल्टै संसद्ले काम गर्न नदिएको बताएका छन्। उनले भने, ‘संसद्मा तानातानको अवस्था मात्रै छ। संसद्ले जनताको काम गर्नुपर्छ तर गर्न सकेको छैन।’ 

सर्वोच्चको फागुन ११ गतेको फैसलासँगै फागुन २३ गतेदेखि सुरु संसद्को अधिवेशन अब धेरै दिन नचल्ने सरकारी स्रोतको दाबी छ। ‘संसद्मै रहेका विधेयक, जरुरी महत्वका प्रस्ताव अघि नबढ्ने भएपछि अब संसद्को बैठक बस्नु र नबस्नुको कुनै अर्थ देखिएन,’ संसद सचिवालयका एक अधिकारीले भने। यति मात्र होइन, सरकारले संसद् नहुँदा विभिन्न समयमा ल्याएका अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबाहेक अन्य सात अध्यादेश टेबुल हुनै बाँकी छ। ती अध्यादेशलाई संसद्मा टेबुल मात्र होइन, बहुमतले स्वीकृत पनि गर्नुपर्दछ। संविधानको व्यवस्थाबमोजिम अध्यादेश दुवै सदनले स्वीकार नगरेमा निष्क्रिय हुन्छ, राष्ट्रपतिबाट खारेज हुनसक्छ, निष्क्रिय वा खारेज नभएमा सदनको बैठक बसेको ६० दिनपछि स्वतः निष्क्रिय हुनेछ। राष्ट्रिय सभाका सांसद तथा कानुनविज्ञ रामनारायण विडारीले पनि ‘अध्यादेश निष्क्रिय हुने दिशातर्फ गएको बताए।

सरकारले ल्याएको अध्यादेश ऐनसरह लागू हुन्छ, तर संसद् बसेको पहिलो बैठकमा टेबुल गर्नुपर्ने र संसद् बसेको ६० दिनभित्र त्यसलाई स्वीकृत गर्नुपर्ने र प्रतिस्थापन विधेयक ल्याउनुपर्ने हुन्छ। सरकारले ल्याएका अध्यादेश पहिलो बैठकमा टेबुल हुन सकेनन् भने प्रतिनिधिसभा नियमावली २०७५ को नियम ९३ लाई निलम्बन गर्नुपर्ने हुन्छ। नियम ९३ मा भनिएको छ, ‘संविधानको धारा ११४ बमोजिम जारी भएको अध्यादेश, जारी भएपछि आह्वान भएको सदनको पहिलो बैठकमा सम्बन्धित मन्त्रीले पेस गर्नेछ।’ संसद्को पहिलेको बैठकमा संवैधानिक परिषद्, काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ टेबुल गर्ने बेलामा कांग्रेस र जसपा नै सभामुखको अघिको वेलमा आएर नाराबाजी गरे पनि होहल्लाकै बीच टेबुल गरे पनि यो अध्यादेशलाई संसद्बाट स्वीकृतिका लागि कार्यसूचीमा राखिएको छैन। 

सरकारले ल्याएको अध्यादेश ऐनसरह लागू हुन्छ, तर संसद् बसेको पहिलो बैठकमा टेबुल गर्नुपर्ने र संसद् बसेको ६० दिनभित्र त्यसलाई स्वीकृत गर्नुपर्ने र प्रतिस्थापन विधेयक ल्याउनुपर्ने हुन्छ। सरकारले ल्याएका अध्यादेश पहिलो बैठकमा टेबुल हुन सकेनन् भने प्रतिनिधिसभा नियमावली २०७५ को नियम ९३ लाई निलम्बन गर्नुपर्ने हुन्छ।
यस अध्यादेशको निहुँमा सरकारले अन्य सात अध्यादेशलाई पनि टेबुल गरेको छैन। सरकारले नियम निलम्बन गरेर टेबुल हुन नसकेका अध्यादेश टेबुल गर्न सहयोग गर्न खोज्दा पनि नगरेको माओवादी केन्द्रको आरोप छ। अन्य सात अध्यादेश नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७७, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) २०७७, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश २०७७, यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७७, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य, निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७ टेबुल हुन सकेनन्।  

संसद्लाई सरकारले बिजनेस दिनुपर्ने संसदीय व्यवस्थाको नियम भए पनि सरकारले बिजनेस दिने काम गरेको छैन भन्दै संसद्को १८ गतेको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले विरोध गरेका थिए। संसद् बैठक फागुन २३ र २६ गते, चैत ३, ६, १० र १८ गते बसिसकेको छ। तर, ती बैठकमा कुनै पनि प्रस्ताव, विधेयक, अध्यादेश अघि बढेनन्। संसद्लाई बेकामे बनाएको अवस्थामा प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि कुनै प्रश्न उठाएको छैन भने सरकारलाई समर्थन गरेको माओवादी केन्द्र पनि विरोधका लागि विरोध मात्र गरिरहेको अवस्था छ। 

संसद्मा रहेका मुख्य दल कांग्रेस, माओवादी केन्द्र र जनतासमाजवादी पार्टी तीनतिर फर्केपछि प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव वा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। जसबाट प्रधानमन्त्री ओली झन् बलियो बन्दै गएका छन्। स्रोत भन्छ, ‘सायद २३ गतेपछि संसद्को अधिवेशन अन्त्य हुन्छ होला। यता व्यावहारिक रूपमा पनि चैत २५ गतेभन्दा उता संसद् बैठक राख्न नमिल्ने अवस्था देखिन्छ। सरकारले प्रत्येक वर्ष जेठ १५ गते आगामी आवको वार्षिक बजेट ल्याउने संवैधानिक व्यवस्था भएकाले अब हिउँदे अधिवेशन अन्त्य गरेर बर्खे अधिेशन बोलाउनुपर्ने हुन्छ। बर्खे अधिवेशन वैशाखको तेस्रो सातापछि सुरु हुनुपर्छ। बर्खे अधिवेशनमा प्रि–बजेट छलफल, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र बजेट ल्याउने गरिन्छ।  

अध्यादेश निष्क्रिय भए पनि संवैधानिक नियुक्ति कायमै

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विभिन्न संवैधानिक निकायमा ३८ जनाको नाम सिफारिस गर्दै राष्ट्रपतिबाट नियुक्ति गरियो। सो नियुक्तिप्रति असन्तुष्टि जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले पनि त्यसलाई बदर गर्नुपर्ने भन्दै प्रधानमन्त्रीसहित ३९ जनालाई विपक्षी बनाई सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। सर्वोच्चमा त्यो मुद्दा विचाराधीन छ। सर्वोच्चले बदर नगरेसम्म अध्यादेश निष्क्रिय भए पनि ती नियुक्ति सदर नै हुनेहुन्छ।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
१८ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३९ सेकेन्ड अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस