काठमाडौं - भारतीय विदेश सचिव सुजाता सिंहले राष्ट्रपति रामवरण यादवदेखि राजनीतिक दलका शीर्षनेतासम्मलाई भेटेर तोकिएकै मितिमा संविधानसभा निर्वाचन गर्नुपर्ने बताएकी छन्। आइतबार स्वदेश फर्किनुअघि उनले राष्ट्रपति यादव, मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी, परराष्ट्र तथा गृहमन्त्री माधवप्रसाद घिमिरे, निर्वाचन आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रेती र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर एउटै कुरा दोहोर्याइन्– 'निर्धारित मितिमै जसरी पनि निर्वाचन सम्पन्न भएको भारत सरकार हेर्न चाहन्छ।'आकस्मिक रूपमा नेपालको सद्भाव भ्रमणमा निस्केकी सिंहले तोकिएको मितिमा निर्वाचन गराउन आवश्यक परे नेपाल–भारत सीमा बन्द गरी (बोर्डर सिल्ड) सघाउन भारत तयार रहेको समेत बताइन्। 'निर्वाचनको वातावरण बनेको छ। तोकिएको समय (मंसिर ४ गते) मा जसरी पनि निर्वाचन हुनुपर्छ भन्ने हाम्रो मान्यता छ,' अध्यक्ष रेग्मीसँगको भेटमा भारतीय विदेश सचिव सिंहको भनाइ उद्धृत गर्दै रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले भने, 'भारतको शतप्रतिशत समर्थन र सहयोग यो सरकारलाई हुनेछ।'
करिब ३० मिनेट लामो उक्त भेटमा उनले अधिकांश समय संविधानसभा निर्वाचनमा खर्चेकी थिइन्। सरकारले गरेको निर्वाचनको तयारीलाई 'एक्सिलेन्ट' बताउँदै उनले आफूहरू उत्साही बनेको बताएकी थिइन्।
एक महिनाअघि मात्र भारतीय विदेश सचिवको जिम्मेवारी सम्हालेकी सिंहले दुईदिने नेपाल बसाइलाई शुद्ध राजनीतिक भ्रमणका रूपमा केन्द्रित गरिन्। भ्रमण क्रममा भएका भेटघाट र बैठकमा उनले नेपाल–भारत द्विपक्षीय मुद्दाहरूलाई भन्दा आसन्न संविधानसभा निर्वाचनलाई बढी प्राथमिकता दिइन्।
'निर्वाचनका बेला बोर्डर सिल्ड गर्न मात्र होइन, अन्य सहयोग जुटाउन समेत हामी तयार छौं। समयमा चुनाव हुनुपर्छ,' परराष्ट्र तथा गृहमन्त्री घिमिरेसँगको भेटमा सिंहको भनाइ उद्धृत गर्दै परराष्ट्र प्रवक्ता दिपक धितालले भने, 'निर्वाचनका लागि भारतले दिने बन्दोबस्तीका सामग्री समयमै नेपाल आइपुग्छ।' निर्वाचनका लागि भारतले ७ सय ६४ वटा गाडी नेपाललाई सहयोगस्वरुप उपलब्ध गराउने सहमति केही महिनाअघि भएको थियो।
स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले नेपालका राजनीतिक दलहरू निर्वाचनको पक्षमा रहेको बताइन्। 'तोकिएकै मितिमा निर्वाचन हुनेमा हामी आशावादी छौं,' उनले भनिन्।