सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकासका लागि सरकार गम्भीर भएर लागेको छः मन्त्री आले
२१ चैत्र २०७७
•
२ मिनेट पाठ
सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकासका लागि सरकार गम्भीर भएर लागेको छः मन्त्री आले
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमस्थित विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको बताएाक छन्।  




डोटीको जोरायल गाउँपालिका–२ बुडरमा आज आयोजित ‘प्राणी उद्यानको सम्भाव्यता’ सम्बन्धी सामुदायिक वन उपभोक्ता समूह र सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा उनले सुदूरपश्चिम प्रदेशस्थित खप्तड, रामारोसन, बडिकेदार, बडिमालिकालगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको दिगो विकासका लागि सरकार गम्भीर भएर लागेको बताए।  

उनले भने,“सुदूरपश्चिममा असङ्ख्य धार्मिक तथा पर्यटकीय क्षेत्र छन्, ती क्षेत्रको दिगो विकासका लागि सरकारले विभिन्न कार्ययोजना अगाडि बढाएको छ, चाडै नै यहाँका पर्यटकीय र धार्मिक क्षेत्रको पूर्वाधारको काम हुनेछ।”

मन्त्री आलेले सरकारले सुदूरपश्चिममा चिडियाखाना निर्माण गरिने योजनाका साथ अगाडि बढेको जानकारी दिँदै सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडक्षेत्रमा पूर्वाधार विकास निर्माणका अधुरा कामलाई पूरा गर्ने गरी बजेट विनियोजन गराउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले भने, “खप्तडक्षेत्र यहाँको पर्यटकीय केन्द्रविन्दु हो, यस क्षेत्रको विकास गर्न सके यहाँको आर्थिक तथा सामाजिक विकासको ढोका खुल्छ। त्यसैले यस क्षेत्रको पूर्वाधार विकास निर्माणका अधुरा कामलाई पूरा गर्ने गरी बजेट विनियोजन गराउनेमा आफ्नो पूर्ण सहयोग हुनेछ।”  

मन्त्री आलेले डोटीको बडिकेदार धार्मिक क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजनको तयारी भइरहेको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशमा सडक, विद्युत्, सञ्चारलगायत भौतिक पूर्वाधार विकास निर्माणमा वर्तमान सरकारले गम्भीर रहेको जानकारी दिए। उनले सुदूरपश्चिमका सुकुम्बासीको घर जग्गा व्यवस्थापनका लागि पहल भइरहेको र केही दिनमै उनीहरुले जग्गाधनी लालपुर्जा पाउने बताए।  

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा दीपक खरालले सरकारले सुदूरपश्चिममा चिडियाखाना निर्माणका लागि सरकारले निर्णय गरिसकेकाले चाँडै नै यहाँ चिडियाखाना स्थापना गरिने बताए। सरकारले सातवटै प्रदेशमा चिडियाखाना स्थापना गर्नका लागि बजेट विनियोजन गरिसकेको बताउँदै उनले डोटीको जोरायल गाउँपालिका–२ बुडरमा प्राणी उद्यानको निर्माणका लागि सरकारी प्राविधिक टोलीले सर्वेको कार्य अगाडि बढाएको जानकारी दिए। रासस
अर्को समाचार
पर्यटकीय क्षेत्र पाहुनाले भरिभराउ
१६ पौष २०८२
•
४ मिनेट पाठ
पर्यटकीय क्षेत्र पाहुनाले भरिभराउ
पोखराको लेकसाइडका आयोजित मेलामा घुम्न आएका पाहुनाको भीड। तस्बिरः सन्तोष/नागरिक
अंग्रेजी नयाँवर्षको सुरुवाती र पुरानो वर्षको बिदाईसँगै विभिन्न सहरमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ। नयाँवर्ष स्वागतार्थ र पुरानो वर्ष बिदाईका क्रममा आयोजित विभिन्न गतिविधिका कारण सहरदेखि हिमाली भेगका पदमार्ग र गन्तव्यसम्म पाहुनाको भीडभाड बनेको त्यहाँका व्यावसायीले बताएका छन। यो सिजनमा आन्तरिक र भारतीय पाहुनाको आगमन उत्साहजनक रहेको त्यहाँका व्यावसायीको भनाई छ।  




पर्यटकीय सहर पोखरा आन्तरिक तथा भारतीय पाहुनाले भरिभराउ छ । अंग्रेजी नयाँवर्षको अवसरमा आयोजित पोखरा सडक महोत्सवमा सहभागि हुन आउने पाहुनाका कारण लेकसाइडका होटल भरिभराउ छन। व्यावसायीले एकसातासम्मका लागि होटलमा पाहुना अभाव नरहेको बताईसकेका छन। रेस्टुरेन्टदेखि होटलसम्म खानपिनमा रमाउने पाहुनाको भीड रहेको उनीहरुको भनाई छ। यसले आर्थिक रुपमा चलायमान बनाएको पनि व्यावसायी बताउँछन।

पोखरा मात्र नभई अरु पर्यटकीय गन्तव्य पनि पाहुनामय बनेका छन। पोखरा आसपासका ग्रामीण क्षेत्र पनि पाहुनाले भरिभराउ बनेका छन्। कास्कीको ग्रामीण पर्यटकीय गन्तव्य घान्द्रुक सहित पोखरा आसपासका पर्यटकीय क्षेत्र पाहुनाले भरिभराउ बनेका छन। तनहुँको बन्दीपुर देखि चितवनको सौराहामा पनि नयाँवर्षका अवसरमा आएका पाहुनाका कारण होटल भरिभराउ रहेको त्यहाँका व्यावसायीले बताएका छन।  

अन्नपूर्ण आधारशिविर (एबिसी) सहितका पर्यटकीय गन्तव्यमा पनि आन्तरिक पाहुना पुगेको त्यहाँका व्यावसायीले बताएका छन। त्यस्तै पोखरा नजिकैको धम्पुस सहितका गाउँ पनि पर्यटकले भरिभराउ बनेका छन। एबिसी पदमार्गमा पर्ने माछापुच्छ्रे आधारशिविर (एमबिसी)मा व्यावसाय संचालन गरिरहेका दिलीप गुरुङ गुरुङका अनुसार अहिले घान्द्रुक, छोमरोङ सहित आधारशिविरका होटल पाहुनाले भरिभराउ छन।  

‘योपटक क्रिसमसदेखि नै सिजन जत्तिकै पाहुनाको भीडभाड छ। अन्नपूर्ण आधारशिविर क्षेत्रमा पाहुनाको आकार निकै नै राम्रो छ,’ उनले भने, ‘अफसिजनको समयमा पनि सिजनको झल्को हामीले पाएका छौ।’ पर्यटनको मुख्य सिजन केही समय अघि सकिएको भएपनि यो बेला भने आन्तरिक र भारतीय पाहुना घुम्न पुग्दा सिजनको जत्तिकै चहलपहल देखिएको उनले बताए।  

अघिल्ला वर्ष यो बेला कम संख्यामा पाहुना पुग्ने हुँदा कर्मचारी पनि थोरै नै राखेर सेवा दिने गरेको भएपनि यो पटक भने पाहुनाको आकार बढेपछि पर्याप्त कर्मचारी राखेको समेत उनले बताए।

‘करिब सतप्रतिशत क्षमतामा अहिले अन्नपूर्ण क्षेत्रको पर्यटन चलेको छ,’ उनले भने, ‘क्रिसमस सुरु भएपछि नेपाली, भारतीय, चिनियाँ पाहुना आएका छन। युवापुस्ताका पाहुनाको भीडका कारण पर्यटकीय गाउँमा चहलपहल थपिएको छ। व्यवासायीलाई व्यस्त बनाएको छ।’  
यो बेला चिसो मौसम भएपनि हिमपात नहुँदा पाहुना उच्च हिमाली क्षेत्रसम्म घुमघामका लागि जान सहज भएको उनले बताए। ‘आधारशिविरसम्म आउजाउ गर्न अहिले निकै नै सहज छ। यात्रामा कतैपनि अवरोध छैन। चिसो बढेपनि यात्रामा कठिनाई नभएपछि पाहुना उक्लिने क्रममा छन,’ उनले भने, ‘मौसमले साथ पनि दिएको छ। अघिल्ला वर्षजस्तो कमजोर नभई यो पटक सोचेभन्दा राम्रो आगमन भएको छ।’

तनहुँको बन्दीपुरमा पनि उत्तिकै आकारमा पाहुना आएको त्यहाँका व्यावसायीले बताएका छन। बन्दीपुर भ्रमण वर्षका संयोजक तथा बन्दीपुरका पर्यटन व्यावसायी बैस गुरुङले पनि यो पटक सोचेभन्दा राम्रो आकारमा पाहुना आएको बताए। ‘मंगलबार बेलुकी बन्दीपुरमा कौरा महोत्सव आयोजना गरिएको थियो। कौरा नाच हेर्नकै लागि एकैपटक ठूलो संख्यामा पाहुना भित्रिए। त्यसबाहेक घुमघामका लागि आएका पाहुनाका कारण गतिविधि बढेको छ,’ उनले भने।  

उनका अनुसार बन्दीपुरसँग सन् २०२५ को भ्रमण वर्ष अवधिमा कम्तिमा दुईलाख पाहुनालाई बास बसाउने र तीनलाख पाहुनालाई घुमाउने योजना थियो। तर, त्यो भन्दा बढी आकारमा पाहुना बास बसेको र घुमेको पनि उनले बताए। ‘कम्तिमा तीनलाख पाहुनाले यो एकवर्ष अवधिमा बन्दीपुरमा बास बसेको देखिएको छ। त्यस्तै आठलाख जति पाहुना घुम्न आएको देखिएको छ,’ उनले भने, ‘यो पटक आन्तरिक पाहुना पनि पर्याप्त आएका छन। अहिले पनि होटल भरिभराउ रहेका छन। अझै केहीदिनका लागि पाहुनाको बुकिङ राम्रो रहेको छ।’  

त्यस्तै पोखरामा पनि पाहुना आगमन निकै नै उत्साहजन भएको यहाँका व्यावसायीले बताएका छन। पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपि भट्टराईका अनुसार यो बेला  पोखरामा भित्रिएका पाहुनाको आकार निकै नै बढी रहेको छ। 

‘सानातिना सबै होटल यो बेला भरिभराउ छन। पाहुना आगमन उत्साहजनक रहेको छ,’ उनले भने, ‘आन्तरिक पाहुना पर्याप्त छन । यो बेला भारतीय पाहुनाको आगमन पनि उत्साहजनक रहेको छ।’
भट्टराईका अनुसार लेकसाइडमा चलिरहेको सडक महोत्सवका कारण पनि पोखरा पर्यटनमय बनेको छ। पोखरामा भएको गतिविधिको प्रभावले पोखरा आसपासका पर्यटकीय गाउँ पनि पर्यटनले भरिएको उनले बताए। ‘योपटक अघिल्ला वर्षको तुलनामा पाहुना आगमन निकै नै उच्च रह्यो। आन्तरिक र भारतीय पाहुना पर्याप्त भित्रिएका छन। यो बेला त सबैजसो होटलले पाहुना पाएका छन,’ उनले भने।  

व्यावसायीका अनुसार लेकसाइडका सबैजसो होटल भरिभराउ छन। मंगलबार मुख्य सडक लेकसाइड पाहुनामय थियो । पोखराभित्रका मात्र नभई आसपासका क्षेत्रका आन्तरिक पाहुना यो बेला पोखरा आएका छन। त्यस्तै काठमाडौं, बुटवल, चितवन लगायतका क्षेत्रका पाहुना पनि यो बेला पोखरा आएको उनले बताए।  

‘होटलको अकुपेन्सी पनि करिब ९० प्रतिशत छ। कतिपय चल्तीका होटल त शतप्रतिशत भरिभराउ भएका छन। पाहुना आगमनका कारण पर्यटन क्षेत्र चलायमान बनेको छ,’उनले भने, ‘अघिल्ला वर्ष न्यू इयर इभमा मात्र पाहुनाको भीड हुन्थ्यो। तर, अहिले भने सबैतिर पाहुना खचाखच रहेका छन।’
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस