खप्तड सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशन
२४ चैत्र २०७७
•
१ मिनेट पाठ
खप्तड सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिएका छन्। उक्त सडकको मुख्यमन्त्री भट्टले आज अनुगमन तथा निरीक्षण गर्दै तोकिएको समयावधिभित्र काम सक्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएका हुन्। मुख्यमन्त्री भट्टले भने, 'खप्तड सडक चाँडो पिच गरिए यहाँ पर्यटकलाई सहज हुने छ, कालोपत्रको काम चाँडै सक्नुस।'




अनुगमनकै क्रममा मुख्यमन्त्री भट्टले जिल्लामा सञ्चालनमा रहेका योजना तोकिएको समयमै नसक्नेलाई कारवाही गरिने समेत बताए। उनले भने, 'निर्माणको जिम्मा लिने तर समयमै काम नसक्नेलाई कारवाही हुन्छ, कारवाहीमा पर्नु भन्दा काम चाँडो सक्नुस्।' सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रलाई मध्यनजर गर्दै कालोपत्रसहित निर्माण भईरहेको उक्त सडक एक वर्ष अगाडि करीब ७८ करोडको लागतमा ठेक्का भई काम भइरहेको छ।

खप्तड यहाँको भू–स्वर्गको रुपमा परिचित क्षेत्र रही पर्यटकको प्रमुख रोजाइँको केन्द्र भए पनि खप्तड जाने बाटो नहुँदा पर्यटकीय सम्भावना ओझेलमा पर्दैआएको छ। खप्तड सडक कालोपत्रसहित निर्माण सम्पन्न भए यहाँ आउने पर्यटकलाई सहज हुनुका साथै आयआर्जनमा पनि सहज हुने खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताए। उनले भने, 'खप्तडका नाममा धेरै राजनीति भयो, अब विकास गर्नुपर्ने बेला आएको छ, सडक सुविधा मात्रै पुर्‍याउन सके यहाँ लाखौँ पर्यटक भित्र्याउन सकिने छ।' रासस
अर्को समाचार
७ बजे ७ प्रदेश: पूर्वमन्त्रीको निर्माण कम्पनीले गर्न सकेन सडक निर्माण
२५ भदौ २०८०
•
२ मिनेट पाठ
७ बजे ७ प्रदेश: पूर्वमन्त्रीको निर्माण कम्पनीले गर्न सकेन सडक निर्माण
सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी रहेको धनगढीका मुख्य बजार लगायतका सडकमा ओहोरदोहोर गर्न सर्वसधारणलाई सकस भएको छ। कालिका कन्ट्रक्सन प्राईभेट लिमिटेडले तीन पटक म्याद थप हुदाँ पनि काम सम्पन्न नगर्दा सडकयात्रु मर्कामा परेका हुन्।




पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बिक्रम पाण्डेको निर्माण कम्पनिले निर्माण गरिरहेको सडक समयमै निर्माण नहुँदा समान्य बर्षामा समेत सडक हिलाम्मे हुने गरेका छन् भने अघिपछि धुलाम्य हुने गर्छन्।

सडकमा भएका खाल्डाखुल्डीका कारण विद्युतीय रिक्सा लगायतका सवारीसाधनमा यात्रा गर्दा निकै समस्या हुने गरेको सर्वसधारणको गुनासो छ। ‘मुख्य बजारमै वर्षाले सडक हिलाम्य भएर मोटरसाईकलमा ओहोरदोहोर गर्दा पाईन्ट नै हिलो नै हिलो भयो, अघिपछि धुलोले हिड्न सकिन्न’, स्थानीय तुलाराम चौधरीले भने।

सडक भरी खाल्डैखाल्डाले रिक्सामा यात्रा गर्दा उफ्रिएर समस्या हुने गरेको सर्वसधारण बताउँछन्। ठेकेदारले समयमै काम नगरी मुख्य बजारकै काम अलपत्र पारेर सडकको बेहाल हुदाँ व्यापार व्यवसायमा पनि धेरै असर परेको व्यवसायीको गुनासो छ।

एसियाली विकास बैकंको सहुलियत कर्जामा क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढीमा १० दशमलव ६८ किलोमिटर सडक कालोपत्रे गर्न कालिका कन्स्ट्रक्सन प्रा.ली.ले ७६ करोड ९० लाख र ७६ हजार ५ सय ३६ लागतमा ठेक्का लिएको थियो।

सन २०२० जुलाई १२ मा सम्झौता गरेको उक्त कम्पनीले सम्झौता अनुसार सन २०२२ जुलाई ४ मा काम सम्पन्न गरिसक्नु पर्ने थियो। तर समयमा आधा काम पनि पुरा गरेन।

सम्झौता अनुसार काम सम्पन्न नगरेको निर्माण कम्पनीलाई जरिवाना हुनुपर्नेमा राजनीतिक र आर्थिक पहुँचका आधारमा सहजै म्याद थपियो। म्याद सकिएपछि तीन पटक म्याद थप गरिएको सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढीका इन्जिनियर सौरभ कलौनीले बताए। अगामी अक्टोबर ३१ गते तेस्रो पटक थप गरिएको म्याद अवधि पनि सकिन लागेको छ। तर काम भने उक्त समयावधि भित्र नसकिने निश्चित छ।

धनगढीको मुख्य बजार सडक लाइन चौराह देखि कैलाली नाला सम्मको १ हजार ३ सय ८० मिटर कालोपत्रे, नाली निर्माण लगायतको काम बाँकी रहेको इन्जिनियर कलौनीले बताए। यसै गरी धनगढीका ८ सडकमा गरेर १० दशमलव ६८ किलोमिटर मध्य ७ दशमलव ३ किलोमिटरमा कालोपत्रे लगायतको काम सम्पन्न भएको उनले बताए।

धनगढीलाई सुन्दर र नमुना बनाउने अभियान लिएका धनगढी उपमहानगरपालिका नगर प्रमुख पनि कालिका कन्स्ट्रक्सले गरेको काम प्रति असन्तुष्ट रहेका छन्।

थप समाचारका लागि तलको भिडियो हेर्नुहोस:

जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४७ सेकेन्ड अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
यो पनि पढौँ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस