सरकारलाई निहुराउने तयारी
२६ चैत्र २०७७
•
४ मिनेट पाठ
सरकारलाई निहुराउने तयारी
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको नेकपा माओवादी केन्द्रले सरकारलाई अप्ठेरोमा पार्ने तयारी भने गरेको छ। पार्टी छाडेर एमालेमा प्रवेश गरेका सांसदलाई कारबाही गरिएको सूचना माओवादी केन्द्रले संसद् सचिवालयमा दिएको छ।  

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले चुनौती दिइरहेका बेला माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका नेता र सांसदलाई कारबाही गरेको हो। माओवादी केन्द्रले एमाले प्रवेश गरेका आफ्ना चार सांसदलाई मंगलबार कारबाही गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रममन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद् सचिवालयलाई दिएका छन्। यी सबै प्रतिनिधिसभा सदस्य हुन्। 

माओवादी स्थायी कमिटी सदस्य एवं प्रमुख सचेतक देव गुरुङले उनीहरू एमाले प्रवेश गरेका कारण दल त्याग गरेको सूचना पठाएको बताए। ‘दल त्याग गरेपछि सोही सूचना संसद् सचिवालयमा पठाइएको हो’, उनले भने। माओवादीले दल त्यागसम्बन्धी सूचना संसद् सचिवालयमा दिएपछि सहरी विकासमन्त्री साहले एमालेको समेत भोट पाएर जितेका सांसदलाई दाहाल वा माओवादीले कारबाही गर्न नसक्ने प्रतिक्रिया दिएका छन्। 

‘चुनाव जित्न एमालेसँग एकता/सहकार्य गर्ने, तत्कालीन नेकपा अध्यक्ष हैसियतमा सर्वोच्च अदालतमा पुनरवलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख्नेले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित प्रतिनिधिसभा सदस्यमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै पनि नैतिकताले सुहाउँदैन’, मन्त्री साहले भने। यसअघि माओवादी अध्यक्ष दाहालले रामबहादुर थापालगायत नेताहरूलाई मन्त्री बनाएर आफूले गल्ती गरेको बताएका थिए। ओली नेतृत्वको  

सरकारविरुद्ध चाँडै अविश्वासको प्रस्ताव ल्याउने पनि उनले बताएका थिए। अविश्वास प्रस्ताव ल्याउन नसकेपछि केही दिनयता माओवादीले फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत् पार्टीमा फर्काएका कारण अल्पमतमा परेका ओली आफैंले विश्वासको मत लिनुपर्ने बताउँदै आएको छ। प्रधानमान्त्री ओलीले भने अविश्वासको प्रस्ताव ल्याए राजीनामा दिने बताएका छन्। प्रधानमन्त्री निकट सांसद गोकुल बाँस्कोटाले पनि अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन्। प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याए भैगो नि, अन्य पार्टीमा प्रवेश गरेका नेताहरूलाई कारबाही गरेर किन तर्साउने रु’ बाँस्कोटाले भने।  

माओवादीले पार्टी विधान उल्लंघन गरेको भन्दै एमालेमा पसेका नेता तथा सांसदलाई यसअघि पनि स्पष्टीकरण सोधेको थियो। माओवादीले एमालेमा प्रवेश गरेका रामबहादुर थापासहित २३ नेतालाई स्पष्टीकरण सोध्दै पार्टीमा फर्कन आग्रह गरेको भए पनि उनीहरू फर्केका छैनन्। ओलीले फागुन २८ गते केन्द्रीय कमिटी बैठक राखेर माओवादीबाट एमालेमा आएका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए। गृहमन्त्रीसमेत रहेका थापालाई भने ओलीले वाग्मती प्रदेशको इन्चार्जसमेत बनाएका छन्। त्यसपछि माओवादी केन्द्रले उनीहरूलाई स्पष्टीकरण सोध्ने र कारबाही प्रक्रिया अघि बढाएको हो।

पार्टीले संसद् सचिवालयमा दल त्याग गरेको सूचना पठाएपछि सांसद पदसमेत जान्छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार माओवादी संसदीय दलले एमालेमा गएर मन्त्री भएकाहरूलाई कारबाही गर्न थालेको हो। पार्टीले कारबाही गरेको पत्र निर्वाचन आयोग र संसद् सचिवालयमा पठाएपछि सांसद पद रिक्त हुने व्यवस्था छ। माओवादीले उनीहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढाएपछि ओलीले पनि पार्टीभित्र अनुशासनको कारबाही गर्ने बाटो खुलेको छ।  

एमालेभित्र माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले समानान्तर कमिटी बनाइरहेका छन्। ओलीले नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरिसकेका छन्। माओवादीले एमाले प्रवेश गरेका आफ्ना सांसदलाई दल त्याग गरेको सूचना संसद् सचिवालयमा दर्ता गराएपछि ओलीले पनि नेपाल समूहका केही सांसदलाई अनुशासन उल्लंघन गरेको आरोपमा कारबाही गरेको सूचना संसद् सचिवालयमा दिने र सांसद पदबाट हटाउन सक्ने सम्भावनासमेत बढेको छ।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा खारेज गरी त्यसमा एकीकृत एमाले र माओवादीलाई अलगअलग गराए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। समर्थन फिर्ता लिने तयारी भए पनि ओलीविरुद्धको गठबन्धन बनिनसकेको र जनता समाजवादी पार्टीले कसलाई समर्थन गर्ने निर्णय नगरिसकेको अवस्थामा फिर्ता लिन असहज भएको माओवादी नेता बताउँछन्। ‘अहिलेको अवस्थामा परिस्थिति परिपक्व भएको छैन परिस्थिति परिपक्व भएपछि अविश्वासको प्रस्ताव पनि आउनेछ, समर्थन पनि फिर्ता लिइनेछ,’ माओवादी स्थायी कमिटी सदस्य एवं सचेतक गुरुङले भने।
अर्को समाचार
बेपत्ताले पनि सहिदकै दर्जा पाउँछन्ः प्रचण्ड
१० भदौ २०८१
•
२ मिनेट पाठ
बेपत्ताले पनि सहिदकै दर्जा पाउँछन्ः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बेपत्ताले पनि सहिदकै दर्जा पाउने बताएका छन्।  नेकपा माओवादी केन्द्र निकट जनयुद्धका सहिद तथा बेपत्ताका परिवारसँग सोमबार पोखरामा भएको भेटका क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले बेपत्ताको छानविन गर्दा नभेटिएमा उनीहरुलाई सहिदको दर्जा दिईने बताए।  

संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) विधेयक पास भइसकेकाले अब आयोग बन्ने भन्दै उनले भने, ‘टिआरसी आयोग सहिदका लागि मात्र बन्ने होईन। बेपत्ताका लागि पनि हो। बेपत्ताको छानविन हुन्छ। छानविनमा भेटिएन भने सहिदकै सम्मान र सहिदकै परिपुरण पाउने हुन्छ।  

‘बेपत्ता भएका भेटियो भने त झन् राम्रो भईहाल्यो,’ उनले भने। उनले बेपत्ताको छानविनमा ढिलाई नहुने बताए। अब छिट्टै आयोग बन्ने भन्दै उनले भने, ‘त्यसपछि छिटोछिटो काम हुन्छ। बेपत्ताको छानविन हुन धेरै समय लाग्दैन।’

अध्यक्ष प्रचण्डले टिआरसी विधेयकले माओवादीलाई तनावबाट छुटकारा दिएको बताए। यो पास नभएसम्म कहाँ के हुने हो भन्ने चिन्ता र तनाव भएपनि अब यसले तनावबाट छुटकारा मिलेको उनको भनाई थियो।

‘विधेयकले पीडितलाई न्याय दिने बाटो खोलेको बताउँदै उनले भने, ‘अब टिआरसी टुंगिएपछि जनयुद्धका सहिदले पनि राष्ट्रिय सहिदको सम्मान पाउँछन्। त्यसपछि उनीहरुलाई सोहि अनुसारको व्यवहार हुन्छ।’  
अध्यक्ष प्रचण्डले जनयुद्धका सहिदले राष्ट्रिय सहिदको सम्मान नपाउँदा तनाव भइरहेपनि अब भने त्यो समस्या समाधान हुने उनको भनाई छ। ‘हाम्रा सहिद राष्ट्रिय सहिद घोषणा नभएर हामी सबैलाई तनाव थियो,’ उनले भने, ‘अरु सबै सहिद हुने, जनयुद्धका सहिद राष्ट्रिय सहिद नहुने, यसले तपाईं हामी सबैलाई टेन्सन थियो। त्योपनि यो पटक सरकारले सबैलाई राष्ट्रिय सहिद घोषणा मात्रै गरेको होईन, राजपत्रमै प्रकाशित गरियो र हाम्रा सबै सहिदहरु राष्ट्रिय सहिदको दर्जामा जानुभयो।’

सहिद तथा बेपत्ता परिवारले भने बेपत्तालाई पनि सहिदकै दर्जामा राखेर सम्मान दिनुपर्ने माग गरेका थिए। बेपत्ता भएको दशकौं बित्दासमेत संस्कार गर्न नपाएको भन्दै उनीहरुले भनेका थिए, ‘बेपत्ता भनियो तर अझै भेटिएको छैन। यसले गर्दा जातीय संस्कार अनुसार काम गर्नपनि पाइएन। त्यसैले बेपत्तालाईपनि सहिदकै दर्जामा राख्नुपर्छ भन्ने हाम्रो माग हो।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस