काठमाडौं– एमालेको भ्रातृ संगठन अनेरास्ववियुको नेतृत्व छनोटका लागि मध्य रातमा भएको चुनावको मत गणना आज दिनभर नहुने भएको छ। साँझ परेपछि मात्र मत गणना थाल्ने निर्वाचन समितिले तयारी गरेको छ।
नेतृत्व छनोटका लागि ५ दिनसम्म चलेको महाधिवेशनले गुटहरुलाई मिलाउन नसकेपछि सोमबार राति ११ बजेदेखि मंगलबार बिहान पाँच बजेसम्म मतदान भएको थियो। निर्वाचन टार्ने प्रयास भएको भन्दै महाधिवेशन प्रतिनिधिले नेतृत्वविरुद्ध नाराबाजी गरेपछि राति ११ बजेदेखि मतदान भएको हो।
'१४ सय ६५ मत खसेको छ,' निर्वाचन आयोगका सदस्य प्रवल शर्माले भने, 'साँझ ५ बजेदेखि पार्टी मुख्यालय बल्खुमा मतगणना गर्ने कार्यक्रम छ।' मत गणना हुनुअघि अध्यक्षमण्डल, निर्वाचन आयोग, अनेरास्ववियुक निवर्तमान पदाधिकारी तथा अध्यक्षका प्रत्याशीहरु राखेर छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
अध्यक्षक निवर्तमान उपाध्यक्ष लक्ष्मण लम्साल र महासचिव किशोरविक्रम मल्लबीच प्रतिस्पर्धा भएको छ। पदाधिकारी ११ जना, सचिवालयका सदस्य ३४ र ९० जना केन्द्रीय सदस्यीसहितका १ सय ३५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने छ ।