काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले संविधानसभा चुनावको प्रत्येक बुथमा ५० विद्यार्थी परिचालन गर्ने जनाएको छ । चुनाव सफल बनाउन देशभर ५० हजारभन्दा बढी विद्यार्थी नेविसंघको तयारी छ।बुथमा खटिने विद्यार्थीलाई कात्तिक ३ गते चुनावी रणनीति र कार्यनीतिबारे विशेष प्रशिक्षण दिने संघले जनाएको छ । अध्यक्ष रञ्जित कर्ण, विर्ख रावल, विवश बाइवा, जित शेरचन र विमलचन्द विष्टलगायत ६ जना प्रत्यक्षतर्फ र २२ जना समानुपातिकतर्फ उम्मेदवार बनाउन सिफारिस गरेको संघले युवा तथा विद्यार्थीलाई पनि उम्मेदवार बनाउन आग्रह गरेको छ ।
संघका पूर्वअध्यक्ष तथा पदाधिकारीबाट प्रत्यक्षतर्फ प्रदिप पौडेल तनहुँ–३, किशोरसिंह राठोर बर्दिया–४, गोविन्द भट्टराई तनहुँ–१, किरण पौडेल बाग्लुङ र उमेशजंग रायमाझी भोजपुरसहित ३५ जना सिफारिस भएका छन् । विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रतिमा गौतम, श्रीराम लामिछाने, अन्जन लामा, रोशनकुमार पौडेललगायत ५४ जना समानुपातिकको सिफारिसमा छन् ।
संघका अध्यक्ष कर्णले अघिल्लो संविधानसभामा युवाको प्रतिनिधित्व हुन नसकेको आरोप लगाउँदै संविधानसभालाई सफल बनाउन युवा विद्यार्थीलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।
'लोकतन्त्रका लागि आन्दोलनको अग्रमोर्चामा सधैं युवा–विद्यार्थी रहने हुन्,' अध्यक्ष कर्णले मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने, 'संविधानसभामा युवा विद्यार्थीको उचित प्रतिनिधित्व भएमात्रै संविधान निर्माण हुन्छ ।'