प्रदेश २ः माओवादी केन्द्रको संसदीय दलको नेतामा भरत साह
२९ चैत्र २०७७
•
१ मिनेट पाठ
प्रदेश २ः माओवादी केन्द्रको संसदीय दलको नेतामा भरत साह
प्रदेश २ मा नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेको छ। पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा भरत साहलाई चयन गरेको हो। यस्तै उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र सचेतकमा रुवि कर्ण चयन भएका छन्।




तत्कालीन नेकपा एमालेसँग एकीकरण हुनुअघि माओवादीको दलको नेतामा रामचन्द्र मण्डललाई चयन गरिएको थियो तर पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मण्डल प्रधानमन्त्री ओलीको खेमामा लाग्नुभएकाले अहिले भरत साहलाई दलका नेताका रुपमा चयन गरिएको प्रमुख सचेतकमा चुनिएका दिलीप साहले जानकारी दिए।

ओली समूहमा लागेका मण्डलसहित चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत पेरिसडाँडा बैठकले गरेको प्रमुख सचेतकमा चुनिएका साहले जानकारी दिए। मण्डलसहित कुन्दन साह, ज्वाला साह र मो। समीर अन्सारी ओली खेमामा लागेका छन्। उनीहरु चार जनालाई स्पष्टीकरण सोधिने र त्यसपछि प्रक्रिया पूरा गरी सांसदबाट हटाउने तयारीसमेत पार्टीले गरेको सचेतक साहले जनाए। प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन्। प्रदेशको पाँचौँ अधिवेशनको पहिलो बैठक चैत ३० गते सोमबार दिनको १ बजे आह्वान गरिएको छ। रासस
अर्को समाचार
माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्र आङ्वो चयन
१६ चैत्र २०७७
•
२ मिनेट पाठ
माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्र आङ्वो चयन
दलको नेतामा चयन भएपछि आङ्वोको नेतृत्वमा सोमबार विराटनगरमा बसेको माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको बैठक । तस्बिरः विनोद/नागरिक
माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्वो चयन भएका छन्। सोमबार विराटनगरमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले इन्द्रबहादुर आङ्वोलाई संसदीय दलको नेतामा चयन गरेको हो।  




माओवादी केन्द्रकी जेष्ठ सदस्य शौभाग्यवति राईको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको विधान पारित गरेको र दलको नेतामा आफूलाई चयन गरेको संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले जानकारी दिए। यस्तै सोमबार नै दलका नेता इन्द्रबहादुर आङ्वोको अध्यक्षतामा बसेको दोस्रो बैठकले संसदीय दलको उप नेतामा रामकुमार राई, प्रमुख सचेतक झलकबहादुर मगर र सचेतकमा शौभाग्यवति राईलाई चयन गरेको छ। यस्तै माओवादी केन्द्रका साविक संसदीय दलका नेता टंक आङ्बुहाङ्लाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको छ।  

आङ्वुहाङले दल छाडेको भन्ने जवाफ दिए वा कुनै जवाफ नदिएको खण्डमा संसदीय दलको सदस्यबाट हटाउने प्रकृया सुरू गर्ने आङ्वोले जानकारी दिए। यस्तै प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्तावका सम्बन्धमा नेकपा एमालेको माधव नेपाल पक्षसँग छलफल गरेर अघि बढ्ने आङ्वोले बताए। उनले प्रदेशसभामा अविश्वासको प्रस्ताव टुंगोमा नपुग्दै सरकारले मन्त्रिपरिषद्को पुनर्गठन गर्नु संसदीय मूल्य मान्यता र कानुनी राज्य विपरित भएको आङ्वोको दाबी छ। उनले भने ‘प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्ताव कानुनी रुपमा टुंगोमा नपुग्दै मन्त्रिपरिषद् विस्तार गर्नु संसदीय व्यवस्था र मूल्य मान्यता विपरित हो।’  

दलको नेतामा चयन भएका आङ्वो प्रदेश १ को पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुन्। प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि आङ्वोले पदबाट राजीनामा दिएर सरकारविरुद्ध आन्दोलनमा उत्रिएका थिए। यता सर्वोच्च अदालतको आदेशपछि माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता टंक आङ्बुहाङ माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका थिए। उनी पछिल्लो पटक मुख्य मन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेपछि प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन्।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस