प्रतिनिधिसभा बैठकमा रोजगारीदेखि एमसिसीसम्मका विषय
३० चैत्र २०७७
•
२ मिनेट पाठ
प्रतिनिधिसभा बैठकमा रोजगारीदेखि एमसिसीसम्मका विषय
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले कोभिड–१९ का कारण मुलुकको रोजगारी क्षेत्रमा परेको असरलाई कम गर्न काम गर्नुपर्ने, मिलेनियम च्यालेन्ज को–ओपरेसन (एमसिसी) लाई संसद्मा बहसमा ल्याउनपर्नेलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।




आजको बैठकको शून्य समयमा बोल्दै सांसद खगराज अधिकारीले एमसिसी कहिलेसम्म संसद्मा विचाराधीन अवस्थामा रहने भन्दै तुरुन्त संसद्मा बहसको विषय बनाउन माग गरे। सांसद गगनकुमार थापाले कोभिड–१९ का कारण वैदेशिक तथा मुलुकको उद्योग क्षेत्रमा धेरैले रोजगारी गुमाएको भए पनि पुनःस्थापनाका बारेमा सरकारले प्रभावकारी काम गर्न नसेकेको आरोप लगाए।  

सांसद अञ्जना विशङ्खे राज्य लोककल्याणकारी बनाउन राज्यका निकायलाई स्वायत्त रुपमा काम गर्न दिनुपर्ने बताइन्। अर्का सांसद अनिलकुमार झाले सामाजिक सुरक्षा भत्तालाई सहज र सुलभ बनाउन समस्याका रुपमा रहेको नवीकरणको व्यवस्थालाई सहजीकरण गनुपर्नेमा जोड दिए।

सांसद उमा रेग्मीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता पाँच हजार बनाइदिने आश्वासन दिने सरकारले त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न माग गरिन्। सांसद कृष्णबहादुर राईले अधिकार सम्पन्न एकीकृत वाग्मती समितिको प्रमुखमा धेरै व्यक्ति परिवर्तन भए पनि उद्देश्यअनुसार काम हुन नसकेको बताए।  

सांसद खेमप्रसाद लोहनीले वर्तमान सरकारले विकास निर्माणमा तीव्ररुपमा काम गरिरहेको भन्दै सरकारलाई धन्यवाद दिए। सांसद गङ्गा चौधरी सत्गौवाले राष्ट्र निर्माणका लागि सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखिन्। सांसद घनश्याम खतिवडाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने तर सरकारको राजीनामा माग्ने कुरा उचित नभएको बताए।

सांसद चाँदतारा कुमारीले प्रतिनिधिसभा पुनः विघटन हुने आंशकाले सांसदहरु नै हतोत्साही अवस्थामा रहेको धारणा व्यक्त गरिन्। अर्का सांसद छक्कबहादुर लामाले सडक सञ्जालले नछाेएको एकमात्र जिल्ला हुम्लामा भोकमरी हुन नदिन हवाई माध्यमद्वारा खाद्यान्न ढुवानी बढाउन सरकारसँग माग गरे।
अर्को समाचार
संसदमा जुहारी : विधेयक पास नगरी अधिवेशन सकिने संकेत
२९ चैत्र २०८०
•
४ मिनेट पाठ
संसदमा जुहारी : विधेयक पास नगरी अधिवेशन सकिने संकेत
प्रतिनिधिसभा बैठक बुधबार कार्यसूचीमा प्रवेश नगरी तीन दिनपछि बस्ने गरी स्थगित भएको छ। बैठकमा छुट्याइएको आकस्मिक समयमा दलका प्रतिनिधिले आआफ्ना भनाइ राखेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधका कारण अन्य कारबाही अघि बढ्न सकेन।




आकस्मिक समयपछि सभामुख देवराज घिमिरेले शून्य समय सुरु भएको जानकारी गराउना साथ कांग्रेसका सांसदले उठेर विरोध गरेपछि बैठक कार्यसूचीमा प्रवेश नगरी वैशाख २ गतेसम्मका लागि स्थगित भएको हो।

सभामुखले बस्न आग्रह गर्दा पनि कांग्रेसका सांसदले सहकारीको रकम ठगीको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै उभिइरहे। त्यसपछि सभामुखले बैठक चल्न नसक्ने भन्दै स्थगित गरेका हुन्।

सरकारले सहकारीको विषयमा संसदीय छानबिन समिति गठन गर्ने अवस्था देखिएको छैन। कांग्रेसले संसदीय छानबिन समिति गठन गरेपछि मात्रै कार्यसूचीमा प्रवेश गर्न दिने अडान लिएको छ।

दुवैका अडान कायम रहे संसद्का काम अधुरै राखेर अधिवेशन अन्त्य हुने खतरा देखिएको संसद् सचिवालय स्रोतले बतायो। ‘सभामुखले जबरजस्ती बैठक सञ्चालन गरे प्रतिपक्षी दलले उग्र रूपमा प्रस्तुत हुने संकेत दिएको छ। त्यसैले अब संसद्का काम अघि बढ्ने अवस्था देखिँदैन,’ सचिवालयका एक अधिकारीले भने।

संसद् अवरुद्ध हुनुअघि बोल्ने क्रममा सहकारीमा बचतकर्ताको करोडौं रूपैयाँ अपचलन भएको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै सत्तापक्ष र समिति गठन गर्न नसकिने भन्दै प्रतिपक्ष भनाभनमा उत्रिएका थिए। 

प्रमुख प्रतिपक्षी कांग्रेस गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायतले गरेको रकम हिनामिनाको छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने अडानमा छ। सत्तापक्षका सांसदले सहकारीको समस्या समाधान गर्न राष्ट्रिय बहस हुनुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गृहमन्त्री भएपछि उनीमाथिको प्रहरी अनुसन्धान रोकिएको आशंका कांग्रेसको छ। काठमाडौंबाट सिआइबीले दुईजना प्रहरी प्रदीप क्षेत्री र रवि घिमिरेलाई पोखरामा छानबिन गर्न पठाई लामिछाने सहकारी ठगीमा संलग्न भएनभएको रिपोर्ट तयार गर्न लगाएको थियो।

सोही समयमा सत्ता समीकरण परिवर्तन भएपछि छानबिन प्रभावित पारिएको कांग्रेस सांसद रामहरि खतिवडाले बताए। उनले लामिछाने गृहमन्त्री भएपछि सहकारीपीडित झन् समस्यामा परेको बताए। आफूहरूले निष्पक्ष छानबिन आयोग बनाउन वा संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको तर सरकारले नसुनेको उनको भनाइ थियो। 

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्लाई सम्बोधन गर्दा गृहमन्त्री लामिछाने निर्दोष भएको बताएका थिए। छानबिन नगरी अरोपितलाई निर्दोष करार गर्ने अधिकारी प्रधानमन्त्रीलाई नभएको खतिवडाले बताए।  

एमाले सांसद सूर्यबहादुर थापाले कांग्रेसले संसद्मा सहकारीको छानबिन समिति गठन गर्ने भनी उठाएको विषय सहकारीपीडितको हितका लागि भन्दा पनि सत्ता गठबन्धमा भ्वाङ पार्ने उद्देश्यले प्रेरित भएको बताए।

सूर्यदर्शन सहकारीबारे कास्की जिल्ला अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने थाहा हुँदाहुँदै पनि त्यो विषय मात्र उठाएकाले कांग्रेसको नियतमा शंका उब्जिएको उनको भनाइ थियो।

‘सहकारीको विषय आज घरघरको, समाजको, राष्ट्रको बहस बनेको छ। हामी यसमा बहस केन्द्रित होस् भन्ने चाहन्छौं तर व्यक्तिकेन्द्रितमा बहर भइरहेको छ,’ उनले भने, ‘संसद्मा सहकारीको विषय कुनै निष्कर्षमा पु¥याउने काम भएको छैन।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले प्रतिपक्षी दलले व्यक्तिमाथि प्रहार गरी कुण्ठाको राजनीतिक गरिरहेको अरोप लगाए। उनले संसद्को नियमावलीमा पनि एकै व्यक्तिमाथि पटक–पटक निराधार आरोप लगाउन नमिल्ने उल्लेख भएको बताए।

गृहमन्त्री लामिछानेको विषयमा सुरक्षा निकायले आफ्नो राय दिइसकेको र प्रधानमन्त्रीले पनि संसद्लाई जानकारी दिइसकेको विषयमा प्रतिपक्षीले पटकपटक कुरा उठाएर संसद्लाई बन्धक बनाउन खोेजेको उनले बताए। उनले दर्ता नभएको जाहेरीलाई मुद्दा बनाएर गृहमन्त्री एव रास्वपा सभापति लामिछानेविरुद्ध केही पत्रकारलाई लेख्न लगाइएको सूचना प्राप्त भएको बताए।

‘त्यसमा प्रश्न छ, निष्कर्ष छैन। कानुनी र प्रक्रियागत रूपमा जाऔं। कति कुण्ठा पालेर बस्नुहुन्छ। यस्तो राजनीति नगरौं,’ उनले भने। उनले २०४७ सालपछिका सबै फाइल खोल्न आग्रह गरे। ‘सबैको फाइल खोलौं, मेरै सभापतिको पनि खोलौं,’ उनले भने।

राप्रपा र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सांसदले पनि सहकारीको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्। आकस्मिक समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही र नेकपा एसका राजेन्द्र पाण्डेले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन माग गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले सहकारी ठगलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। उनले २०४७ सालपछिका सबै नेताको मात्र नभई कर्मचारीहरूको पनि सम्पत्ति छानबिन गर्न माग गरे।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस