काठमाडौं- नेपाल सद्भावना पार्टीका अध्यक्ष सरिता गिरीले युवा शक्तिलाई राष्ट्रिय राजनीतिमा ल्याउन निर्वाचनमा उनीहरुको सहभागितामूलक प्रतिनिधित्व गराउनुपर्ने बताएकी छन्। पार्टीले आज आयोजना गरेको अन्तर्क्रियामा अध्यक्ष गिरीले आफ्नो पार्टीले निर्माण गर्न लागेको घोषणापत्रमा युवा समुदायका विभिन्न समस्यालाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरिन्।उनले युवा तथा विद्यार्थी समुदायका विभिन्न चुनौतीलाई राजनीतिक दलले साझा एजेन्डा बनाएर सही समाधान खोज्न जरुरी रहेको भन्दै मुलुकको विकास निर्माणमा उनीहरुलाई सकारात्मक ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिइन्। पार्टीका महासचिव जगदीश अधिकारीले रोजगारीको खोजीका सिलसिलामा ठूलो युवाशक्ति पलायन भइरहेको अहिलेको अवस्थामा मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्नसक्नुपर्ने बताए।
युवा मञ्च काठमाडौँ जिल्ला अध्यक्ष विनोदकुमार अग्रवालले युवा तथा विद्यार्थी वर्गलाई दलहरुले आफ्नो स्वार्थ सिद्धका लागि प्रयोग गर्न नहुने बताए। सोही कार्यक्रममा कपिलदेव यादवको अध्यक्षतामा ५१ सदस्यीय नेपाल विद्यार्थी मञ्चको गठन गरिएको छ। रासस