एमालेमा एकता ‘असम्भव’
०१ वैशाख २०७८
•
५ मिनेट पाठ
एमालेमा एकता ‘असम्भव’
एमाले संस्थापन पक्षलाई चुनौती दिँदै समानान्तर समिति गठन गरिरहेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहसँग एकताको सम्भावना करिबकरिब सकिएको अध्यक्ष केपी ओली पक्षले जनाएको छ। पार्टीभित्र आन्तरिक संघर्षमा जुटेको खनाल–नेपाल पक्षका पछिल्ला अभिव्यक्ति र गतिविधिले गर्दा एकता कायम राख्नुको औचित्य नभएको र त्यसको सम्भावना पनि टरेको निष्कर्ष ओली समूहले निकालेको छ।

‘माधव नेपालले पछिल्लो समयमा जुन अभिव्यक्ति दिनुभएको छ, त्यसले पार्टी एकता कायम रहन्छ भन्ने सोच्न पनि सकिन्न, उहाँकै कारण हजारौं नेता कार्यकर्ताको राजनीतिक भविष्य अन्योलमा पर्दैछ’, ओली पक्षका एक प्रभावशाली नेताले भने। उनका अनुसार पार्टी एकताको पक्षमा धेरै काम गरिए पनि नेपाल पक्षका नेताले पछिल्ला दिनमा जेजस्ता गतिविधि गरेका छन्, त्यो बिल्कुलै पार्टी हितविपरित भएकाले अध्यक्ष ओलीले आन्तरिक छलफलमा सहकार्य असम्भव जस्तै रहेको बताउन थालेका छन्। यसबाट एमाले मिलाउनुपर्छ भनेर लागेका दुवै पक्षका सम्पर्क सूत्र पनि निराश भएका छन्। ‘

'माधव नेपाल र केपी शर्मा ओली मिलेमा कम्युनिस्ट आन्दोलनले एउटा उचाइ लिन्छ, त्यसका लागि पहिलो चरणमा एमाले एकताबद्ध हुनु आवश्यक छ’, बालुबाटार र कोटेश्वरबीच सम्पर्क सूत्रको काम गरिरहेका एक नेताले भने। एकताका लागि गरिएका कोसिस असफल हुँदै गएपछि दुवैतिरका सम्पर्क सूत्र दुईतीन दिनयता निराश देखिएका छन्। नेपाल पक्षले समानान्तर कमिटी बनाउन थालेपछि उनी पक्षका र ओली पक्षका अत्यन्त विश्वासपात्रको रूपमा रहेका नेताहरूले दुवैतिर सम्पर्क सूत्रको काम गर्दै आएका थिए।  

एमालेभित्रको विवाद विदेशमा रहेका पार्टी कमिटीमा पनि देखिएको छ। खनाल–नेपाल समूहले मुलुकभित्र मात्र नभई विभिन्न १३ देशमा समानान्तर कमिटी घोषणा गरेको छ। यो समूहले मुलुकका ६७ जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको छ। खनाल–नेपाल समूहले पार्टी संस्थापन पक्षलाई चुनौती दिन थालेपछि अध्यक्ष ओली पक्ष पनि आक्रामक बन्दै गएको छ। एमाले वरिष्ठ नेता नेपालले मंगलबार भर्चुअल कार्यक्रममार्फत विभिन्न १३ मुलुकमा समानान्तर समिति घोषणा गरेका हुन्। तराई–मधेसमा समेत नेपाल स्वयंले संगठन निर्माण गर्दै जिल्ला कमिटी घोषणा गरिरहेका छन्। 

‘नेपाल पक्ष पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारविरुद्ध पनि देखिएको छ। नेपाल पक्षले आफ्नै पार्टीको सरकारविरुद्ध अविश्वासको प्रस्ताव आए पक्षमा मतदान गर्ने वा फ्लोर क्रस गर्नेजस्ता अभिव्यक्ति दिँदै आएको छ। यसले पार्टी एकतालाई बचाउँछ कि फुटाउँछ’, ओली पक्षका ती नेताले भने।  

सरकारमा समेत सहभागी रहेका ती नेताले धेरैपटक पार्टी एकताको पक्षमा दोस्रो तहका साथीहरूसँग छलफलमा रहेको तर नेता नेपालको गतिविधिबाट उत्साह सेलाएको बताए। सम्पर्क सूत्रका रूपमा काम गरिरहेका नेताहरू पनि नेपालसामु निरीह रहेको ओली पक्षका ती नेताले बताए। ‘मसहितका केही साथीले मिलाउन सकिन्छ कि भनेर धेरै प्रयास गरेका थियौं तर खास परिस्थिति अनुकूल हुन सकेन। अब भने एकता गर्नुभन्दा फरक पार्टीमा रहे जाती हुने देखियो’, ती नेताले भने।

ओलीले नेपाल पक्षका नेताहरूलाई थप कारबाही गर्ने संकेत गरिसकेका छन्। उनले आफूलाई हटाउन प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिँदै आएका छन्। ओलीले आफ्नो पक्षका नेताहरूलाई नेपाल समूहले कारबाही गरेपछि कारबाही गर्न आफूलाई पनि आउने बताएर थप कारबाहीको संकेत दिएका हुन्। नेपाल पक्षले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै निष्कासन गरेको छ। यसबाट झनै आक्रोशित ओली नेपाल पक्षका नेताहरूलाई थप कारबाही गर्ने सोचमा पुगेका हुन्।

नेपाल पक्षले वडा तहसम्म समानान्तर कमिटी गठन गरेर एमालेको ठूलो पंक्तिलाई आफ्नो पक्षमा संगठित गरिरहेको छ। नेपाल पक्षले संगठित गरिरहेको पंक्ति पार्टी फुटाउनकै लागि भएको र त्यसबाट बनेको नयाँ दल अन्ततः माओवादीमा गएर मिल्ने सम्भावना देखिएको भन्दै ओली पक्षले अब एकता असम्भव जस्तै भएको निष्कर्ष निकालेको हो। ‘
ओलीले समानान्तर कमिटी निर्माण गरेर हिँडिरहेका नेपाल पक्षका नेताहरूलाई कारबाहीबारे थप निर्णय लिन वैशाख ६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन्। ‘वैशाख ६ गतेको बैठकपछि थप निर्णयहरू आउनेछन्। उहाँहरूले पार्टी हितविपरीत कार्य गर्न थाल्नुभएको धेरै भयो’, ओली पक्षका नेताको भनाइ छ। नेपाल पक्षले भने ओलीले आफूहरूलाई निषेध गरेपछि मात्रै समानान्तर कमिटी बनाएर जानुपर्ने बाध्यता आइलागेको बताउँदै आएको छ।

नेपाल पक्षले वडा तहसम्म समानान्तर कमिटी गठन गरेर एमालेको ठूलो पंक्तिलाई आफ्नो पक्षमा संगठित गरिरहेको छ। नेपाल पक्षले संगठित गरिरहेको पंक्ति पार्टी फुटाउनकै लागि भएको र त्यसबाट बनेको नयाँ दल अन्ततः माओवादीमा गएर मिल्ने सम्भावना देखिएको भन्दै ओली पक्षले अब एकता असम्भव जस्तै भएको निष्कर्ष निकालेको हो। ‘उहाँहरूले जेजस्ता गतिविधि गर्दै हुनुहुन्छ, त्यो भनेको अन्ततः माओवादीकै पोल्टामा पुग्नका लागि हो। 

त्यसकारण अब एकै ठाउँमा बस्नु भनेको पार्टीको क्षयीकरणमात्रै हो’, ओली निकट अर्का नेताले भने। ती नेताका अनुसार पछिल्ला दिनमा दुवै पक्षका सम्पर्क सूत्रबाट एकताका लागि पहल भएको थियो र तर त्यो पहल दुवै शीर्ष नेताले दिने गरेका अभिव्यक्तिकै कारण बिथोलिएको छ। खासगरी नेपाल पक्षका नेताहरूले ओली दक्षिणपन्थीको सहयोगी भएको आरोप लगाउँदै आएका छन्। ओलीले कम्युनिस्ट सरकार ढालेर अन्य दललाई सरकार बुझाउन चाहनेहरू नक्कली कम्युनिस्ट भएको बताउँदै आएका छन्। ‘दुवै नेता (ओली र नेपाल) का अभिव्यक्ति निकै असन्तुलित छन्। यस्ता अभिव्यक्तिले पनि एकै ठाउँमा बस्न सकिँदैन भन्ने संकेत गरिरहेका छन्’, ती नेताको दाबी छ।  

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादीको एकता खारेज गरी पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन नेकपाभित्रको विवाद एमालेमा सरेको छ। एमाले अध्यक्ष ओलीले फागुन २८ गते आफू पक्षीय नेताहरू मात्र बोलाएर विधान संशोधन तथा नेपाल पक्षीय नेताहरूको जिम्मेवारी खोसेपछि विवाद चुलिँदै गएको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस