काठमाडौं– परराष्ट्र मन्त्रालयले नेपाली कामदारको विषयलाई लिएर कतार सरकारलाई ध्यानाकर्षण गराएको छ । परराष्ट्रले नेपालका लागि कतारका राजदूत अहमद जसिम मोहम्मद अलि अल–हमरलाई बुधबार मन्त्रालयमा बोलाई कामदारको दयनीय अवस्थाबारे ध्यानाकर्षण गराएको हो । मन्त्रालयका अनुसार निमित्त परराष्ट्र सचिव अम्बिका लुइँटेलले राजदूतसँग बेलायती दैनिक पत्रिका ‘द गार्जियन’ ले नेपाली कामदारका सम्बन्धमा प्रकाशित गरेको विषयमा छलफल गरेकी थिइन् । पत्रिकाले नेपाली कामदारको श्रम शोषण गरी कतारले सन् २०२२ मा विश्वकप फुटबल आयोजनाका लागि पूर्वाधार निर्माण गरिरहेको उल्लेख गरेको थियो ।
छलफलमा लुइँटेलले कामदारसँग भएको सहमतिपत्रअनुसार व्यवहार गर्न राजदूतलाई ध्यानाकर्षण गराएकी थिइन् । जवाफमा राजदूत हमरले नेपाली कामदारको अवस्थाबारेमा कतार सरकार गम्भीर रहेको जनाएका थिए । उनले नेपाली कामदारको अवस्थालाई सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने समेत प्रतिबद्धता जनाएका थिए ।
यस्तै, दोहास्थित नेपाली दूतावासका उपनियोग प्रमुख गणेशप्रसाद ढकालले कतारको परराष्ट्र मन्त्रालय गएर नेपाली कामदारले भोग्दै आएका समस्याबारेमा छलफल गरेको परराष्ट्रले जनाएको छ । कामदारका समस्या समाधान गर्न आवश्यक कदम चाल्ने आश्वासन कतारले दिएको परराष्ट्रद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारले छिट्टै खाडी राष्ट्रमा रहेका कामदारको समस्या बुझ्न उच्च टोली त्यसतर्फ पठाउने तयारी गरेको विज्ञप्तिमा उल्लेख छ । टोलीले नेपाली कामदार तथा अन्य विदेशी कामदार, सरोकारवाला संघसंस्था र सरकारी पदाधिकारीसँग भेटेर सरकारलाई प्रतिवेदन बुझाउनेछ । वैदेशिक रोजगार विभागका अनुसार कतारमा ५ लाखभन्दा बढी नेपाली कार्यरत छन् ।