एक महिना अघि बुटवलबाट हराएका एक जना युवा व्यवसायीको शव बाग्लुङ जिल्लामा गाडीएको अवस्थामा फेला परेको छ । नवलपरासीको देवचुली नगरपालिका ३ केरबानीका ३२ बर्षीय नारायण बस्यालको शव बाग्लुङको ढोरपाटन नगरपालिका २ रिनाममा गाडीएको अवस्थामा फेला परेको हो ।
बस्यालको बुटवलमै हत्या गरी शब बाग्लुङ लगेर गाडीएको अनुशन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक प्रतीतसिंह राठौरले बताए । बुटवलमा हत्या गरी शव सुटकेशमा राखेर बसको टिक्कीमा बाग्लुङ पुरयाइएको डिएसपि राठौरले बताए । शव सहितको सुटकेस बस चाढाएर बाग्लुङ पुराइएको र रिनाम बेसीकै कुलोको मुहान नजिकै गाडीएको अवस्थामा फेला परेको हो’ डिएसपि राठौरले भने । शवबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले थाहा पाएर बाग्लुङ प्रहरीलाइ खबर गरेका थिए । बाग्लुङ प्रहरीले देशभर यो खबर सर्कुलेट गरेपछि इकाका प्रहरी कार्यालयले बस्याल हराएको हुलीया सहितको जानकारी बाग्लुङ प्रहरीलाइ पठाएको थियो । गाडीएको शव बैशाख १ गते प्रहरीले झिकेर अनुशन्धान थालेको हो । भित्री कपडामा भेटिएका कागजात र परिवारको सनाखतबाट शव बस्यालको भएको पत्ता लागेको डिएसपि राठौरले बताए ।
बुटवलको ट्राफिक चोकमा सियोर जब डटकम नामको जवलिंक संचालन गर्दै आएका बस्याल चैत ४ गते बुटवलबाटै सम्पर्क बिहिन भएका थिए । चैत ५ गते उनका दाजुले प्रहरीमा उजुरी दिएका थिए । बस्यालको हत्या आरोपमा प्रहरीले बिहिबार एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवलमा क्यान्टिन व्यवसाय गर्ने मित्रलाल खनाल छन । हत्यामा संलग्नको आशंकामा प्रहरीले मित्रलालका दाजु गौरीशंकर खनालको पनि खोजी तिब्र पारेको छ । घटना बाहिरीए लगत्तै गौरीशंकर फारर छन । ढोरपाटन २ रिनाम स्थाइ घर भइ बुटवलमा बस्दै आएका खनाल दाजुभाइले बुटवलकै कालिका स्कुल र सिद्धार्थ कलेजमा क्यान्टिन संचालन गर्दै आएका थिए । पक्राउ परेका मित्रलालले आर्थिक लेनदेनका कारण हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
आर्थिक लेनदेनका कारण हत्या गरेको अभियुक्तले स्वीकार गरेपनि एक्लैले हत्या गरी शव बाग्लुङ पुर्याउ सम्भव नभएकाले अन्य व्यक्तिहरु समेत शंकाको घेरामा रहेको प्रहरीले जनाएको छ । ‘हत्यामा अन्य व्यक्ति या पेशेवर हत्याराको पनि संलग्नता हुन सक्ने देखिएको छ । अनुशन्धान जारी छ’ डिएसपि राठौरले भने । साझेदारीमा व्यवसाय गर्ने भन्दै खनाल दाजुभाइले बस्यालसंग आर्थिक लेनदेन गरेको प्रहरी अनुशन्धानबाट खुलेको छ । हत्या गरीएका बस्याल केही बर्ष जापान बसेर फर्केपछि बुटवलमा आफनै व्यवसाय संचालन गरेका थिए । उनकी श्रीमती करिब दुइ महिनाकी सुत्केरी छन ।