जसपामा सांसदको गणना सुरु
०५ वैशाख २०७८
•
३ मिनेट पाठ
जसपामा सांसदको गणना सुरु
जनता समाजवादी पार्टी (जसपा) मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्तासाझेदारी गर्ने कि अन्य दलसँग भन्ने विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षबाट पार्टीका सांसद को कता लाग्छन् भन्ने गणना सुरु भएको छ। संघीय प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । जसमध्ये दुई सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित छन्। 




बाँकी ३२ सांसदमध्ये पूर्वराष्ट्रिय जनता पार्टीबाट निर्वाचित १६ र पूर्वसमाजवादी पार्टीबाट निर्वाचित १६ जना छन्। गत वर्ष यी दुई पार्टी मिलेर जसपा बनेको हो । जसपाभित्रको दुई लाइन विवादमा पूर्वराजपा खेमाका केही सांसदले पूर्वसमाजवादीका अध्यक्ष उपेन्द्र यादव र पूर्वसमाजवादीका केही सांसदले पूर्वराजपाका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई साथ दिएका छन्।

जसपामा यादव र ठाकुर दुवै अध्यक्ष छन्। ओलीसँग मिल्नुपर्छ भन्ने लाइनको नेतृत्व ठाकुरले र कुनै पनि अवस्थामा ओलीसँग मिल्नु हुँदैन भन्ने समूहको नेतृत्व यादवले गरेका छन्। पूर्वराजपा अध्यक्षमण्डलका ६ जनामध्ये महेन्द्र यादवले मात्र उपेन्द्रलाई साथ दिएका छन् । यसैगरी उपेन्द्रलाई जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, नेताहरू राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रामबावु यादव, लिला सिटौलालगायतले साथ दिएका छन्। पार्टीका नेता सूर्यनारायण यादव र सुरेन्द्र यादव एक ठाउँमा छन्। 

सुरेन्द्र संघीय परिषद् अध्यक्ष भट्टराइसँग निकट मानिन्छन् । पार्टीभित्र रेणु यादव, इस्तियाक राई र प्रदीप यादवको छुट्टै गुट छ। उनीहरू पूर्वसमाजवादीका भए पनि उपेन्द्रको पक्षमा खुलेका छैनन्। राईले आफू न उपेन्द्र पक्ष न महन्थ पक्षधर भएको बताए। ‘म न महन्थ ठाकुर पक्षको हुँ, न उपेन्द्र यादव पक्षको हुँ। पार्टी सामूहिक नेतृत्वमा चल्नुपर्छ भन्ने लाइनमा म छु’, राईले भने, ‘जसपा कुनै व्यक्ति विशेषको पार्टी होइन । पार्टी बनाउन सबैको योगदान उत्तिकै छ।’  

पूर्वसमाजवादी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरैया, रुहीनाज र विमल श्रीवास्तवले पार्टीका माग पूरा गरे ओलीसँग मिल्न सकिने धारणा राख्दै आएका छन्। ‘यो भनेको घुमाउरो भाषाबाट महन्थलाई समर्थन हो’, पूर्वराजपाका एक नेताले भने। पूर्वसमाजवादीका समानुपातिक सांसद रेनुका गुरुङ पार्टी नेता अशोक राईसँग निकट मानिन्छिन्। गत वर्ष तत्कालीन समाजवादी पार्टी फुटाउन खोजेका रेणु यादव, विमल श्रीवास्तव, प्रदीप यादव, इस्तियाक राई ओलीसँग निकट रहेको एक नेताले बताए।  

पूर्वराजपाका १६ सांसदमध्ये १५ जनाले ठाकुरलाई साथ दिएका छन्। ओली सरकारले जसपाका माग पूरा गरे सत्तासाझेदारी गर्न सकिने पूर्वराजपाका खेमाका सांसदले सार्वजनिक रूपमा बताउँदै आएका छन्। सांसद नरमाया ढकालले आफू ठाकुरको पक्षमा रहेको खुलेरै बताइन् । ‘पार्टीभित्र देखिएका दुुई धारमध्ये म ठाकुरजीको पक्षमा उभिएकी छु’, ढकालले भनिन्।  

स्रोतका अनुसार पार्टीभित्र दुई लाइन विवाद यसरी बढ्दै गएको छ कि पूर्वराजपाका नेताहरू उनीहरूको पुरानो पार्टी कार्यालय बबरमहल र पूर्वसमाजवादीका नेता तथा कार्यकर्ता पुरानै कार्यालय बालकुमारी जाने गरेका छन्। ठाकुर धेरैजसो बबरमहलमै जाने गर्छन्। ठाकुर पार्टी शीर्ष तहको बैठकबाहेक अन्य अवस्थामा बालकुमारीमा नजाने पूर्वराजपाका एक नेताले बताए। प्रधानमन्त्रीसँग छलफल गर्नु परे भट्टराई र उपेन्द्र बालुवाटार जाँदैनन्। उनीहरू नेपाली कांग्रेस र माओवादी केन्द्रसँगको छलफलमा जान्छन्। प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्छ भन्ने लाइनमा भट्टराई र उपेन्द्र छन्। ठाकुरले भने आफू ओली सरकारको विरोधमा नभएको बताइसकेका छन्। प्रधानमन्त्रीसँग छलफल गर्नु परेमा ठाकुर र राजेन्द्र महतो बालुवाटार जान्छन्।  
अर्को समाचार
जसपाका दुवै पक्षलाई आयोगले बोलायो
१७ असार २०७८
•
२ मिनेट पाठ
जसपाका दुवै पक्षलाई आयोगले बोलायो
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षलाई छलफलमा बोलाएको छ। राजपाका अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकता दाबी गरेपछि आयोगले उनीसहित अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई आगामी मंगलबार छलफलमा बोलाएको हो।




आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाको आधिकारिकता विषयमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आयोगमा दाबी परेकाले दुवै पक्षलाई असार २२ गते बोलाइएको बबताए। ‘ऐनको दफा ४४ को उपदफा ४ बमोजिम हामीले विवादका पक्षलाई सहमति बमोजिम विवाद निरूपण गर्ने प्रयोजनका लागि बोलाएका छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘पक्षहरूबीच विवाद निरूपण गर्न सहमत भएमा आयोगले सहमति बमोजिम निरूपण गर्नेछ, नभएमा आयोगले विवाद सुनुवाइका लागि इजलास गठन गर्नेछ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने नगर्ने विषयमा जसपाभित्र बढेको विवादमा जेठ १८ गते अध्यक्ष यादवले ठाकुर सहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई दलबाट निस्कासन गरी दर्ता किताबमा विवरण अद्यावधिक गराउन आयोगलाई पत्र लेखेका थिए। सोही दिन अर्का अध्यक्ष ठाकुरले पनि अध्यक्ष यादवलाई हटाइएको भन्दै दर्ता किताबमा अभिलेखीकरणका लागि आयोगमा पत्र लेखेका थिए।  

आयोगले गत जेठ ३० गते दुवै पक्षको कारबाही विधानसम्मत नभएको भन्दै अभिलेखीकरणका लागि अस्वीकार गरेपछि यादव पक्षले आधिकारिकता माग गर्दै असार ४ गते आयोगमा निवेदन दिएको थियो। यादव पक्षको आधिकारिकता दाबी गरेपछि आयोगले (जसपा) का अध्यक्ष ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेश गर्न भन्दै पत्राचार गरेको थियो। 

जसअनुसार ठाकुर पक्षले यादवको पार्टीमा दाबी नपुग्ने भन्दै आफू नै आधिकारिक भएको जवाफ पठाइसकेको छ। ऐनअनुसार आयोगले दुवै पक्षलाई सम्भव भएसम्म सहमतिबाट विवाद निरूपण गर्नेछ। यदि दुई पक्षबीच सहमति नजुटेमा आयोगले त्यसको कानुनी रूपमा विवाद निरूपणका लागि इजलास गठन गरी सुनुवाइ प्रक्रिया सुरु गर्नेछ। कुनै एक पक्ष सहमत नभएको अवस्थामा बहुमत रहेको पक्षलाई आधिकारिकता दिई अर्काे पक्षलाई नयाँ दलको रूपमा दर्ता गर्नसक्ने व्यवस्था ऐनमा रहेको छ।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस