काठमाडौं- राष्ट्रपति रामवरण यादवले डा. निरञ्जनमान सिंह बस्न्यातलाई मलेसियाका लागि नेपाली राजदूत पदमा नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता वासुदेव दाहालले आज जारी गर्नुभएको विज्ञप्तिमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बस्न्यातलाई नियुक्त गरेको जनाइएको छ।
झन्डै तीनदशक परराष्ट्र सेवामा रहनुभएका नवनियुक्त राजदूत बस्न्यातले फ्रान्सको सेन्टर फर स्ट्राटिजिक एन्ड डिम्प्लोम्याटिक स्टडिज नामक संस्थाबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि उपाधि हासिल गरेका छन्।
यसअघि उहाँ शिष्टाचार महापाल, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को निर्देशक थिए। रासस