इलाम— चुनावी मैदानमा उत्रिएका उम्मेदवारले दैनिक जति कार्यकर्ता र मतदाता भेट्छन् तीसँग प्रायः हात मिलाइरहेकै छन्। भेटेजति सबैको नाम ठेगाना थाहा हुँदैन तैपनि उम्मेदवारहरु चिरपरिचित झैं मुहारमा हाँसो ल्याएर हात मिलाउँदै मतदाता रिझाउन अग्रसर देखिन्छन्। तर, अब उम्मेदवारले हात मिलाउन होसियार हुनुपर्नेछ। चुनावको मिति नजिकिंदै गर्दा प्रशासनले उम्मेदवारलाई सभा समारोहमा कसैसँग हात नमिलाउन निर्देश गरेको छ।गृह प्रशासनद्वारा उम्मेदवारका नाममा जारी १३ बुँदे 'व्यक्तिगत सुरक्षाका उपाय'को १० नम्बरमा 'नमस्कारद्वारा आदरभाव व्यक्त गर्ने, हात नमिलाउने' सुझाइएको छ । 'मान्छेको धेरै जमघट हुने सभा समारोह र भीडभाडमा नचिनेका व्यक्तिको पनि हूल हुने भएकाले उम्मेदवारलाई हात नमिलाउन सूचित गरिएको हो' इलामका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बुधवार भने, 'चिनेका नचिनेका सबैलाई नमस्तेले आदर गर्न अपिल गरिन्छ ।'
सभा समारोहमा जाँदा खतरा मूल्यांकन गर्ने, खतरा हुनसक्ने व्यक्ति वा समूहबारे प्रशासनमा खबर गर्ने, सकेसम्म एक्लै यात्रा नगर्ने, भरसक सदरमुकाममैं बस्ने, अनावश्यक भेटघाट नगर्ने आदितर्फ प्रशासनले उम्मेदवारलाई सचेत गराएको छ । समग्रमा अपनाउनुपर्ने यीबाहेक बस्ने स्थानको सुरक्षाका लागि १५, सवारी साधन सुरक्षाका लागि १०, कार्यक्रमस्थलका लागि १० र घरदैलो कार्यक्रमका लागि १२ बु"दे सतर्कता विधि अपनाउन भनिएको छ ।
इलामको चुनावी मैदानमा उत्रिएका १७ दलका ३९ उम्मेदवारको सुरक्षाका लागि आयोजित छलफलमा प्राथमिक उपचारका सामान आफैंस"ग बोक्न, ढोकाको चावी अरुलाई नदिन, नचिनेको नम्बरको फोन नउठाउन, जोकोहीलाई ढोका नखोल्न पनि सचेत गराइएको छ । चुनावी दौडाहामा उम्मेदवारलाई गाडी चढ्नुअघि चारैतिर हेर्न, अनौठो गन्ध आएमा ख्याल राख्न, खतराको संकेत सूचक जोड्न, झोला बोक्नेस"ग सचेत रहन पनि निर्देश गरिएको छ ।
उम्मेदवारका सहयोगीलाई 'लो– प्रोफाइल'मा बस्न, बाटो र कामको शैली फेरिरहन, कालो हेल्मेट लगाएका र भाइजर झारेकास"ग सतर्क रहन अपिल गरिएको छ । मतदाताको घरदैलो चहार्दा कतैबाट अप्ठ्यारो नभए पनि मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले पठाएको पत्रले झस्काएको राप्रपा नेपालका जिल्ला अध्यक्ष धर्मराज नेम्वाङले बताए । उनले खल्तीबाट त्यो पत्र देखाएपछि फोटोकपी गरेर सबै उम्मेदवारलाई बा"ड्दै नडराउन आग्रह गरियो ।
तीन निर्वाचन क्षेत्र रहेको इलाममा अहिलेसम्मको सुरक्षा अवस्था 'मजवुत' रहेको दावी गर्दै प्रजिअ खतिवडाले भूमिगत राजनीतिक दल र चुनाव बिथोल्न खोज्ने शक्ति कतैबाट खतरा नभएको बताए । मागेको खण्डमा जुनसुकै उम्मेदवारलाई पूर्ण सुरक्षा दिइने उल्लेख गर्दै उनले चुनावी आचारसंहिता राम्ररी अध्ययन गरेर त्यसको उल्लंघन नहुने गरी प्रचारप्रसारमा जुट्न आग्रह गरे । उम्मेदवारहरुले पनि अहिलेसम्म कुनै खतरा नभएको सुनाए ।
संविधानसभा निर्वाचन आचारसंहिताको ९९ औं बुँदामा उल्लेख भएबमोजिम प्रचारप्रसारक्रममा केही खतरा भए तत्काल खबर गर्न प्रहरी नायव उपरीक्षक भिमबहादुर दाहालले उम्मेदवारलाई आग्रह गरे । 'कहींकतै बाधा अवरोध आइपरे हामीलाई तुरुन्तै लिखित या मौखिक रुपमा खबर गर्नुस' उनले भने, 'चुनावी मैदानमा उत्रिएका कार्यकर्ता तथा उम्मेदवारले आफैं त्यस्ता समूह र व्यक्तिस"ग जुध्नु हु"दैन, तह लगाउने जिम्मेवारी हाम्रो हो ।'