काठमाडौं- संविधान सभा सदस्य निर्वाचनका लागि प्रमुख दल आआफ्नो घोषणापत्रलाई अन्तिम रुपमा दिने र समानुपातिकको अन्तिम नामावली तयार गर्ने कार्यमा व्यस्त छन्।आन्तरिक बैठकमा जुटिरहेका ती दलले एक दुई दिनमा घोषणापत्र तयार हुने बताएका छन्। एकीकृत नेकपा (माओवादी)ले समानुपातिक, जनमुखी र आर्थिक समृद्धिको संविधान बनाउने प्रतिबद्धता आफ्नो घोषणापत्रमा राख्ने नेता देवेन्द्र पौडेल बताए।
नेपाली कांग्रेसले घोषणापत्रमा सङ्घीयता, गणतन्त्र र आर्थिक विकासका अवधारणा स्पष्ट रुपमा अघि ल्याउने बताएको छ। त्यसैगरी नेकपा(एमाले) 'एमालेको नीति र एमालेकै नेतृत्व' भन्ने नारा दिँदै सङ्घीय लोकतान्त्रिक र बहुजातीय अस्तित्व र राष्ट्रिय एकतालाई प्रमुख आधार मानेर घोषणा पत्र तयार गर्ने कार्यमा जुटेको छ।
मधेसकेन्द्रित दल पनि चुनावी तालमेल र रणनीति बनाउन आआफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा सक्रिय छन्। देशमा निर्वाचनको वातावरण बढ्दै गएकाले यस पटकको बडादसैं चुनावी गतिविधि ओझेलमा नपरी अझ चहलपहलका साथ मनाइँदैछ। रासस