मुख्यमन्त्री गुरुङ नेतृत्वको प्रदेश सरकारको भविष्य के होला ?
१५ वैशाख २०७८
•
१ मिनेट पाठ
मुख्यमन्त्री गुरुङ नेतृत्वको प्रदेश सरकारको भविष्य के होला ?
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध परेको अविश्वास प्रस्ताव आज निर्णयार्थ प्रस्तुत गरिने भएको छ । गण्डकी प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री गुरुङबिरुद्ध परेको अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिन लागेको हो । संसद सचिवालयले अविश्वास प्रस्ताव निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको सूचना टाँस गरिसकेको छ ।




अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुअघी प्रस्तावमाथि छलफल जारी राखिनेछ । यसअघी प्रस्तावमाथि छलफल जारी रहँदा कोरोनाको पिसीआर परीक्षण नगरी संसद बैठक चल्न नदिने भन्दै मंगलबारको बैठक अबरुद्ध गरेका थिए । हिजो बोल्न बाँकी सांसदहरुले आज बोल्ने संसद सचिवालयले जनाएको छ ।

प्रदेश सभामा अविश्वासको प्रस्तावमाथि उठेका प्रश्नहरुको आजै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जवाफ दिने कार्यसूचीसमेत रहेको छ ।

अविश्वास प्रस्ताव असफल भएमा मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार जारी रहनेछ । तर प्रस्ताव पारित भएमा भने मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार गिर्नेछ । त्यस्तो भएमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । प्रदेश प्रमुखले सपथ खुवाएपछि उनले एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।
अर्को समाचार
माओवादीको समर्थन फिर्तापछि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम सरकार कति जोखिममा ?
२३ फागुन २०८०
•
४ मिनेट पाठ
माओवादीको समर्थन फिर्तापछि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम सरकार कति जोखिममा ?
नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको नेतृत्व रहेको गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। तीनवटै प्रदेशका मुख्यमन्त्रीहरूले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरूलाई बर्खास्त गरेको दोस्रो दिन बुधबार माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो।




माओवादी केन्द्रका गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश संसदीय दलका छुट्टाछुट्टै बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन्।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनीमा डिल्लीबहादुर चौधरी नेतृत्वको प्रदेश सरकार जोखिममा सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार भने सुरक्षित छ। यद्यपी तीनवटै प्रदेशमा थप अन्य दलले लिने निर्णयमा सरकारको भविष्य निर्धारण गर्नेछ।

यता ६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पाण्डेको दल कांग्रेस सबैभन्दा ठूलो दल हो। उसका २७ सांसद छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनको सरकार अल्पमतमा परेको छ। प्रदेश सरकार टिकाइराख्न कम्तिमा ३१ जना सांसद आवश्यक पर्छन्। नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट एकजना दीपक मनांङे सांसद् छन्। उनको समर्थन भने कायम छ। तैपनी उनको मतले मात्र पाण्डे सरकार टिकिराख्ने अवस्था छैन।

माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएपछि अब पाण्डेले एक महिनाभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने भएको छ। यस्तोमा पाण्डेले राप्रपा र माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचित डा. बाबुराम भट्टराईको पार्टी समाजवादी पार्टीका सांसदको आशा गरेका हुनसक्छन्। माओवादीको चुनाव चिन्हबाट भट्टराईको पार्टीका गोरखा २ (ख) बाट फणिन्द्र देवकोटा सांसद छन्।

भट्टराई पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग असन्तुष्ट छन्। त्यसैले उनले निर्वाचन आयोग र संघीय संसद सचिवालयमा माओवादी केन्द्रको चुनाव चिन्हबाट लडेका आफ्नो पार्टीका सांसदलाई समाजवादी पार्टीकै नाममा कायम गरिदिन निवेदन दिएका छन्। उनको निवेदन मान्य भए गण्डकी प्रदेशमा समाजवादी पार्टीको पोजिशन निर्णायक हुनेछ।

उता गण्डकीको सत्ताबाट बाहिरिएको माओवादी केन्द्र र प्रतिपक्षमा रहेको नेकपा एमाले गठबन्धनले पनि तत्कालको अंकगणितबाट सरकार बनाउनसक्ने स्थिती छैन । यहाँ एमाले २२ र माओवादी केन्द्रको ८ (समाजवादी पार्टीसहित) सांसद छन्। समाजवादी पार्टीका सांसद पनि माओवादीमै गणना भएपनि सरकार बनाउने अंक पुग्न मुस्किल छ। माओवादी केन्द्रकै सांसद कृष्ण धिताल सभामुख छन्। उनी कानुनअनुसार सरकार गठनमा सहभागी हुन पाउँदैनन्। यस्तोमा यो गठबन्धनले दुई सिट रहेको राप्रपाको सहयोग लिनुपर्ने अवस्था छ।

२०७९ पुस १० मा गठबन्धन बन्दा एमालेका खगराज अधिकारी नेतृत्वलाई सहयोग गरेको राप्रपा यसपटक कुनैपनि गठबन्धनमा सहभागि छैन। यस्तोमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले विश्वासको मत नपाएपनि नेपालको संविधानको धारा १६८ उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका रुपमा मुख्यमन्त्री नियुक्त हुनसक्ने अवस्था पनि छ। यद्यपी गण्डकीको तत्कालको अंकगणितले प्रदेश सभाको भविष्य नै अन्योलमा पारेको छ।

उता सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री शाहलाई माओवादी केन्द्रले समर्थन फिर्ता लिएपनि नेकपा एस र नागरिक उन्मुक्ति पार्टीको समर्थन कायम रहेकाले हालसम्म उनी बहुमतमा कायम छन्। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद चाहिन्छन्। जसमा कांग्रेसका १८, नेकपा एसका ४ र नाउपाको ७ जना सांसदको समर्थन कायम रहेकाले तत्काल शाह सरकार सुरक्षित नै छ।

यद्यपी नाउपा वा नेकपा एसले समर्थन फिर्ता लिएको अवस्थामा भने सरकार असुरक्षित हुनसक्छ। प्रदेश सभामा माओवादी केन्द्रका ११, एमालेका १०, राप्रपा एक र स्वतन्त्र सांसद एक जना छन्। एकसीट रिक्त छ।

उता ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको चाहिन्छ। यहाँ एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति र जनमतका ४–४, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र स्वतन्त्रबाट १ सांसद छन्।

चौधरीले वैशाख १४ गते मुख्यमन्त्री नियुक्त हुँदा एमाले र राप्रपाबाहेक अन्य सबै ८ दलको समर्थन पाएका थिए। अहिले माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएपछि उनी अल्पमतमा परेका छन्। यसैले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने अवस्था छ। जसमा माओवादी केन्द्र र एमालेले विपक्षमा मत हाल्दा पुरा सबै दलको विश्वास जित्दै राप्रपासमेत जोड्नुपर्ने चौधरीको बाध्यता छ। जुन निकै कठिन हुनसक्छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस