काठमाडौं - नेकपा - माओवादीले चुनाव प्रचारमा रहेका नेपाली कङ्ग्रेसका नेता नरहरि आचार्यको गाडीमा आगो लगाएका छन्। धापासी कृष्ण मन्दिर नजिकै सडकमा गाडी राखेर घरदैलोमा हिडेका आचार्यको बा ६ च ४१९ नम्बरको गाडीमा मोटरसाइकलमा आएका व्यक्तिले आगो लगाएका हुन्।महानगरीय प्रहरीका प्रवक्त हेमन्त पालले आगो लगाएको भए पनि ठूलो क्षति हुन नपाएको जानकारी दिए। उनले प्रचार प्रसारमा हिड्ने नेताहरुले प्रहरीले दिएको सुझाव मान्नसमेत आग्रह गरे। नरहरि आचार्यको चुनाव प्रचारको गाडीमा आगो लगाइएको विषयलाई लिएर नेपाली कङ्ग्रेस प्रचार प्रसार समितिले भत्सर्ना गरेको छ।
नेपालगञ्जबाट नागरिकन्युजकर्मीले जनाएअनुसार नेपाली कङग्रेसका सभापति सुशील कोइरालाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा समेत आगजनी गरिएको छ। पार्टी कार्यालय अगाडि नै अज्ञात समूहले आगो लगाएर भागेका थिए। भोट्काको बोतलमा प्रज्वलनशील पदार्थ राखी गाडीमा सल्काइएको आगो तत्कालै कांग्रेस कार्यकर्ताले निभाएका छन्। आगोले गाडीमा सामान्य क्षति पुगेको छ।
नेपाली कांग्रेस केन्द्रीयले घटनाको भत्सर्ना गर्दै दोषीमाथि कारवाही माग गरेको छ।
यसैगरी आजै बिहान नारायणहिटी दरबार संग्रालयको उत्तर ढोका अगाडि पार्क गरी राखेको एमाले नेता राजेन्द्र पाण्डेको गाडीमा पनि माओवादीले आगो फालेका छन्। 'नेकपा एमाले मुर्दावाद नेकपा-माओवादी जिन्दावाद' भन्ने नारा लगाउँदै आगो फालेपछि उनीहरु भागेका थिए।