महोत्तरी- महोत्तरीको रतौलीमा नेपाली कांग्रेस र मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ताबीच झडप भएको छ। झडपमा पाँच जना घाइते भएका छन् भने पाँच वटा मोटरसाइकलमा तोडफोड गरिएको छ। नेपाली कांग्रेस क्षेत्र नं. २ का उम्मेदवार किरण यादव रतौली–६ मा घरदैलो अभियान संचालन गरिरहेको समयमा सोही क्षेत्रका अर्का उम्मेदवार मधेसी जनअधिकार फोरम नेपालका हरिनारायण यादव पुग्दा ती दुवै पार्टीका कार्यकर्ताबीच झडप भएको थियो।नेपाली कांग्रेसको कार्यकर्ता सडकमै मोटरसाइकल राखेर चर्को नाराबाजी गरी घरदैलो अभियान सञ्चालन गरिरहेका बेला फोरम नेपालका कार्यकर्ताहरु मोटरसाइकल साइड गर्न भनेपछि झडप भएको थियो। फोरम नेपालका कार्यकर्ताले लाठीले मोटरसाईकल तोडफोड गरेको अभियानमा गएका कांग्रेसका कार्यकर्ताले बताए।
झडपको क्रममा नेपाली कांग्रेसका कार्यकर्ता जयकुमार पासवान, संजित पासवान, गणेश यादव, बेचन यादव, नविनकुमार यादव घाइते भएका हुन। घाइतेहरुको स्थानीय स्तरमा उपचार भइरहेको छ।
झडपको क्रममा नेपाली कांग्रेसका कार्यकर्ता जयकुमार पासवान, संजित पासवान, गणेश यादव, बेचन यादव, नविनकुमार यादव घाइते भएका हुन। घाइतेहरुको स्थानीय स्तरमा उपचार भइरहेको छ।