ओली–नेपाल आफ्नैबाट अप्ठेरोमा
२३ वैशाख २०७८
•
५ मिनेट पाठ
ओली–नेपाल आफ्नैबाट अप्ठेरोमा
नेकपा एमालेको आन्तरिक विवादका कारण अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नैबाट अप्ठ्यारोमा परेका छन्। जेठ २ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एमालेको नेपाल समूहले हातेमालो गर्न खोजेपछि आगामी आमनिर्वाचनमा पनि यही समीकरण बने पार्टी धराशयी हुने ओली निकटका नेताहरूको चिन्ता छ। यही कारण उनीहरूले विवाद मिलाउन दबाब दिँदा ओली अप्ठ्यारोमा परेका हुन्। 




त्यस्तै नेपाल पक्षभित्र सामूहिक राजीनामाभन्दा ओलीलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिएर एकपटक हेर्ने, त्यति गर्दा पनि पार्टीभित्र बस्ने अवस्था बनेन भने मात्र राजीनामा दिने धारणा आएपछि नेपाल पनि अप्ठ्यारोमा परेका छन्। कांग्रेस, माओवादी केन्द्र, नेपाल पक्ष र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षले बुधबार राष्ट्रियसभा सदस्यका लागि साझा उम्मेदवारका रुपमा वाग्मती प्रदेशबाट डा. खिमलाल देवकोटालाई अघि सारेका छन्।

उनीहरूले यो गठबन्धन आगामी निर्वाचनमा पनि कायमै राख्ने संकेत गरेपछि ओली दबाबमा परेका छन्। देशभरका नेता–कार्यकर्ताले ओलीलाई पार्टी मिलाउन दबाब दिइरहेका छन्। उनीहरूले एमालेकै एउटा पंक्तिलाई बाहिर राखेर अन्त मत माग्न जानु शोभनीय नहुने सन्देश ओलीलाई दिएका छन्। ‘अहिले एमालेको एउटा पंक्ति बाहिर छ। यो पंक्ति बाहिर रहँदा प्रतिपक्षीले खेल्ने मौका पाएको हामीले बुझेका छौं। साथै कांग्रेस, एमालेको नेपाल पक्ष, माओवादी केन्द्र र जसपाको संयुक्त गठबन्धन आगामी निर्वाचनसम्म कायम रहे त्यसले राष्ट्रिय राजनीतिमा ओली पक्षको उपस्थिति न्यून बनाउने भएकाले पनि पार्टीलाई एक ढिक्का बनाउनुको  विकल्प छैन भनेर हामीले भनेका छौं’, ओली निकटका एक नेताले भने। ओलीलाई उनीनिकट नेता प्रदीप ज्ञवाली र विशाल भट्टराईले पार्टीलाई मिलाएर लैजान आग्रह गरेको स्रोतको भनाई छ।  

उता नेपाल पक्ष पनि ओलीलाई अन्तिम धक्का दिनेगरी अगाडि बढेको छ। पार्टी मिलाउन ओलीलाई धक्का दिने, विवाद नमिलाए त्यही सन्देश लिएर कार्यकर्तामाझ जाने नेपाल पक्षको तयारी छ। नेपाल पक्षमा अहिले दुईवटा मत देखिएको छ। एकथरी नेताहरू प्रधानमन्त्री ओलीलाई एकपटक विश्वासको मत दिने, त्यति गर्दा पनि नसच्चिए सांसद पदबाट तत्काल राजीनामा दिएर जनतामाझ जानुपर्ने पक्षमा छन्। सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, सोमप्रसाद पाण्डे, गणेश पहाडी, यज्ञराज सुनुवारलगायतले अघि सारेको यो मत समूहभित्र बलियो बन्दै गएको छ। अर्को समूह भने जसरी पनि ओलीले कारबाही गर्ने भएपछि पहिला नै राजीनामा दिएर सरकार ढाल्नुपर्ने पक्षमा छ। यो मतको पक्षधरमा भीम रावल, झपट रावल, कल्याणी खड्का, नारायण खतिवडा, राजबहादुर बुढालगायत छन्।

‘दुवै मत सशक्त रुपमा आएका छन्। निर्णय भने सर्वसम्मत र सामूहिक हुन्छ। ओलीले यो बीचमा कस्तो नीति अख्तियार गर्छन्, निर्णय त्यसैमा भर पर्छ। ओलीलाई निसर्त मत दिने धारणाका पछि नेपाल पक्षलाई नेताकार्यकर्ता र जनतामाझ जान सजिलो होस् भन्ने अभिप्राय रहेको छ’, नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने। उनका अनुसार अहिले विश्वासको मत दिए पनि ओलीले पुरानै अवस्था दोहोर्‍याए विपक्षीलाई अविश्वासको प्रस्ताव ल्याउने बाटो पनि खुला हुने र त्यति बेला सांसद पदबाट राजीनामा दिएर बाहिरिन सक्नेबारे छलफल भइरहेको छ।

तीन दिनअघि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई फोन गरेर भेट्ने प्रस्ताव गरेको ती नेताले बताए। तर नेपालले पहिले फागुन २८ को निर्णय सच्याउनुस् अनि भेटघाट गरौंला  भनेका थिए। उनले ‘हामीले ठूलो चिज केही मागेको छैन। पार्टीलाई २०७५ जेठ २ भन्दा अघिको अवस्थाबाट अगाडि बढाऔं, त्यही केन्द्रीय कमिटीको बैठकबाट कसकसलाई केके जिम्मेवारी दिने हो, कसलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने हो, गरौं भनेको हो। तपाईं पहिले त्यही गर्नुस्’ भनेर फोन राखेको स्रोतको दाबी छ।

ओली पक्षका केन्द्रीय सदस्य आनन्द पोखरेलले अध्यक्षले संवाद र सहमतिबाटै विवाद निरुपण गर्ने जानकारी दिएको बताएका छन्। उनले सबैतिरबाट नेताहरूलाई दबाब आएको दाबी गर्दै अध्यक्षलाई आफ्नै पार्टीका नेतासँग छलफल गर्न कुनै समय नचाहिने तर पार्टी विभाजन नै गरेर जाने मनस्थितिमा पुगेको भए संवादको अर्थ नहुने बताए। ‘संवादको प्रयास भइरहेको छ। पार्टी मिल्नुपर्छ। हिजो जे भयो त्यसलाई दुवै पक्षले बिर्सेर एकताबद्ध एमाले बनाउनुपर्छ भन्ने आम कार्यकर्ताको धारणा छ। त्यसलाई पार्टी अध्यक्षले सम्बोधन गर्नुहुन्छ। उहाँहरूसँग कुनै न कुनै तहबाट संवाद भएकै छ। माधव नेपालतिर रहेका अधिकांश साथी पार्टी फुटाउनु हुन्न भन्ने पक्षमा छन्, संवादमै छन्। हामी पनि  

त्यस्तो अप्रिय कदम नहोस् भन्ने पक्षमा छौं। त्यसकारण प्रधानमन्त्रीज्यूले संवाद गर्नुहुन्छ। आशा गरौं, परिणाम सकारात्मक आउनेछ’, उनले भने। नेपाल पक्षका केन्द्रीय सदस्य ठाकुर गैरे पनि विवाद मिलाउने जिम्मा अध्यक्ष ओलीकै भएको बताउँछन्। ‘अहिले पनि केही बिग्रेको छैन। पार्टी एक ढिक्का होस्, दुई नेताबीच संवाद होस्, पुराना गल्ती कमजोरी सच्चिने कुरा होस् र पार्टी पुरानै अवस्था फर्काउने काम होस् भन्ने हाम्रो कुरा छ। पार्टी विभाजनको कुनै कुरा छैन तर पनि पार्टीभित्र पस्ने गेट बन्द गर्नेजस्ता कामले बर्बादीतिर धकेलेको हो’, गैरेले भने, ‘अझै पनि सम्भावना सकिएको छैन। संवादबाट सहमति खोज्न सकिन्छ। त्यसका लागि पार्टी अध्यक्षकै भूमिका महत्वपूर्ण हुन्छ।’ उनका अनुसार अनौपचारिक संवाद भइरहे पनि ठोस प्रगति छैन। कुराकानी मिलाउनेतिर भन्दा पनि एकअर्काको अवस्थाबारे जानकारी लिने हिसाबले मात्र भएको कुराकानीको अर्थ नरहने उनले बताए।  

पोखरेल–भट्टराई भेट

दुई समूहबीच आन्तरिक विवाद उत्कर्षमा पुगेको अवस्थामा ओली पक्षका नेता ईश्वर पोखरेलले नेपाल पक्षका नेता योगेश भट्टराईलाई बोलाएर छलफल गरेका छन्। उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले भट्टराईलाई बुधबार आफ्नै कार्यकक्षमा बोलाएर विवाद निरुपण गर्ने उपायबारे सोधेका थिए। भेटमा गणेश पहाडी पनि सहभागी थिए।

त्यस क्रममा भट्टराईले ओलीले चाहे पार्टीभित्रको विवाद एकै मिनेटमा मिलाउन सकिने बताएका थिए। यसका लागि वातावरण बनाउन भट्टराईले पोखरेललाई आग्रहसमेत गरे। भट्टराईले पार्टी मिलाउने जिम्मेवारी पोखरेलको समेत भएको बताए। स्रोतका अनुसार पोखरेलसँगको कुराकानीमा भट्टराईले भने, ‘तपाईंलाई विवाद सुल्झाउन नदिने नेताका रुपमा चित्रण भइरहेको छ, त्यो दाग मेटाउनुस्।’ पोखरेलले बिहीबार बसेर थप कुराकानी गर्ने भन्दै बुधबारको डेढघण्टे वार्तालाप टुंग्याएका थिए।
अर्को समाचार
ओली–नेपाल बाध्यात्मक मिलाप
२४ असार २०७८
•
४ मिनेट पाठ
ओली–नेपाल बाध्यात्मक मिलाप
सत्तारुढ नेकपा (एमाले) अध्यक्ष एवं कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै हालतमा नभेट्ने गरी टाढिएका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि बुधबार साँझ राजधानीको पाँचतारे होटल म्यारिअटमा भेटेका छन्। सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला नआउन्जेल सकेसम्म यस्तो भेटघाट गर्नै नपरोस् भनेर बसेका नेपालका निम्ति दोस्रो पुस्ताका नेताहरूले बाध्यता सिर्जना गरेका हुन्।  




दोस्रो पुस्ताका भनिएका नेताहरू केही दिनदेखि ओली र नेपाललाई भेट गराएर सहमतिको कागजमा हस्ताक्षर गराउन सक्रिय हुँदै आएका छन्। यो कुरा बुझेर नेपालले आफू निकट दोस्रो पुस्ताका नेतालाई समेत थाहा नदिई निकटका पुराना पार्टी नेता तथा कार्यकर्तालाई भेट्न सुरुसमेत गरिसकेका छन्। यसैक्रममा उनी कसैलाई जानकारी नदिई मुकुन्द न्यौपाने, मोदनाथ प्रश्रित, मोहनचन्द्र अधिकारीलगायतको सम्पर्कमा पुगे।  

ओली र नेपाल दुवैलाई एकअर्का चाहिएका होइनन्। तर दलभित्रको दोस्रो पुस्ताले एमालेमा अहिले विभाजन आउनासाथ आफ्नो भविष्य अनिश्चित देखेपछि जसरी पनि मिलाउनुपर्ने आवश्यकता महसुस गरेको हो। त्यही भएर उनीहरू कहिले ओली त कहिले नेपालकहाँ अनवरत दबाब दिन सक्रिय भएका हुन्।  

ओली र नेपाल दुवै पक्षका दोस्रो पुस्ताका नेताहरूले निकालेको एउटा मुख्य निष्कर्ष हो– एमाले विभाजित भएको अवस्थामा आगामी निर्वाचनमा दुवै पक्षको सर्मनाक पराजय हुन्छ। त्योभन्दा पनि पर्तिर गएर उनीहरूले राष्ट्रियता र लोकतन्त्र रक्षाका निम्ति अहिले एक नहुने हो भने त्यसले मुलुकमा ठूलो शून्यता सिर्जना गर्ने आकलन गरेका छन्।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा र त्यसको बलमा स्थापना भएको झन्डै दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकार केही मुलुकका निम्ति चिन्ताको विषय भएको हो। त्यसैकारण उनीहरू यसमा आउने विग्रह वा विभाजनका निम्ति प्रतीक्षारत रहेका पनि हुन्।

अन्ततः नेकपामा समस्या उत्पन्न भएकै बेला सर्वोच्च अदालतको आदेशले अलग भएपछि विभाजनको अपेक्षा गरिरहेका शक्तिका निम्ति कसिंगर हावाले उडाएसरह भएको पनि हो। अहिले दोस्रो पुस्ताका नेताहरूले खासगरी यही पक्षलाई समातेर जसरी पनि मिल्नुपर्ने अडान राख्दै आएका छन्। नेता नेपालले सर्वोच्चको आदेशअघि ओलीलाई नभेट्ने वा पार्टी एकताका पहललाई टार्दै लैजान चाहेको देखिएको पनि हो। तर सर्वोच्चले प्रतिनिधिसभा विघटनविरुद्धको बहस सकेपछि आदेश सुनाउन असार २८ को मिति तोकेपछि नेपाल झनै अप्ठ्यारोमा परेका हुन्।  

‘मैले अहिले निकै अप्ठ्यारो स्थिति सामना गरेको छु,’ उनले आफू निकट व्यक्तिहरूलाई भन्दै आएका छन्, ‘आफ्नै साथीहरू जसरी पनि हस्ताक्षर गराउनतिर लागेका छन्। ओलीसँग यत्तिकै मिल्न सक्ने स्थिति छैन तैपनि यो कुरालाई बेवास्ता गरेर जान सक्ने स्थिति छैन।’ त्यही भएर पनि उनी पुराना नेताहरू भेट्न विभिन्न ठाउँमा गइरहेका हुन्। नेपाललाई दोस्रो पुस्ताले साह्रै अप्ठ्यारो पारेपछि भन्ने गरेका छन्, ‘म सुरुङको मुखसम्म जान्छु। अरु सुरुङभित्र पसेपछि म सुरुङको मुखबाट फर्कन्छु।’

नेपालका निम्ति यतिखेर एकातिर पार्टीभित्र मिल्नै पर्ने बाध्यता सिर्जना भएको छ, अर्कोतिर प्रमुख विपक्ष नेपाली कांग्रेस अध्यक्ष शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका विपक्षी नेताहरूसँग मिलेर सर्वोच्चमा विघटनविरुद्ध दायर गरेको मुद्दा र नयाँ सरकार बनाउने प्रतिबद्धताले पनि उनी बाँधिएका छन्।  

उनी राजनीतिक बेइमानीको अपजस लिने पक्षमा छैनन्। एमालेभित्र मिलापका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरूले भने नेपाललाई सजिलो तुल्याउन केही तर्क गर्दै आएका छन्– एक, अघिल्लो प्रतिनिधिसभा विघटनपहिल्यै अविश्वास प्रस्ताव राख्न आग्रह गर्दा कम्युनिस्ट फुटेकै छैनन् भनेर देउवाले वास्ता गरेनन्। दुई, पुष्पकमल दाहाल पनि विश्वसनीय छैनन्। ओलीसँग मिलेका बेला यो दुई अध्यक्षबीचको कुरा हो भन्दै पेल्न खोज्थे।  

एमालेको दोस्रो पुस्ताले पार्टी विभाजन भएको स्थितिमा आफूहरूको भविष्य अन्योलग्रस्त हुने देखेपछि ओली र नेपाललाई जसरी पनि मिलाउनुपर्ने भनेर लागेको हो। नेपालले नयाँ शिराबाट पार्टी बनाएर जाने तयारी गरेका पनि हुन्। ओलीलाई पनि नेपालको मुख हेर्नै मन नलागेको पनि हो। अहिले दोस्रो पुस्ताले यी दुईलाई जबर्जस्ती मिल्न बाध्य पार्दैछ। दोस्रो  

पुस्ताका नेताहरूले आपसमा बनाएको समझदारी के हो भने यी दुवै नेता पार्टीका अस्ताउन लागेका व्यक्ति हुन्। पार्टीलाई अहिले जोगाउने हो भने भोलिका दिनमा यसलाई अगाडि बढाउन सजिलो हुन्छ। त्यसका निम्ति बृहत्तर लोकतन्त्र, संविधान र राष्ट्रियताका निम्ति एमालेलाई एकढिक्का पार्नुपर्छ। अहिले जेजे निहुँमा दल मिलाउन खोजे पनि भोलि एमालेको गन्तव्य ओलीले चाहेभन्दा भिन्न हुनेछैन। त्यो बेलामा फेरि पनि नेपाल र उनको पक्षले विषादका आँसु रुनु त छँदैछ।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस