काठमाडौं - नेपाल प्रहरीले नक्कली बम राखेर त्रास फैलाउने काममा बन्द आयोजकको नेतृत्व लिएको नेकपा-माओवादी र उससँग रहेका ३३ दल संलग्न रहेको बताउँदै अज्ञात समूह नभन्न संचारकर्मीलाई आग्रह गरेको छ।
तोडफोड र नक्कली बम राख्न संलग्न २८ जनालाई सार्वजनिक गर्दै महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले भने, 'नक्कली बम राख्ने र तोडफोड गर्दै हिड्ने अज्ञात समूह होइन। वैद्य समूह र उसँग आवद्ध अन्य दलहरु हुन्।' उनले २४ गतेदेखि आजसम्म पक्राउ परेर कारबाही प्रकृयामा लगिएका २८ जनाको बयानबाट आतंक फैलाउने काम वैद्य समूहले गरेको पुष्टि भएको बताए।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख सुवोध घिमिरेले निर्वाचन विरोधी समूहले छापामार शैलीमा काम गरिरहेकाले पक्राउ संख्या कम देखिए पनि प्रभावकारी व्यक्तिहरु पक्राउ परेको दावी गरे।
'अहिलेको अवस्थामा आक्रमक हुँदा वातावरण थप जटिल हुनसक्ने भएकाले प्रहरी प्रतिरक्षात्मक अवस्थामा परिचालित भएको हो,' उनले भने, 'बुधबारबाट इन्टेलिजेन्स वेस सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ। यातायत बन्दकर्ता जुनरुपमा अगाडि बढ्छ सुरक्षा योजना त्यहीरुपमा परिमार्जन गरेर कार्यान्वयन गरिनेछ।'
उनले हिजो गोंगबुमा माइक्रोबसमा पेट्रोल बम हान्ने काम आतंककारी गतिविधिको परिभाषाभित्र पर्नेसमेत बताए। 'प्रमाण फेला परे यस्तो गतिविधिमा संलग्न र योजनाकार कोही पनि कानुनबाट बच्न सक्दैन,' उनले भने।
नक्कली बम र पेट्रोल बम हान्ने गतिविधिमा माओवादीका पूर्व छापामारहरु संलग्न रहेको दावीसमेत प्रहरीले गरेको छ। आयुक्त कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका नेकपा-माओवादीका कार्यकर्तासमेत सार्वजनिक गरिएको थियो। सार्वजनिक गरिएका कार्यकर्ताले काठमाडौंमा आफूहरुलाई नेकपा-माओवादीका केन्द्रीय सदस्य पवनमान श्रेष्ठले परिचालन गरेको बताएका थिए।